back
CTIZAN AD

स्थानीय निकाय पुनःसंरचनामा स्थानीयको विरोध

वि.सं.२०७३ मंसिर २ बिहीवार

834 

shares

भक्तपुर, २  मङ्सिर । स्थानीय निकायको पुनःसंरचना गर्दा नागरिकको सुझाव नलिएको भन्दै स्थानीयवासीले विरोध जनाएका छन् ।

नगरपालिका समायोजन गरी भक्तपुरका छ नगरपालिका घटाएर चार बनाउने प्रस्ताव जिल्लाको स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समितिले आयोगमा पठाएकामा विरोध गरिएको हो ।  चाँगुनारायण नगरपालिकाको आयोजना तथा सूचना अधिकार समाज भक्तपुरको सहजीकरणमा हिजो  भएको सार्वजनिक सुनुवाइमा चाँगुनारायण नगरपालिकाका बासिन्दाले छ वटै नगरपालिका हुनुपर्नेमा जोड दिए ।

चाँगुनारायण –१४ का माधवप्रसाद न्यौपानेले नगरपालिका पुनःसंरचना गर्दा समायोजन गरिने नयरपालिका र वडा विभाजन गर्दा सम्बन्धित क्षेत्रको सुझाव नलिइएको बताउनुभयो । सो ठाउँकै रामेश्वर थापाले नगरपालिकाको समितिले मनोमानी ढङ्गबाट वडा विभाजन र नगरपालिका समायोजन गर्ने निर्णय गरेको आरोप लगाउँदै सो निर्णय तत्काल सच्याउन माग गर्नुभयो ।

चाँगुनारायण–१२ का नवराज काफ्लेले भक्तपुरमा डेढ वर्षअघि मात्र स्थानीय निकाय पुनःसंरचना गरिसकिएको बताउँदै अब पुनःसंरचना आवश्यक नभएको जिकिर गर्नुभयो ।  राप्रपा नेपालका केन्द्रीय सदस्य यवती कार्कीले नेपाली काँग्रेस, नेकपा(एमाले)बाहेक जिल्लाका छ दलले  छ वटै नगरपालिका हुनुपर्ने मागसहित समिति र आयोगमा ज्ञापनपत्र बुझाइसकेको बताउँदै चार वटा कायम गरिए अमान्य हुने बताउनुभयो ।

राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष शिवहरि खनालले प्राविधिक सहयोग समितिले दलको विरोधपछि छ वटै नगरपालिका बनाउने प्रस्तावसहितको अर्को खाका गाउँपालिका, नगरपालिका तथा विशेष संरक्षित वा स्वायत्त क्षेत्रको सङ्ख्या तथा सीमा निर्धारण आयोगमा पठाइएको जिकिर गर्नुभयो ।

नेमकिपा, चाँगुनारायण नगर संयोजक मीनबहादुर बाटाले सीमा निर्धारण आयोगले जनताको भावना र माग सुनुवाइ नगरी चार वटै नगरपालिका घोषणा गरे आफूहरु आन्दोलनमा उत्रिने चेतावनी दिनुभयो ।

कार्यक्रममा एमाले चाँगुनारायण नगरपालिका अध्यक्ष रमेश बुढाथोकी, भक्तपुर अस्पतालका अध्यक्ष नवराज गेलाल, स्थानीयवासी मनिषा कार्की, चण्डिका लामिछाने, रमेश सापकोटा, उमेश प्रधान लगायतले सार्वजनिक जग्गा अतिक्रमण रोक्न सम्बन्धित निकायले चासो दिनुपर्ने, योजनाका नाममा छुट्याइएको बजेटको  सदुपयोग हुनुपर्ने, कृषि पेसालाई व्यावसायिक विकास गर्न कृषि कार्यालयले योजना बनाउनुपर्ने, सडक र घर नक्साको मापदण्ड कडाइका साथ पालना गराउनुपर्ने, खानेपानी समस्या समाधानका लागि नगरपालिकाले योजना बनाउनुपर्ने माग गर्नुभयो ।

चाँगुनारायण नगरपालिकाका कार्यकारी अधिकृत लोकनाथ भुसालले जनताका माझबाट उठेका माग सम्बन्धित निकायसम्म पु¥याएर समाधानका लागि पहल गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।   सूचना अधिकार समाज भक्तपुरका अध्यक्ष सोम शर्मा बजगाईंले स्थानीय निकाय नागरिकको आवश्यकता र विकासको साझा अवधारणाबाट सञ्चालित हुनुपर्नेमा जोड दिनुभयो ।

सुनुवाइमा जिल्ला प्राविधिक कार्यालयका जिल्ला इन्जिनियर कुमार पुडासैनी, जिल्ला कृषि विकास कार्यालयका प्रमुख पूर्ण ढुङ्गाना, खानेपानी तथा सरसफाइ कार्यालयका अधिकृत भीमप्रसाद शर्मा लगायतले जनताबाट प्राप्त गुनासा र सुझावका आधारमा काम गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । रासस

वि.सं.२०७३ मंसिर २ बिहीवार ०३:०९ मा प्रकाशित

काभ्रे-२ मा रास्वपाको अग्रता

काभ्रे-२ मा रास्वपाको अग्रता

धुलिखेल (काभ्रेपलाञ्चोक) । काभ्रेपलाञ्चोकको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २...

जनताको भावनाअनुसार हामीले काम गरेर देखाउनुपर्छः नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रञ्जु

जनताको भावनाअनुसार हामीले काम गरेर देखाउनुपर्छः नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रञ्जु

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नं १...

कैलालीका तीन क्षेत्रमा रास्वपा र एक-एक क्षेत्रमा एमाले र नेकपाको अग्रता

कैलालीका तीन क्षेत्रमा रास्वपा र एक-एक क्षेत्रमा एमाले र नेकपाको अग्रता

सुदूरपश्चिम । प्रतिनिधिसभा सदस्यको जारी मतगणनाका क्रममा कैलाली निर्वाचन क्षेत्र...

१० हजार बढी मत ल्याएर रुकुम पूर्वबाट विजय भए संयोजक प्रचण्ड

१० हजार बढी मत ल्याएर रुकुम पूर्वबाट विजय भए संयोजक प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड रुकुम...

काठमाडौँ-६ बाट रास्वपाका उम्मेदवार खनाल विजयी

काठमाडौँ-६ बाट रास्वपाका उम्मेदवार खनाल विजयी

काठमाडौँ । काठमाडौं क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी...

रुकुम पूर्वबाट ‘प्रचण्ड’ विजयको नजिक

रुकुम पूर्वबाट ‘प्रचण्ड’ विजयको नजिक

रुकुम पूर्व । रुकुम पूर्वमा नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा...