
९ असार, काठमाण्डौं । भैरहवा भन्सार कार्यालयमा भारतबाट आयातित आलु प्याजका १७ वटा ट्रक रोकिएका छन् । सरकारले विदेशबाट आयात हुने फलफूल र तरकारीजन्य वस्तुमा विषादी छैन भनि प्रमाणित गरेपछि मात्रै भित्राउने प्रावधान लागू गरेकाले उक्त समान भन्सार विन्दुमै रोकिएको छ ।
सरकारले असार २ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी ताजा तरकारी तथा फलफूल पैठारी गर्दा सम्बन्धीत भन्सार विन्दुमा क्वारेन्टाइन र जीवनाशक अवशेष परीक्षण अनिवार्य रुपमा गरेर मात्र आयात गर्नुपर्ने व्यवस्था गरेको छ । यो व्यवस्था सर्वसाधारण र किसान दुवैका लागि हितकर छ ।
सरकारले यो प्रावधान लागू गरेसँगै भैरहवा भन्सार नाका परिसरमा गत शुक्रबार आएका १७ वटा आलु प्याजका ट्रक र नेपाल आउन लागेका सीमापारी सुनौलीमा सयौं फलफूल तथा तरकारीका ट्रक रोकिएका छन् । सरकारले आवस्यक पूर्वाधार र विना जानकारी हतारमा यस्तो प्रावधान लागू गरेकाले भन्सारभित्र छिरेका तरकारी तथा फलफूल तथा तरकारी कुहिने अवस्थामा पुग्न लागेको छ भने व्यवसायी देखि उपभोक्ताले दुःख पाउनु परेको छ । सोमबारको नागरिक दैनिकबाट ।
वि.सं.२०७६ असार ९ सोमवार ०८:१४ मा प्रकाशित






























