८ असार, काठमाडौँ । सरकारले विदेशस्थित नियोगमार्फत् श्रम स्वीकृति दिने तयारी गरेसँगै श्रमिकको आर्थिक व्यभार घट्ने भएको छ । बिदामा आएका ७५ प्रतिशत कामदारले विदेश फर्कदा नेपालमै श्रम स्वीकृतिm लिने गरेका छन् । बिदामा आउने योजना बनाएका बाहेक श्रम स्वीकृति कै लागि भनेर वार्षिक औसत २ लाख ५० हजार कामदार मध्ये ५० हजार मात्र स्वदेश आउँदा प्रतिश्रमिक १ लाख रुपैयाँ खर्च राख्दा पनि ५ अर्ब रुपैयाँ बचत हुने देखिएको छ । ।श्रमिकको कार्यक्षमता र स्वास्थ्यका दष्टिले पारिवारिक भेटघाटका लागि बिदामा आउन नसक्ने कामदारको भने फजुल खर्च बचत हुने देखिन्छ । २ वर्षभन्दा लामो समयपछि बिदामा आउने कामदारले अनिवकार्य श्रम स्वीकृती लिनुपर्ने हुन्छ । आइतबारको कारोबार दैनिकबाट
वि.सं.२०७६ असार ८ आइतवार ०८:२३ मा प्रकाशित