back
CTIZAN AD

भारतियहरु बिच्के भने हजारौ नेपालीहरु अलपत्र पर्नेछन अमेरिकामा

वि.सं.२०७३ मंसिर २ बिहीवार

1.1K 

shares

sanubabu silwal

काम दिने प्रति ब्याक फाएरमा जानु भन्दा काम कै सिलसिलामा पाउने दिने र लिने ज्याला र सुबिधाहरु छलफल गरि कामको निरन्तरता दिदा उत्तम हुनेछ। अमेरिकामा अझै पनि हजारौ नेपालिहरुको रोजगारको माध्यम र केन्द्र भारतियहरु छन भन्दा भयो तर कदमकथाचित रोजगारिको छहारि भारतियहरु बिच्के भने हजारौ नेपालिहरु अलपत्र पर्नेछन अमेरिकामा।

 

अमेरिकामा विन-विन इन्ट्रेस भर्सेस लेबर राइट तथा लेबर ल भर्सेस प्राक्टिकलिटी बारेमा मुख खोल्ने जमर्को गरे आजलाइ। आज बिहानै जुरुक्क उठेर ओछ्यानमै फेसबुक सर्सर्ति चाहार्दै थिए, के केलाउदै थिए, देखे एकजना न्युयोर्कमा बस्ने नेपालिले पेट्रोल साहुबाट काम गरेको क्षतिपुर्ति बापत ३२ हजार डलर अर्थात ३२ लाख रुपैया पाए भनेर लेखिएको रहेछ र उक्त समाचारको कन्क्लुजन चाहि अरु कोहि ओभरटाइम काम गरेर ओभरटाइमको डलर नपाएको भए म जस्तै मुद्दा लडेर डलर उतार्न उक्साइएको रहेछ। केहि नलेखु कि यस बारेमा भन्ने लागेको थियो तर मनले मानेन र सोचे मैले नलेखे कसले लेख्दछ त? लेख्ने जमर्को गरे यो मेरो लेख स्ट्याटसले धेरैलाई मन पर्ला र केहिलाइ मन नपर्ला मन पर्ने र नपर्ने सख्या तिर टाउको मन्थन गर्न थालिन र यो समाचारको सन्देश र यसबाट भबिस्यमा अमेरिकामा रहेका, कानुनि कागज नभएका, वर्क पर्मिट नभएका, बाल बच्चाहरु भएका, आफु र पारिवारिक जिम्मेवारि र बोझ बोकिरहेका तमाम कागज बिहिन हजारौ नेपालि समुदाय र कागज भएर पनि साप्ताहिक ४० घन्टा भन्दा बढि काम गरेर आफु आफ्नो परिवार, बिल, भुक्तानि र बचतको सघर्षमा जिबन यापन गरिरहेका हजारौ परिश्रमि नेपालिहरु र उनिहरुलाइ काम दिने, माया गर्ने र सकटमा छहारि दिने साहुहरु, रोजगारदाताहरुमा पर्न सक्ने प्रभाब र असरलाइ मैले यस लेखमा समेट्ने जमर्को गरे ।

अहिले समाजमा केहि उदन्डताको पराकाष्ठा नाघेको छ, तछाड मछाड नै चलेको छ रिउमर अर्थात हल्लाखल्ला मच्चाउन एक किसिमको होड नै चलेको छ तर यसको प्रभाब कालानतरमा कस्तो पर्दछ र यसबाट समाजमा सिर्जना हुने प्यानिकको अधिकाशलाइ ख्याल नै छैन जसजसलाइ ख्याल छ उनिहरु अरु बिग्रिएको, भत्किएको, बिकलाङ्ग भएको, रुवाबासि भएको र सत्यानाश नै भएको हेर्न बढो उत्सुक मात्रै नभएर कौतुहलता प्रदर्शनमा ब्यस्त छ भन्दा भयो।

अमेरिकामा झन्डै साढे ४ लाखका नेपालिहरुमा ९७% नेपालिहरु वर्किङ्ग क्लास र श्रमजिबि छन। यसको झन्डै झन्डै ४०% सङ्ग वर्क पर्मिट हुनु पर्दछ अर्थात उनिहरुसङ्ग अमेरिकामा काम गर्ने अमेरिकन सरकारको इजाजत छ, ३५% सङ्ग ग्रिनकार्ड, नागरिकता र कानुनि हैसियत छ। बाकि रहेका २५% समय गुजारेका र बिध्यार्थि हैसियत गुमाएका, तेश्रो मुलुक भै पर्खाल नाघेर आएका, भिजिटर भिषामा आएका तर कागज हुन नसकेका नबनेका वा समयमा कानुनि कागजको प्रक्रियामा जान नसकेका र थुप्रै अन्य कारणबश जिबन गुजारिरहेका नेपालिहरु हुनु पर्दछ।
अब कुरा आयो अमेरिकामा हप्ताको ४० घन्टालाइ निम्नतम कामको समय सिमा तोकिएको छ र जसले ४० घन्टा मात्रै गर्दछ उसले कुन राज्यमा बसेको हो त्यहि अनुसार फेडेरल सरकारले तोकेको ज्याला प्राप्त गर्नु पर्दछ र पाउनु पर्दछ, यसलाइ सिम्पल एन्ड प्लेन नियम मानिन्छ अमेरिकामा। ४० घन्टा बढि गरे ओटि अर्थात घन्टाको निम्नतम तलब र अतिरिक्त यसको आधा ज्याला जोडिदै जानेछ र कामदार र रोजगारदाताले बसेको राज्य र सघिय सरकारको कर बिबिध बिधामा कमाइ कै आधारमा कर काट्नु पर्ने हुन्छ र नया बर्सको दोश्रो हप्तासम्ममा उसले पाउने डल्ब्लु २ फर्म प्राप्त गरिसके पछि आफुले अघिल्लो बर्षमा जहा जहा जे जति घन्टा र जे जति तलब ज्याला बुझेको हो र हरेक ३ महिनामा रोजगारदाताले अमेरिकन सरकारको रोजगार कमिशनमा र फेडेरल सरकारलाइ दाखिला गरेको करका आधारमा कर दाखिलामा देखाउनु पर्ने हुन्छ।

अब आयो अमेरिकामा बस्ने कति जना नेपालिले ४० घन्टा काम गर्छन त? कहा कहा सरकारि, प्राइभेट, कर्पोरेट, कम्पनि तथा रिटेलरमा काम गरिरहेका छन त? सरकारि र ठुला कम्पनि, कर्पोरेट कम्पनि, अमेरिकनद्वारा वा फ्रेन्चाइज वा कुनै ठुलो ग्रुप वा कुनै निकायमा काम गर्दा ४० घन्टा वा त्यसभन्दा बढि काम गरि निम्नतम तथा ओभरटाइम तलब पाउने कति नेपालि छन त? भाषा जानेका, कागज भएका, शिक्षित वा चल्दापुर्जा वा छक्कापञा जान्ने कति छन त? यसरि हेर्दा झन्डै ७०% अमेरिकामा बस्ने नेपालि प्रबासिहरु खुद्रा, रिटेलर वा साना ब्यबसाय वा कम्पनिमा काम गर्ने रहेछन।
कागज छ, अङ्रेजि भाषा राम्रो वा कामचलाउ नै छैन, परिवार छ, बच्चा छ, एक जना बच्चा हेर्नै आबश्यक छ, काम गर्न सक्दैन, चाइल्ड केयर महङ्गो छ, एक जनाको कमाइले मात्र परिवार धान्न गाह्रो छ वा जसलाइ ४० घन्टाको कामले मात्रै जिबन गुजार्न गार्हो छ अर्थात उसलाइ सबै खर्च मेन्टेन गर्न हप्तामा ६०-७० घन्टा आबस्यक छ तर काम नपाउन सक्छ ४० घन्टा भन्दा माथि। कोहिका कागज नै छैन। बाच्नु छ, काम चाहिएको छ तर कागज बिना काम पाउन गार्हो होला तर के गर्ने त?
अमेरिकामा हामि जति भारतिय वा पाकिस्तानि वा अरबियन वा चाइनिजलाइ गालि गरे पनि यथार्थतामा अमेरिकामा हजारौ कागज बिहिन नेपालिहरु, सोझा नेपालिहरु, भाषा नजानेका नेपालिहरु, बच्चा परिवार भएका तर समान्य जसलाइ ४० घन्टा भन्दा बढि काम चाहिएको छ उनिहरुका छहारि भनेकै भारतिय साहुहरु हुन। यदाकदा पाकिस्तानि र अन्य एशियन मुलका अन्य केहि र नेपालि साहुहरु नै हुन भनेर भन्दा भयो। एक छिन सोच्नुहोस त भारतियहरुले हजारौ कागज बिहिन, कागज भएका तर सामान्य जसलाइ बढि घन्टाको काम आबस्यक छ तिनका लागि ठुलै छहारि दिएनन भने हजारौ नेपालिहरु अलपत्र पर्नेछन अमेरिकामा।
तपाइलाइ ४० घन्टा भन्दा बढि काम गर्न मन लागेन वा आफुले ओ टी नपाएको वा काम माग्न जादा नै ओटीको प्रबन्ध छ या छैन वा के कस्तो सुबिधा प्राप्त छ भनेर जान्ने अधिकार छ र मन नपरे काम गरेको भोलिपल्टै काम छोड्न सक्नु हुन्छ। बलजफति नै छैन। काममा मन मिलेसम्म काम गर्ने र नमिले बाहिरिने अधिकार तपाइसङ्ग छ अमेरिकामा।
धेरै नेपालिहरु जो रिटेलरमा काम गर्छन अमेरिकामा साहु सङ्गै सहमतिमा काम गरेका हुन्छन। नेपालिहरु बढो परिश्रमि छन अमेरिकामा केहि अपबादलाइ छोडि। मलाइ लाग्दैन कि धेरै नेपालिले अमेरिकामा अमेरिकि सरकारले खाध्यान्नका लागि दीइने फुड्स्ट्याम्प प्रयोग गर्लान भनेर। तर अधिकाश नेपालिले अमेरिकि सरकारले दिने मेडिकल सुबिधा मेडिकेड र मेडिकेयर चाहि प्रयोग गर्छन र यसमा कुनै अब्लिगेशन भएन। स्वास्थ्य खर्च महङ्गो छ अमेरिकामा। पहिले स्वास्थ्य, उपचार त्यसपछि बिलको निति भए पनि अमेरिकामा उपचार अत्यन्तै खर्लालु र महङ्गो भएकाले अमेरिकि सरकारले आम्दानि सिमा भन्दा मुनि भएका नेपालिहरुले मेडिकेड सुबिधा पाउनु र लिनु स्वभाबिक नै हो। परिवार, महङ्गि र खर्चले पिडित नेपालिहरुले ओभर टाइमको आम्दानि सरकारलाइ देखाउदा थुप्रै कुरा गुमाउछ उसले मेडिकेड, फुडस्ट्याम्प र कर फिर्ता रकम। ओटिले आम्दानि बढि हुदा ओटि को रकम लिनु भन्दा मेडिकेड, फुडस्टाम्प र कर फिर्ति रकम महत्वपुर्ण हुन्छ अमेरिकामा।
साहुबाट बढि घन्टा पनि पाइने तर निम्नतम वा आफ्नो क्षमता मुताबिकको ज्याला लिने, ४० घन्टा भन्दा बढिको रकम नगदमा लिएर साहुको ओभरहेड र सोसियल सेक्युरिटी, फेडेरल, राज्य एबम एम्प्लोमेन्ट कमिशनमा कामदारका लागि ओटिको अतिरिक्त बुझाउनु पर्ने रकम बचत हुने र कामदारको पनि सरकारि सुबिधा नगुम्ने र बढि घन्टा काम गरेर कमाउने र ब्यबहार चलाउने विन-विन बेनेफिटमा कामदार र साहु बिचको अन्डरस्ट्यान्डिङ्ग हुने गर्दछ र जसले साहु र कामदार बिचको माया, स्नेह र ब्यबहारमा सामिप्यता ल्याउने गरेको छ अमेरिकामा खुद्रा तथा साना ब्यबसायमा। अर्कोतिर कागज नभएकाहरुका जोखिम मोलेर आफ्नै खर्च देखाएर रोजिरोटीको ब्यबस्था गरिदिएका छन थुप्रै भारतिय, पाकिस्तानि तथा नेपालि रोजगारदाताहरुले।रोजगारिको क्रममा रोजगारदाताबाट शोषण भए, निम्न तम ज्याला भन्दा कम पाए वा यस्ता सबालामा उजुरिबाजुरी सम्पर्क गर्ने अमेरिकि आधिकारिक निकाय भनेको लेबर डिपार्टमेन्ट हो न कि तेश्रो तहको इमृगेशन वकिल । यसको न्याय निसाफको निकाय नै लेबर कार्यालय हो ।
आफुलाइ अनुकुल मिलेसम्म काम गर्ने र प्रतिकुल भए वा बदमासि फेला परे कामबाट निक्लनु परेपछि ओभरटाइम र बढि घन्टा काम गरेको नाममा कानुनको सहायता लिने चोर बाटोले तमाम नेपालि कागजबिहिन मात्रै नभएर सोझासिदा र ४० घन्टा भन्दा बढि काम नगरे आफु र परिवारको आर्थिक स्थिति डामाडोल हुने नेपालि समुदायको रोजिरोटि खोस्ने, नेपालिहरु इमान्दार र कतर्ब्यनिष्ठ हुन्छन भन्ने इमानको जसरि नजिर बसेको छ भारतिय वा पाकिस्तानिहरुमा । यस्ता कानुनि हर्कतले भारतिय तथा पाकिस्तानि एबम अझै नेपालि रोजगारदाताहरुलाइ झस्काउदैन मात्रै अब उनिहरुले कामै नदिन सक्छन त्यसबेला कानुन र प्रचारको धङ्गधन्ङि र आत्मरतिले समाज बिकलाङ्ग र अस्थिर बनाउछ र हजारौ नेपालि कामबिहिन हुदा थप प्यानिक सिर्जना हुन सक्दछ। मानिस उचाल्ने, नचाहिदा बिषयमा उपद्र मच्चाइदिने र बढि अधिकारको बाटो समात्दा अमेरिकामा नेपालिहरुको रोगगारि माद्यमहरु बन्द हुदा ति कागजबिहिन नेपालि र सोझा नेपालिहरुको आशु लाग्न सक्छ बठ्ठाहरुलाइ।
अब आयो ३२ लाख क्षति पाउने नेपालिलाइ क्षति बुझाउने साहुले ब्याक ट्याक्स फाइल गरिदियो भने, क्षतिपुर्ति बापत बुझेको रकम कर दाखिला गरेन भने वा त्यस बिचमा आम्दानिको तह सरकारि हद भन्दा बढि नाघेको रहेछ तर मेडिकेड, फुडस्ट्याम्प वा अन्य सरकारि सुबिधा लिएको भबिस्यमा देखिएमा त्यो क्षतिपुर्तिबाट प्राप्त रकमले अप्ठेरो पार्न सक्दछ। अनि समाजमा एक कान दुइ कान गर्दै क्षतिपुर्ति पाउनेवाला जहा जहा काम गरेको हो त्यहा यस केसको जानकारिले उसको जागिर अस्थिर वा टिकाउ नहुन सक्दछ। मुद्दा लड्नेवाला भने पछि रोजगारदाताहरु उसप्रति सजग हुने हुन्छन। काम दिने प्रति ब्याक फाएरमा जानु भन्दा काम कै सिलसिलामा पाउने दिने र लिने ज्याला र सुबिधाहरु छलफल गरि कामको निरन्तरता दिदा उत्तम हुनेछ। अमेरिकामा अझै पनि हजारौ नेपालिहरुको रोजगारको माध्यम र केन्द्र भारतियहरु छन भन्दा भयो तर कदमकथाचित रोजगारिको छहारि भारतियहरु बिच्के भने हजारौ नेपालिहरु अलपत्र पर्नेछन अमेरिकामा।

वि.सं.२०७३ मंसिर २ बिहीवार १०:२२ मा प्रकाशित

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएका नेपाली समाजसेवी हेम थापाले...

न्यायपालिकाप्रति जिम्मेवार सार्वजनिक बहसको आवश्यकता

न्यायपालिकाप्रति जिम्मेवार सार्वजनिक बहसको आवश्यकता

लोकतन्त्रमा कुनै पनि सार्वजनिक संस्थाको आलोचनाभन्दा ठूलो मित्र अरु हुँदैन।...

एनआरएनएको समस्या संस्थामा मात्र होइन, हामी आफैंमा पनि छ:  डिबी क्षेत्री

एनआरएनएको समस्या संस्थामा मात्र होइन, हामी आफैंमा पनि छ:  डिबी क्षेत्री

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वउपाध्यक्ष तथा ‘हजारे...

ई–पासपोर्टको विश्व बजार र नेपालको राहदानी विवाद

ई–पासपोर्टको विश्व बजार र नेपालको राहदानी विवाद

काठमाडौँ । नेपाली राहदानी छपाइको विषयलाई लिएर पछिल्ला दिनमा फ्रान्सेली...

‘चलचित्र उद्योग विश्वस्तरमा पुग्यो’- केपी पाठकले बर्बराउँदै सुनाए सपनाको कथा

‘चलचित्र उद्योग विश्वस्तरमा पुग्यो’- केपी पाठकले बर्बराउँदै सुनाए सपनाको कथा

वरिष्ठ चलचित्र निर्देशक केपी पाठकले चलचित्र क्षेत्रमा औधी तरक्की भएको...

क्यान्सर लाग्नुअघि नै अपनाऔं यी ७ बानी

क्यान्सर लाग्नुअघि नै अपनाऔं यी ७ बानी

क्यान्सरबाट जोगिन के गर्ने ? हिन्दीमा एउटा भनाइ छ, "जब...