back
CTIZAN AD

काठमाण्डौंमा अण्डा बेच्छन् नायक सरोज खनाल

वि.सं.२०७६ असार ८ आइतवार

732 

shares

८ असार, काठमाण्डौं । लामो समय अमेरिका बसेर फर्किएका चर्चित नायक सरोज खनाल काठमाण्डौंमा अण्डा वेच्छन् भन्दा तपाईलाई विस्वास नलाग्ला । के नायक खनालले अण्डा बेचेरै जिविकोपार्जन गर्नु परेको हो र ? तर, त्यसो नभएर आफ्नो काम आफैले गर्नुपर्छ र आफ्नो कामको सम्मान गर्नुपर्छ भनेर बुझेका खनालले आफ्नो व्यवसायलाई निरन्तरता दिएका हुन् ।

ललितपुरको एकान्त कुनामा आफ्नै पोल्टी फर्म छ । पोल्टी फार्मको नाम हो ‘खनाल पोल्टी फार्म’ उनी त्यहाँ बिहान ६ बजे पुग्छन् । त्यहाँ आइपुगेको अन्डा ट्रकबाट निकाल्छन् । क्यारेटहरु गन्छन् अनि बजारका निश्चित ग्राहकलाई आफै वितरण गर्न जान्छन् । उनी वितरणको काम १० बजेसम्ममा सक्छन् ।

नायक खनाल भन्छन्–‘अमेरिका जानु अगाडि ममा अहँ थियो । निकै ‘चुजी’ थिएँ । अमेरिकाबाट फर्केपछि आफ्नो काम गर्न डराउनु हुँदैन भन्ने जाने । मैले ढाँटेको होइन, चोरेको पनि होइन । श्रम गरेको हो । श्रमको सम्मान गर्नुपर्छ ।’ आइतबारको नयाँपत्रिकामा समाचार छ ।

उनको यो व्यवसाय नयाँ होइन । २०४३ सालदेखि उनको परिवारले चितवनको रत्ननगरस्थित ज्यामिरेमा ‘खनाल पोल्ट्री फर्म’ चलाई रहेको छ । त्यहाँ उनको परिवारले १ लाख ५० हजार कुखुरा पालेको छ । खनाल भन्छन्–‘ म अमेरिकाबाट फर्किएपछि तीनवटा पोल्ट्री फर्म थपिएको छ ।’

उक्त व्यवसायमा खनालका ४ भाईको लगानी छ । त्यसमा उनको २५ प्रतिशत रहेको छ ।

वि.सं.२०७६ असार ८ आइतवार ०८:२५ मा प्रकाशित

दमदार अभिनय र आकर्षक नृत्यसहित चाँहिदैन सम्पत्ति सार्वजनिक

दमदार अभिनय र आकर्षक नृत्यसहित चाँहिदैन सम्पत्ति सार्वजनिक

काठमाडौं  । गायक राजेश बर्देवा र गायिका क्रिस्टिना अधिकारीको आवाजमा...

चलचित्र ‘गूरु आमा’को ‘सम्झना साँचौला’ सार्वजनिक

चलचित्र ‘गूरु आमा’को ‘सम्झना साँचौला’ सार्वजनिक

काठमाडौँ । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...

फिल्म ‘लालीबजार’ को दोस्रो गीत ‘मिठो संसार’ सार्वजनिक, दर्शकहरूको उत्साह चरममा

फिल्म ‘लालीबजार’ को दोस्रो गीत ‘मिठो संसार’ सार्वजनिक, दर्शकहरूको उत्साह चरममा

काठमाडौं  । नेपाली चलचित्र ‘लालीबजार’ को दोस्रो गीत ‘मिठो संसार’...

अन्तर्राष्ट्रिय मञ्चमा उदाउँदै नेपाली प्रतिभा: उरुषा पाण्डे गिनिज वर्ल्ड रेकर्डतर्फ

अन्तर्राष्ट्रिय मञ्चमा उदाउँदै नेपाली प्रतिभा: उरुषा पाण्डे गिनिज वर्ल्ड रेकर्डतर्फ

काठमाडौं । नेपाली मोडल तथा अभिनेत्री उरुषा पाण्डे अन्तर्राष्ट्रिय स्तरमा...

यज्ञ सापकोटाको खाइयो कसम सार्वजनिक, छोटो समयमै दर्शकको ध्यान खिच्दै

यज्ञ सापकोटाको खाइयो कसम सार्वजनिक, छोटो समयमै दर्शकको ध्यान खिच्दै

काठमाडौँ । नेपाली लोकसंगीत क्षेत्रमा नयाँ गीत ‘खाइयो कसम’ सार्वजनिक...

चलचित्र पत्रकार सङ्घको शाखा विस्तार तिव्रः १०औँ केन्द्रीय महाधिवेशनको तयारी हुँर्दै

चलचित्र पत्रकार सङ्घको शाखा विस्तार तिव्रः १०औँ केन्द्रीय महाधिवेशनको तयारी हुँर्दै

काठमाडौँ । चलचित्र पत्रकार सङ्घले चलचित्र र कला–संस्कृतिका गतिविधिलाई राष्ट्रियस्तरमा...