३ असार । अमेरिकाको न्यूयोर्क राज्यमा रहेका कागजविहिनहरुका लागि खुशीको समाचार रहेको छ ।
हालै अमेरिकाका न्यूयोर्कस्थित तल्लो सदन र माथिल्लो दुव सदनले ग्रिन लाइट बिल पास गर्दै त्यहाँको सरकारले सहि गरेपछि अब अमेरिकामा काजगविहिन भएर रहेकाहरुले पनि ड्राइभिङ लाइसन्स पाउने बाटो खुलेको हो ।
यो समाचारले अमेरिकामा काजगविहिन भएर रहेकाहरु मानिसहरु खुशी भएका छन् । सामाजिक अभियन्ता तथा पत्रकार शैलेस श्रेष्ठ नेपालीहरुको बाक्लो आवादी रहेको उदार तथा प्रगतिशील न्युयोर्क राज्यले पास गरेको यो बिधेयकले हजारौं नेपाली आप्रवासीहरुलाई प्रत्यक्ष फाईदा पुग्ने बताउँछन् ।
न्युयोर्क राज्यको सिनेटमा डेमोक्रेट्सहरुको बहुमत हुँदा पनि यो बील पहिले पास हुन सकेको थिएन ।किनकी आफ्नी वैयक्तिक स्वार्थका लागि डेमोक्रेटिक पार्टीको टिकटबाट चुनाब जितेका पाँच जना डेमोक्रेट्सहरुले कमिटीको चेयर जस्तो शक्तिशाली पद पाउने भएपछी रिपब्लिकनहरुको गेम प्लानमा आफ्नै पार्टी प्रति गद्दारी गर्दै आईडीसी ( इण्डिपेन्ड़ेन्ट डेमोक्रेटिक ककस) खोलेका थिए ।
बिगतका बर्षहरुमा न्युयोर्क राज्यको तल्लो सदन न्युयोर्क एसेब्लीमा प्रचण्ड बहुमतले पास भएको कागजपत्रबिहिन आप्रवासीलाई सवारी चालक अनुमति-पत्र दिने उक्त बिधेयकलाई आफ्नै पार्टीका सदस्यहरुको स्वार्थपरक असहयोगका कारण पटक पटक फेल भएको थियो ।
वि.सं.२०७६ असार ३ मंगलवार ०९:५४ मा प्रकाशित





























