back

स्काभेटरमा आगजनी

वि.सं.२०७६ असार ५ बिहीवार

1.8K 

shares

५ असार, फिदिम । पाँचथरको मिक्लाजुङ गाउँपालिका–७ लिम्बामा रोकेर राखेको स्काभेटरमा आज बिहान आगजनी भएको छ ।मिक्लाजुङ गाउँपालिका–७ लिम्बास्थित लेकगाउँमा राँके–रवि–भेडेटार सडक निर्माणका लागि प्रयोग भइरहेको ज्वाला निर्माण सेवा प्रालिको बा३क ५६६ नम्बरको स्काभेटरमा अज्ञात समूहले आगजनी गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिलकुमार पौडेलका अनुसार बाटोमा रोकेर राखिएको उक्त स्काभेटरमा बिहान करीब २ बजे आगजनी भएको हो । घटना कसले, किन गरायो भन्ने अहिलेसम्म यकिन हुन नसकेको प्रहरीको भनाइ छ ।

स्थानीयवासीले खबर गरेपछि सो घटनाका सम्बन्धमा बिहानैदेखि प्रहरीले अनुसन्धान थालेको प्रहरी निरीक्षक पौडेलले जानकारी दिए । आगजनीका कारण स्काभेटरका पाटपुर्जा जलेका छन् ।

वि.सं.२०७६ असार ५ बिहीवार १४:२५ मा प्रकाशित

Himalayan Life AD
भोजपुरमा पशुमा खोरेत रोगविरुद्ध खोप अभियान सुरु

भोजपुरमा पशुमा खोरेत रोगविरुद्ध खोप अभियान सुरु

भोजपुर । गाईभैँसीमा लाग्ने खोरेत रोग उन्मूलनका लागि एक महिनासम्म...

सर्पको टोकाईबाट २५ वर्षीया महिलाको मृत्यु

सर्पको टोकाईबाट २५ वर्षीया महिलाको मृत्यु

दमक (झापा)। सर्पको डसाइबाट झापाको गौरादहमा एक महिलाको मृत्यु भएको...

थारू समुदायको इतिहास झल्काउने सङ्ग्रहालय

थारू समुदायको इतिहास झल्काउने सङ्ग्रहालय

धरान (सुनसरी) । सुनसरीको रामधुनी नगरपालिका–२ मा थारू समुदायको इतिहास,...

निरन्तरको झरी र हिमपातका कारण सगरमाथा क्षेत्रमा तीन दिनदेखि उडान ठप्प

निरन्तरको झरी र हिमपातका कारण सगरमाथा क्षेत्रमा तीन दिनदेखि उडान ठप्प

सुवास दर्नाल, सोलुखुम्बु । प्रतिकूल मौसमका कारण सगरमाथाको प्रवेशद्वार मानिने...

पाकेर थन्क्याउन लागिएको धानबालीमा वर्षाले क्षति गरेपछि खोटाङका कृषक चिन्तित

पाकेर थन्क्याउन लागिएको धानबालीमा वर्षाले क्षति गरेपछि खोटाङका कृषक चिन्तित

खोटाङ । पाकेर थन्क्याउन लागिएको धानबालीमा अविरल वर्षाले क्षति गरेपछि...

बर्सातले खेतमै सड्न थाल्यो धान

बर्सातले खेतमै सड्न थाल्यो धान

भोजपुर । निरन्तरको वर्षाले भोजपुरका किसानको वर्षभरको मेहनत र पसिनामा...