back
CTIZAN AD

कृष्ण गौतमलाई डायना मेमोरियल पुरस्कार

वि.सं.२०७६ असार १९ बिहीवार

873 

shares

१९ असार, काठमाण्डौं ।  बेलायतकी राजकुमारी स्वर्गीय डायनाको सम्झनामा प्रदान गरिने द डायना अर्वाड‘बाट नेपाली युवा सम्मानित भएका छन् ।

बेलायतकी राजकुमारी डायनाको सम्झनामा स्थापित गरिएको उक्त पुरस्कार लक्ष्मी प्रतिष्ठानमार्फत् आफ्नो समय र श्रम मानव सेवामा लगाएको भन्दै गौतमलाई सम्मान गरिएको बताइएको छ ।

सन् १०९७ मा राजकुमारी डायनाको मृृत्यु भएपछि उनको सम्झनामा स्थापना गरिएको तथा राजकुमारद्धय विलियम र ह्यारीको समर्थन र सहयोग रहेको उक्त प्रतिष्ठित पुरस्कार सामाजिक कार्य तथा मानविय कार्यमा उल्लेख्य योगदान गरे वापत प्रदान गरिन्छ ।

सानै उमेरमा युरोपका विभिन्न देश पुगेर लक्ष्मी प्रतिष्ठानमार्फत् रकम संकलन गरेर दुर्गममा सामुदायिक विद्यालय निर्माण गर्न सफल भएका कृष्ण २०७२ को महाभूकम्प पश्चात सक्रिय रुपमा प्रतिष्ठानका गतिबिधिमा नेतृत्व गर्दै आएका छन् ।

बेलायतबाट कान्दा घुम्न पुगेका एक बेलायती नागरिकले कृष्णको मानव सेवालाई सुक्ष्म अध्ययन गरेर बेलायत पुगेपछि प्रकाशित गरेको आर्टिकल र उनैले भरिदिएको फर्मले गौतम उक्त पुरस्कारका लागि छानिएको बताइएको छ ।

स्मरण रहोस्, कृष्ण गौतम उनै समाजसेवी विष्णु गौतमका छोरा हुन् जसले एउटा छोरा अमेरिका र अर्को छोरालाई सवारी दुर्घटनामा गुमाएको शोकलाई शक्तिमा वदलेर पूरा जीवन समाजसेवामा लगाएका व्यक्तित्व हुन् । बाबुको पदचाप पछ्याउँदै कृष्ण पनि समाजसेवामा सक्रिय रहेका छन् । लक्ष्मी प्रतिष्ठानले हाल चितवनको कान्दामा १७० जना बालबालिकालाई आश्रयस्थल दिएर उनीहरुको शिक्षा दिक्षा प्रदान गर्नमा महत्वपूर्ण भूमिका निभाउँदै आएको छ ।

वि.सं.२०७६ असार १९ बिहीवार ११:०६ मा प्रकाशित

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

वासिङ्टन । संयुक्त राज्य अमेरिकाको मध्यावधि चुनाव हुन १०० दिन...

चुच्चे नक्सासहितको नयाँ १ रुपैयाँको सिक्का स्वीकृत

चुच्चे नक्सासहितको नयाँ १ रुपैयाँको सिक्का स्वीकृत

काठमाडौं । नेपाल सरकारले नेपालको चुच्चे नक्सा र आकाश भैरवको...

बढ्यो सुनचाँदीको मूल्य, प्रतितोला कतिमा हु्ँदै छ कारोबार ?

बढ्यो सुनचाँदीको मूल्य, प्रतितोला कतिमा हु्ँदै छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य केही बढेको छ...

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

सुरक्षा जाँच छल्ने प्रयास असफल, लागूऔषधसहित युवक पक्राउ

सुरक्षा जाँच छल्ने प्रयास असफल, लागूऔषधसहित युवक पक्राउ

भद्रपुर (झापा) । लागूऔषध तस्करहरूले सुरक्षा जाँच छल्न नयाँ–नयाँ उपाय...

नबिल बैंक ‘बेस्ट कमर्सियल बैंक आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डबाट सम्मानित

नबिल बैंक ‘बेस्ट कमर्सियल बैंक आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डबाट सम्मानित

काठमाडौं । नबिल बैंकले ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड प्राप्त...