back

स्वरोजगार सिर्जना गर्ने योजना प्राथमिकतामा–मन्त्री लम्साल

वि.सं.२०७६ असार १९ बिहीवार

645 

shares
GLOBAL IME AD
NTC AD

१९ असार, पोखरा । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले प्रदेश सरकारले उत्पादनसँगै स्वरोजगार सिर्जना हुने खालका योजनालाई प्राथमिकतामा राखेको बताएका छन् । गण्डकी प्रदेशसभाको बुधबार पोखरामा बसेको बैठकमा विनियोजन विधेयक, २०७६ को छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले सरकारले अगाडि सारेका योजनालाई सफल बनाउन सबैको सहयोग आवश्यक रहेको उल्लेख गरे ।

सरकारले स्वरोजगारका लागि प्रदेशका २७३ होमस्टे (घरबास) कार्यक्रमलाई प्रभावकारी बनाउन लगभग रु ३० करोड लगानी गरेको बताउँदै उहाँले पर्यटनलाई उत्पादनसँग जोड्ने योजना अगाडि सारिएको जानकारी दिए । घरबास कार्यक्रमलाई व्यवस्थित बनाउन सरकारले विभिन्न १५१ घरबासका ३११ जनालाई आवश्यक तालीम प्रदान गरेको उल्लेख गर्दै मन्त्री लम्सालले आगामी आर्थिक वर्षका लागि पनि रु २५ करोड विनियोजन गरिएको बताए ।

शून्यबाट शुरु भएको मन्त्रालयले हाल प्रदेशका ११ जिल्लामा विभिन्न ३० निर्देशनालयसहितका कार्यालय स्थापना गरी सञ्चालनमा ल्याएको बताउँदै उहाँले प्रदेश सरकारले दुई उद्योगग्राम र तीन कोसेली घर निर्माण गर्ने तयारी गरिरहेकोमा जोड दिए ।

विदेशबाट अनुभव लिएर फर्किएका युवालाई मुलुकमै स्वरोजगर सिर्जना गर्ने लक्ष्यका साथ युवालक्षित चुनौती कोष स्थापना गरिएको उल्लेख गर्दै उनले दुई प्रतिशतमा ऋण प्रवाह गरिने उक्त कोषका लागि रु तीन करोड विनियोजन गरिएको बताए ।

सन् २०२० को अन्त्यसम्म पोखरा विमानस्थल निर्माण सम्पन्न भई विदेशबाट सिधै उडान भई दैनिक ४०० भन्दा बढी विदेशी पोखरा आउने विश्वास व्यक्त गर्दै उनले व्यवस्थापनका लागि आवश्यक भौतिक संरचना निर्माणमा तीन वटै सरकार र निजी क्षेत्र जुट्नुपर्नेमा जोड दिए । फेवाताको सिमाङ्कन गर्न ढिलाइ भएका कारण संरक्षणको काम अगाडि बढ्न नसकेको बताउँदै मन्त्री लम्सालले तत्काल प्राविधिक खटाउन सङ्घीय सरकारसँग माग गरिएको जानकारी दिए ।

प्रदेश सभामुख नेत्रनाथ अधिकारीले हिजोकै बैठकमा आर्थिक मामिला तथा योजना मन्त्रालयसँग सम्बन्धित विनियोजन विधेयक, २०७६ माथि विभिन्न शीर्षकमाथि छलफल शुरु भएको जानकारी गराए । छलफलमा भाग लिँदै प्रदेशसभा सदस्य इन्द्रधारा विष्टले मेरो भागमा यो र त्यो पुगेन भन्दा पनि बजेटको कार्यान्वयनमा लाग्नुपर्नेमा जोड दिनुपर्ने आवश्यकता भएको उल्लेख गरे ।

मुस्ताङ जिल्लाको निर्वाचन (ख) बाट निर्वा्चित सदस्य विष्टले प्रस्तुत बजेटले आर्थिक उन्नति एवं पारदर्शितासँगै आत्मनिर्भरतर्पm उन्मुख भएको स्पष्ट देखिने बताए । अर्का सदस्य विष्णुप्रसाद लामिछानेले विभिन्न मन्त्रालयमा तालीम र गोष्ठी शीर्षकमा विनियोजन गरिएको रकमको सदुपयोग हुनुपर्नेमा जोड दिए ।

प्रदेशसभा सदस्य विन्दु थापाले विनियोजित बजेटमा प्रदेशको राजधानी पोखरालाई उपेक्षा गरिएको उल्लेख गर्दै असारे बजेटलाई निरुत्साहित गरिनुपर्नेमा जोड दिइन् । अर्का प्रदेशसभा सदस्य डिलमाया रोकाहा मगरले ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानलाई सफल बनाउन सरकार र जनप्रतिनिधि जिम्मेवार भएर लाग्नुपर्ने बताइन् ।

वि.सं.२०७६ असार १९ बिहीवार ११:२२ मा प्रकाशित

जलविद्युत् आयोजना प्रभावितलाई सीपमूलक तालिम

जलविद्युत् आयोजना प्रभावितलाई सीपमूलक तालिम

दमौली (तनहुँ) । एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत्...

घुससहित प्रहरी नायब निरीक्षक पक्राउ

घुससहित प्रहरी नायब निरीक्षक पक्राउ

लुम्बिनी (मर्चवार) । रूपन्देहीमा एक प्रहरी नायब निरीक्षक (सइ)लाई अख्तियार...

नेपालको जलविद्युत्मा लगानी गर्न भारतीय ठूला कम्पनी तयार

नेपालको जलविद्युत्मा लगानी गर्न भारतीय ठूला कम्पनी तयार

काठमाडौँ । लगानी र प्रतिफल सुनिश्चित भएमा भारतीय व्यापारिक घरानाले...

‘चिनजानका व्यक्तिबाट असुरक्षित छन् महिला र बालबालिका’

‘चिनजानका व्यक्तिबाट असुरक्षित छन् महिला र बालबालिका’

काठमाडौँ । महिला तथा बालबालिकाविरुद्ध हुने यौनजन्य हिंसाका पीडक ९१...

बजेट छलफलः कार्यान्वयनयोग्य योजना प्रस्ताव गर्न अर्थमन्त्री पौडेलको आग्रह

बजेट छलफलः कार्यान्वयनयोग्य योजना प्रस्ताव गर्न अर्थमन्त्री पौडेलको आग्रह

काठमाडौँ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटका...

‘प्राप्त अधिकारलाई डगमगाउन दिनु हुँदैन’

‘प्राप्त अधिकारलाई डगमगाउन दिनु हुँदैन’

काभ्रेपलाञ्चोक । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सङ्घीय लोकतान्त्रिक...