
३ असार, काठमाडौँ । नेपाल जलस्रोतमा गर्व गर्छ । सरकार खाडी मुलुकहरुमा मिनलरयुक्त पानी निर्यातको योजना सुनाइरहेको छ । तर, नेपालमा मरुभूमिबाटै खानेपानी आयात भइरहेको छ । भन्सार विभागका अनुसार नेपालमा संयुक्त अरब इमिरेट्स (युएई) बाट मात्र विगत ४ आर्थिक वर्ष (२०७२देखि २०७६) मा २८ लाख ४७ हजार रुपैयाँको खानेपानी आयात भएको छ ।
इुएईबाहेक भारत, चीन,फ्रान्स,अमेरिका, सिंगापुर, बेलायत, हंगेरी,बंगलादेश, फिलिपिन्स,थाइल्यान्ड,अष्ट्रेलिया,क्यानडा, लगायत दर्जनभन्दा बढी देशबाट नेपालमा खानेपानी आयात हुने गरेको छ । मंगलबारको अभियान राष्ट्रिय दैनिकबाट
वि.सं.२०७६ असार ३ मंगलवार ०८:३३ मा प्रकाशित






























