back
CTIZAN AD

स्काभेटरमा आगजनी

वि.सं.२०७६ असार ५ बिहीवार

2.1K 

shares

५ असार, फिदिम । पाँचथरको मिक्लाजुङ गाउँपालिका–७ लिम्बामा रोकेर राखेको स्काभेटरमा आज बिहान आगजनी भएको छ ।मिक्लाजुङ गाउँपालिका–७ लिम्बास्थित लेकगाउँमा राँके–रवि–भेडेटार सडक निर्माणका लागि प्रयोग भइरहेको ज्वाला निर्माण सेवा प्रालिको बा३क ५६६ नम्बरको स्काभेटरमा अज्ञात समूहले आगजनी गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिलकुमार पौडेलका अनुसार बाटोमा रोकेर राखिएको उक्त स्काभेटरमा बिहान करीब २ बजे आगजनी भएको हो । घटना कसले, किन गरायो भन्ने अहिलेसम्म यकिन हुन नसकेको प्रहरीको भनाइ छ ।

स्थानीयवासीले खबर गरेपछि सो घटनाका सम्बन्धमा बिहानैदेखि प्रहरीले अनुसन्धान थालेको प्रहरी निरीक्षक पौडेलले जानकारी दिए । आगजनीका कारण स्काभेटरका पाटपुर्जा जलेका छन् ।

वि.सं.२०७६ असार ५ बिहीवार १४:२५ मा प्रकाशित

कचनकबलको सिमखेतमा ‘सेतो सुन’को खेती

कचनकबलको सिमखेतमा ‘सेतो सुन’को खेती

झापा । मुलुकको सबैभन्दा होचो भू–भागका रूपमा परिचित झापाको कचनकबलका...

लेक लागेर सगरमाथा आरोहीको निधन

लेक लागेर सगरमाथा आरोहीको निधन

सोलुखुम्बु । सगरमाथा आरोहणमा जाने क्रममा लेक लागेर एक जनाको...

खोटाङमा ‘हनी हन्टिङ’ महोत्सव

खोटाङमा ‘हनी हन्टिङ’ महोत्सव

खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिकामा आगामी जेठ पहिलो साता ‘हनी...

करेन्ट लागेर, भीरबाट लडेर दुई जनाको मृत्यु

करेन्ट लागेर, भीरबाट लडेर दुई जनाको मृत्यु

खोटाङ । करेन्ट लागेर र भीरबाट लडेर खोटाङमा एकै दिन...

विद्यार्थी बोकेको बस दुर्घटना, १३ जना घाइते

विद्यार्थी बोकेको बस दुर्घटना, १३ जना घाइते

झापा । कचनकबल गाउँपालिका–३ मा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा...