९ असार, काठमाडौँ । मनसुनसँगै गण्डकी प्रदेशका जिल्लामा बाढीपहिरो सुरु भएको छ । शनिबार राति र आइतबार बिहानको वर्षाले पर्वतका केही घरमा क्षति पुगेको छ । लमजुङ र मनाङ जोड्ने मोटरेबल पुल बगेको छ । कास्कीको मादी नदीमा निर्माणाधीन पुल पनि बाढीले बगाएको छ । बाढी पसेर पर्वतको पैयुँ गाउँपालिका –४ का ९ घरमा क्षति पुगेको हो । स्थानीय गेउदीखोलामा आएको बाढी धरमपानी–पैयुँकोट सडकको बाटो हुँदै बस्तीमा पसेको थियो । राति करिब २ बजे बाढी वसेपछि सुतिरहेका सर्वसाधारणले भागेर ज्यान जोगाएका थिए । बाढीले मोतीलाल पौडेल, गोपबहादुर सार्की, हिमलाल तिवारी, मोतीलाल रिजाल र गोविन्द पौडेलको परिवार विस्थापित भएको वडाध्यक्ष महेन्द्र श्रेष्ठले बताए । सार्की र हमालको घरै बगेको छ । दुवै परिवार छिमेकीको शरणमा छन् । सोमबारको कान्तिपुर दैनिकबाट
वि.सं.२०७६ असार ९ सोमवार ०८:०१ मा प्रकाशित






























