Logo
१५ चैत्र २०७९, बुधबार
     Wed Mar 29 2023
E-paper
  English Edition
   Unicode
Logo

भारु व्यवस्थापनका लागि कूटनीतिक पहल गर्न संसद्को निर्देशन



२ मङ्सिर, काठमाडौँ  । व्यवस्थापिका–संसद्को अर्थसमितिले नेपालीसँग रहेका ५०० र एक हजार दरका भारुको सटही प्रक्रिया सहज बनाउन सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा आज बसेको अर्थसमितिको बैठकले नेपाली जनतासँग रहेका वैध भारुको व्यवस्थापनका लागि चाँडो पहल गर्न अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंकलाई निर्देशन दिएको हो ।

समितिका सभापति प्रकाश ज्वालाले नेपालीसँग रहेको भारुको व्यवस्थापन गर्न कठिनाइ भएकाले सरकारलाई कूटनीतिक प्रक्रियाबाट समाधान गर्न निर्देशन दिने निर्णय गरेको बताउनुभयो ।

बैठकमा सहभागी सांसदले सीमा क्षेत्रका जनताको समस्या समाधानका लागि सरकारले कूटनीतिक पहल गर्नुपर्नेमा जोड दिनुभएको थियो । उहाँहरुले अर्थमन्त्रालय र राष्ट्र बैंकले विशेष पहल गर्नुपर्नेमा विचार व्यक्त गर्नु भयो ।

नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले नेपाली जनतासँग भएका उक्त दरका भारु व्यवस्थापनका लागि भारतीय रिजर्ब बैंकसँग निरन्तर सम्पर्कमा रहेको भन्दै चाँडै समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । स्किल सेवा प्रालिले घर निर्माण सम्बन्धी निःशुल्क प्राविधिक परामर्श दिने भएको छ

काठमाडौँ । नेपालको पूर्वी हिमाली जिल्ला ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम