back

सिरहा र सप्तरीमा पाँच प्रतिशत रोपाइँ

वि.सं.२०७६ असार १९ बिहीवार

600 

shares
GLOBAL IME AD
NTC AD

१९ असार , लहान । सिरहा र सप्तरीमा करीब पाँच प्रतिशत जग्गामा मात्र धान रोपाइँ भएको छ । लामो समयदेखि वर्षा नभएका कारण ती दुवै जिल्लाका ९५ प्रतिशत जग्गामा अझै धान रोपाइँ हुन सकेको छैन ।

लामो समयदेखि वर्षा नभएको तथा सिँचाइको सुविधासमेत नभएका कारण हालसम्म करीब पाँच प्रतिशत जग्गामा मात्र धान रोपाइँ हुन सकेको कृषि ज्ञान केन्द्र राजविराजले जनाएको छ ।

पानी नपरेपछि यो वर्ष ढिलो गरी धानको बेर्ना तयार भएको र पछि पर्याप्त वर्षा पनि नभएका कारण अत्यन्तै कम जग्गामा धान रोपाइँ हुन सकेको केन्द्रका प्रमुख भगिरथ यादवले जानकारी दिए । असारको १५ गतेसम्ममा धान रोपाइँ सकेर किसान आराम गर्नुपर्नेमा अहिलेसम्म पाँच प्रतिशत मात्र धान रोपाइ भएको उनले बताए ।

वर्षा नभएपछि अहिले किसान पानी तान्ने मोटर तथा अन्य वैकल्पिक सिँचाइको व्यवस्था मिलाएर रोपाइँ गरिरहेका छन् भन्ने अधिकांश किसानहरु अझै आकाशे पानीको प्रतिक्षमा छन् ।

यस्तै कृषि मजदूरको आभावमा पनि वर्षेनी धानखेती प्रभावित हुँदै आएको छ । एकातिर सिँचाइको अभाव अर्कोतिर आवश्यकताअनुसार कृषि मजदूर नपाइने गरेकाले धान रोपाइँमा समस्या हुने गरेको किसानको गुनासो छ ।

सिरहा र सप्तरीमा भदैया, चैते र वर्षे गरी तीन किसिमका धान उत्पादन हुँदै आएको छ ।सिरहामा कूल कृषियोग्य क्षेत्रफल ७३ हजार ९१३ हेक्टरमध्ये ६० हजार ७५७ हेक्टरमा धान खेती हुँदै आएको छ । सप्तरीमा भने कूल ७० हजार हेक्टर खेतीयोग्य जमीन रहेको कृषि ज्ञान केन्द्र राजविराजले जनाएको छ ।

वि.सं.२०७६ असार १९ बिहीवार १५:३९ मा प्रकाशित

लोकतन्त्रको विकल्प निरङ्कुश व्यवस्था हुन सक्दैन : गृहमन्त्री

लोकतन्त्रको विकल्प निरङ्कुश व्यवस्था हुन सक्दैन : गृहमन्त्री

लुम्बिनी । गृहमन्त्री रमेश लेखकले लोकतन्त्रको विकल्प निरङ्कुश व्यवस्था हुनै...

राजसंस्था फर्काउने आन्दोलनको कमाण्डरमा दुगा प्रसाईं

राजसंस्था फर्काउने आन्दोलनको कमाण्डरमा दुगा प्रसाईं

काठमाडौँ । राजसंस्था पुनस्र्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिमा कमाण्डरको...

नचाहिएको विषयमा अत्तो थापेर सदन अवरुद्ध गरिएको छ : प्रधानमन्त्री ओली

नचाहिएको विषयमा अत्तो थापेर सदन अवरुद्ध गरिएको छ : प्रधानमन्त्री ओली

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले नचाहिएको विषयमा अत्तो थापेर...

कुलमानको रिट निवेदन दर्ता, शुक्रवारदेखि प्रारम्भिक सुनुवाइ हुने

कुलमानको रिट निवेदन दर्ता, शुक्रवारदेखि प्रारम्भिक सुनुवाइ हुने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बर्खास्त गर्ने...

प्रतिनिधिसभाको बैठक २ बजे बस्दै

प्रतिनिधिसभाको बैठक २ बजे बस्दै

काठमाडौं । प्रतिनिधिसभाको बैठक निर्धारित समयमा सुरु हुन नसकेपछि दिउँसो...

सङ्क्रमणकालीन न्यायसम्बन्धी कामलाई सफल बनाउन सरकार प्रयत्नशील छ : प्रधानमन्त्री ओली

सङ्क्रमणकालीन न्यायसम्बन्धी कामलाई सफल बनाउन सरकार प्रयत्नशील छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका...