back
CTIZAN AD

गाउँपालिकाबाट मगर भाषामा पढाइ शुरु

वि.सं.२०७६ जेठ ३२ शनिवार

558 

shares

३२ जेठ, काठमाण्डौं । जिल्लाको माछापुच्छ«े गाउँपालिकाले मगर जातिको बाहुल्य रहेको वडा नं ५ रिभान मोहरास्थित माछापुच्छ«े आधारभूत विद्यालयमा सोही भाषाको पढाइ शुरु गरेको छ ।
शुक्रबार विद्यालयमा आयोजित कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य रामजी बराल र गाउँपालिका प्रमुख कर्ण गुरुङले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विश्वबहादुर रानालाई मगर भाषाको पाठ्यपुस्तक हस्तान्तरण गरेर पठनपाठन शुरु भएको घोषणा गरे ।
संविधानले नेपालमा बसोबास गर्ने प्रत्येक नागरिकलाई कानूनबमोजिम आफ्नो मातृभाषामा शिक्षा पाउने हकको व्यवस्था गरेसँगै ४८ घरधुरीमध्ये ४६ मगर समुदाय रहेको सो गाउँको विद्यालयमा जिल्लामै पहिलोपटक मगर भाषाको शिक्षण शुरु गरिएको गाउँपालिकाले जनाएको छ ।
विसं २०३१ मा स्थापना भएको सो विद्यालयमा हाल २७ बालबालिका अध्यनरत रहेकोमा २६ मगर जातिका रहेको विद्यालयका प्रधानाध्यापक जीवनाथ अधिकारीले बताए । आधारभूत तहमा १०० पूर्णाङ्कको स्थानीय भाषाको पाठ्यक्रम अध्यापन गराउन सकिने प्रावधानअनुसार मगर सङ्घले प्रकाशन गरेको ‘मगराती ढुट्’ कक्षा चार र पाँचमा पढाइने र ‘मगर ढुट् पाहाक’ कक्षा तीन तथा एक र दुईमा पनि सोही भाषाको विषय अध्यापन गरिने विद्यालयले जनाएको छ ।

चार जना शिक्षकको दरबन्दी रहेको विद्यालयमा एक जना मगर भाषा बोल्ने शिक्षक रहेको र तुरुन्तै अर्को पनि सोही भाषाको शिक्षक नियुक्त गरी भाषा अध्यापन गरिने प्रधानाध्यापक अधिकारीले जानकारी दिए । मातृभाषामा शिक्षा लिन पाउने बालबालिकाको संवैधानिक अधिकारलाई सुनिश्चित गर्नको लागि गाउँपालिकाको तेस्रो गाउँसभाले पारित गरेको नीतिअनुसार मगर समुदाय बाहुल्य सोे विद्यालय छनोट गरिएको गाउँपालिकाका प्रमुख गुरुङले बताए ।

प्रमुख गुरुङले मातृभाषाको माध्यमबाट लिइने शिक्षाले सिकाइ उपलब्धि बढ्नुका साथै अरु भाषा सिक्न मद्दत पुग्ने र मातृभाषाको संरक्षण हुने उल्लेख गरे । उनले वडा नं २ को अर्को तामाङ बाहुल्य विद्यालयमा पनि यसै वर्षभित्रमा तामाङ भाषाको पठनपाठन शुरु गरिने जानकारी दिए ।

वि.सं.२०७६ जेठ ३२ शनिवार १४:३९ मा प्रकाशित

‘खानेपानी अभावपछि गाउँ खाली हुन थाल्यो’

‘खानेपानी अभावपछि गाउँ खाली हुन थाल्यो’

पाँचथर । कुनै समय यहाँको तुम्बेवा गाउँपालिका–१ ढुकुरेमा बाक्लो बस्ती...

दुई विधेयक स्वीकृत

दुई विधेयक स्वीकृत

कर्णाली । कर्णाली प्रदेश सरकारले दुई विधेयक स्वीकृत गर्ने निर्णय...

खेल पर्यटन प्रवद्र्धन प्राथमिकतामा छ : मुख्यमन्त्री आचार्य

खेल पर्यटन प्रवद्र्धन प्राथमिकतामा छ : मुख्यमन्त्री आचार्य

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय अर्थतन्त्रलाई सुदृढ...

‘निर्वाचित जनप्रतिनिधिले वाचा कार्यान्वयनका लागि तयार हुनुपर्छ’

‘निर्वाचित जनप्रतिनिधिले वाचा कार्यान्वयनका लागि तयार हुनुपर्छ’

घोडाघोडी (कैलाली) । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राष्ट्रिय स्वतन्त्र...

मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण

मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण

नारायणगढ (चितवन) । चितवनमा यतिबेला चैते धान रोपाइँको चटारो छ...

भक्तपुरमा चलचित्र महोत्सव हुँदै

भक्तपुरमा चलचित्र महोत्सव हुँदै

काठमाडौँ । भक्तपुरमा युवा चलचित्रकर्मीहरुले आगामी चैत ६ र ७...