back
CTIZAN AD

नेकपाकी प्रभावशाली नेतृ भुसालसहित महिला नेतृहरु जापानमा

वि.सं.२०७६ असार ९ सोमवार

807 

shares

 

९ असार, जापान । पूर्वमन्त्री, नेपाल कम्युनिष्ट पार्टी नेकपाकी प्रभावशाली महिला नेतृ तथा संघीय संसदका सदस्य पम्फा भुसालसहित तीन जना महिला सांसद आज टोकियो आईपुगेका छन् ।

यहि जुन २५ देखि तीन दिनसम्म टोकियोमा हुने ‘वुमन पोलिटीकल लिडर समिट’ का निम्ति नेपालका तर्फबाट भाग लिन उनीहरु टोकियो आइपुगेका हुन् ।

संसारका ८० भन्दा बढी मुलुकका महिला नेतृहरुको सहभागीता रहने सो समिटका निम्ति नेतृ भुषालसंगै सांसदद्वय धनकुमारी खतिवडा र उत्तोल तामाङ सहभागी हुनेछन् ।

उनीहरुलाई नेपाली राजदूतावासका उपनियोग प्रमुख कृष्णचन्द्र अर्यालले हानेदा विमानस्थलमा स्वागत गरेका थिए ।

महिला नेतृहरुको स्वागतार्थ तमुधीं जापानकी अध्यक्ष अनिता गुरुङ, प्रवासी एकता मञ्च जापानकी सजिना मोक्तान, दिपा घिमीरे र चन्द्रा केसी एनआरएनए कोषाध्यक्ष कालिका थापा, लगायत जनसम्पर्क समिति सम्बद्ध पदाधिकारीहरु बिमानस्थल पुगेका थिए ।

फोटो – सजना मोक्ताङ

वि.सं.२०७६ असार ९ सोमवार ०७:५० मा प्रकाशित

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

ओस्लो, नर्वे । नेपालमा बाढी–पहिरोबाट प्रभावित परिवारका लागि नर्वेमा रहेका...

एनआरएनएले नुवाकोटमा ५० लाखको राहत सामग्री वितरण गर्ने

एनआरएनएले नुवाकोटमा ५० लाखको राहत सामग्री वितरण गर्ने

काठमाडौं । रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

राहत बाँड्दै एनआरएनए

राहत बाँड्दै एनआरएनए

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले भोटेकोशी बाढीबाट प्रभावित...

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट...

कोरियामा पत्रकार सन्तोष खड्का परोपकारी पत्रकारिताबाट सम्मानित

कोरियामा पत्रकार सन्तोष खड्का परोपकारी पत्रकारिताबाट सम्मानित

सियोल, दक्षिण कोरिया । नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाका...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...