Logo
२१ आश्विन २०७९, शुक्रबार
     Fri Oct 7 2022
E-paper
  English Edition
   Unicode
Logo

बित्यो ३७ वर्ष सारङ्गी रेटेर



 ३ मङ्सिर,बेनी (म्याग्दी) ।

                                       ‘आयो गयो फेरियो व्यवस्था । आफ्नो भने उस्तै छ अवस्था ।।
कल्ले के गर्छ ? पायसी सबैले आफ्नै पेट भर्छ ।।

गुल्मीको वडागाउँ घर बताउने ५७ वर्षीय दिलबहादुर गन्धर्वले सारङ्गी रेट्दै यो गीत गाउँदा म्याग्दीको बगरफाँटका गाउँलेका आँखा रसाए ।

चार छोरी, एक छोरा, श्रीमती र आफ्नो हातमुख जोड्नका लागि सारङ्गी रेट्दै म्याग्दी आइपुगेका गन्धर्वले गीतमार्फत आफ्नो दुःखेसो पोख्दै सहयोगका लागि हात जोडेको देखेर बगरफाँटकी गोमादेवी शर्माले एक सय रुपैया र तीन माना चामल दिँदा गन्धर्वको अनुहार खुसीले भरियो ।

सूचना र संचारको पहुचसँगै ग्रामीण क्षेत्रमा समेत पाश्चात्य गीत सङ्गीतको प्रभाव बढ्दै गइरहेको बेला कहिलेकाहीँ गाउँघरमा डुल्दै आउने र सारङ्गी रेटेर विरहका भाका गाउने गन्धर्व हिजोआज देशको बिग्रँदो राजनीति र सामाजिक बेथितिका गीतसमेत गाउन थालेका छन् ।

बदलिँदो समयसँगै नयाँ पुस्ता पाश्चात्य गीत सङ्गीतमा झुल्न थालेपछि हो वा पुख्र्यौली पेसाबाट गुजारा नचल्ने अवस्था देखेर हो आजभोलि गाउँघरमा गाइने दाइको नामले चिनिने गन्धर्व क्रमशः घट्दै गइरहेका छन् । गाउँघरका विरह र वेदनाका भाका गाउने गन्धर्वले बदलिँदो समयसँगै आफ्नो गीतको स्वरुपलाई पनि परिवर्तन गरेका छन् ।

धेरै समयपछि बगरफाँटमा भेटिएका दिलबहादुर गन्धर्वले पनि अरू कुनै सीप नभएकाले पुख्र्यौली पेसालाई विगत ३७ बर्षदेखि अपनाउनु आफ्नो बाध्यता भएको दुःखेसो पोख्दै सारङ्गीको धुनमा देशको बिग्रँदो अवस्था र नेताको स्वार्थका बारेमा तीतो यथार्थ व्यक्त गरे ।

गुल्मीदेखि बागलुङ हुँदै म्याग्दीको बगरफाँटसम्म आइपुगेका उनले गीतमा संविधान कार्यान्वयनका कुरादेखि लिएर गणतान्त्रिक नेपालको अस्तव्यस्ततालाई सरल शब्दमा जनताले बुझ्नेगरी व्यक्त गरेका थिए । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेतृ गंगा चौधरीले एमाले छाडेकी छिन् । उनले आगामी निर्वाचनमा स्वतन्त्रबाट उम्मेदवारी

काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) अलग भएको छ ।

काठमाडौं । अविरल वर्षापछि झरेको पहिरोका कारण काठमाडौंको चन्द्रागिरीमा एकै परिवारका तीनजनाको मृत्यु भएको

अमेरिका । अमेरिकाको भर्जिनियास्थित मनासस शहरमा गाडीले ठक्कर दिंदा एक नेपालीको मृत्यु भएको छ