९ असार, काठमाडौँ । पाँच वर्षपछि नेपाल प्रहरीको रासनभत्ता बढ्ने भएको छ । सरकारले १ साउनदेखि लागू हुने गरी रासनभत्ता दिन लागेको हो । सरकारले आगामी वर्षका लागि प्रहरीको रासनभत्तामा चार अर्ब ६४ करोड ९४ लाख रूपैयाँ बजेट छुट्याइसकेको छ ।
‘साउनदेखि नयाँ दरअनुसार प्रहरीले रासनभत्ता पाउनेछन्,’ प्रहरीको बजेट महाशाखाका प्रमुख एसएसपी दीपक थापाले नयाँ पत्रिकासँग भने,‘बजेट आइसकेको छ ,नयाँ दर स्वीकृतिका लागि प्रक्रिया अघि बढिसकेको छ ।’ प्रहरीलाई ०७५ मा तय भएको दरअनुसार रासनभत्ता दिइनेछ ।
नेपाल प्रहरीको रासनभत्ता हरेक जिल्लामा फरक–फरक छ । प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहने एक समितिले मूल्यवृद्धिअनुसार हरेक वर्ष भत्ताको दर परिमार्जन गर्दछ । तर, ०७१ सालयता रासनभत्ता मूल्यवद्धिअनुसार समायोजन हुन सकेको थिएन । सोमबारको नयाँ पत्रिका दैनिकबाट
वि.सं.२०७६ असार ९ सोमवार ०८:१४ मा प्रकाशित




























