back
CTIZAN AD

मानवाधिकार उल्लङ्घनका ८५ घटना 

वि.सं.२०७६ असार १९ बिहीवार

1.1K 

shares

१९ असार, सप्तरी । इन्सेक सप्तरीले सन २०१९ को ६ महीनाको अवधिमा सप्तरीमा ८५ वटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना भएको जनाएको छ ।

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० को प्रकाशन पूर्व सङ्कलित मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूबारे आज यहाँ आयोजित कार्यक्रममा जानकारी दिँदै इन्सेकले सप्तरीमा ६ महीनाको अवधिमा सात जनाको हत्या, बालिका बलात्कारका १६, महिला बलात्कारका सात, घरेलु हिंसाका २५ घटनासहित ८५ वटा घटना अभिलेख भएको जनाएको छ ।

जिल्लाको मानवअधिकारको अवस्था तथा अर्धवार्षिक पूर्वसमीक्षा गोष्ठीमा इन्सेक सप्तरीका प्रतिनिधि मनोहर पोखरेलले प्रस्तुत गरेको प्रतिवेदनअनुसार बालिका बलात्कार प्रयासका तीन, बाल यौन दुव्र्यवहार, बालबालिका विरुद्धको कसुर, बालबालिका दुरुपयोग र महिला बलात्कार प्रयासका एक\एक घटना भए ।

अपहरणका चार घटनामा तीन बालिका र एक बालक तथा अपहरण प्रयासको एक घटनामा एक राजनीतिक दलका कार्यकर्ता पीडित भए । सप्तरीमा ०७५ पुस १७ देखि ०७६ असार १५ गतेसम्म बहुविवाहका आठ घटनामा आठ जना फरार, एक जना पुर्पक्षका लागि थुनामा, पाँच जना धरौटीमा रिहा र दुई जना गत शुक्रबार पक्राउ परेको इन्सेक प्रतिवेदनमा उल्लेख छ ।

कालाजारका एक बिरामीले उपचार नपाएको घटनासहित सशस्त्र प्रहरी र जिल्ला समन्वय समितिको सवारी साधन तोडफोडका साथै जिल्ला शिक्षा समन्वय इकाइ कार्यालयको झ्याल ढोकाका सिसाहरु फुटाएर प्रदर्शनकारीहरुले क्षति पु¥याएको घटनाहरु भएको उल्लेख गरिएको छ ।

कार्यक्रममा प्रजिअ न्यायाधीश हरिश्चन्द्र ढुङ्गाना, जिल्ला न्यायाधीशहरु उमेश कोइराला, श्रीप्रसाद सञ्जेल, कमलप्रसाद ज्ञवाली, कृष्णप्रसाद पौडेल, नन्दकिशोरप्रसाद यादव, सुदर्शन लामिछाने, दण्डपाणि लामिछाने, नेकपाका प्रदेश कमिटी सदस्य छेदी रजक, राजपा सप्तरीका अध्यक्ष अमरनाथ मण्डल, जिल्ला न्यायाधिवक्ता गोविन्द उपाध्याय, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत किशोर रामले प्रतिवेदनमाथि टिप्पणी गरे ।

वि.सं.२०७६ असार १९ बिहीवार १५:२३ मा प्रकाशित

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

काठमाडौँ । प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा  कार्यालय मातहतका विभिन्न...

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले पार्टीभित्र देखिएको नेतृत्व...

गृहमन्त्रीलाई रक्षा बमको सुझाव–‘पीडित परिवारसँग भेटेर माफी माग्नुस्’

गृहमन्त्रीलाई रक्षा बमको सुझाव–‘पीडित परिवारसँग भेटेर माफी माग्नुस्’

काठमाडौं । जेन्जी अभियन्ता रक्षा बमले बारा जिल्लामा बलात्कारपछि हत्या...

कांग्रेस महाधिवेशन रोक्न माग गर्दै देउवा र पूर्णबहादुर खड्का सर्वोच्चमा

कांग्रेस महाधिवेशन रोक्न माग गर्दै देउवा र पूर्णबहादुर खड्का सर्वोच्चमा

काठमाडौं । नेपाली कांग्रेसको आन्तरिक विवाद थप चर्किँदै गएपछि १५...

प्रधानमन्त्री कार्यालयले भन्यो – प्रधानमन्त्रीको मुस्ताङ भ्रमण निजी

प्रधानमन्त्री कार्यालयले भन्यो – प्रधानमन्त्रीको मुस्ताङ भ्रमण निजी

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को मुस्ताङ भ्रमणलाई लिएर...

प्रधानमन्त्री खम्पा गुम्बा दर्शन गर्न गएको राप्रपा नेता ज्ञानेन्द्र शाहीको दाबी

प्रधानमन्त्री खम्पा गुम्बा दर्शन गर्न गएको राप्रपा नेता ज्ञानेन्द्र शाहीको दाबी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता...