back
CTIZAN AD

बोक्सीको आरोप लगाउने दुई महिला पक्राउ

वि.सं.२०७६ असार १९ बिहीवार

1.5K 

shares

१९ असार, वालिङ । बोक्सीको आरोप लगाउने दुई महिलालाई प्रहरीले बुधबार पक्राउ गरेको छ ।

एक महिलालाई बोक्सीको आरोप लगाई गालीगलौज गरी पीडा दिएको जाहेरी बुधबार वडा प्रहरी कार्यालय वालिङमा परेपछि प्रतिवादीहरु दुवैलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले बताए । ।

नायब उपरीक्षक भण्डारीका अनुसार तनहुँ बन्दीपुर नगरपालिका–६ घर भई पोखरा १६ बस्ने ३३ वर्षीया सोममाया गुरुङ र चापाकोट नगरपालिका–२ बस्ने वर्ष २५ वर्षीया चन्द्रकला थापा पक्राउ परेका हुन् ।

पक्राउ परेका दुई महिलाले ३८ वर्षीया एक महिलालाई मङ्गलबार बोक्सीको आरोप लगाई गालीगलौज तथा पीडा दिएको जाहेरीमा उल्लेख गरिएको छ ।

प्रतिवादी दुवैलाई पक्राउ गरी स्याङ्जा जिल्ला अदालतमा ‘भेदभाव तथा अन्य अपमानजन्य व्यवहारसम्बन्धी कसुर’ अपमानजनक वा अमानवीय व्यवहार मुद्दामा म्याद थप गरी अनुसन्धान शुरु भएको प्रहरीको भनाइ छ ।

वि.सं.२०७६ असार १९ बिहीवार १५:१० मा प्रकाशित

म्याग्दीका किसानलाई  अनुदान बितरण गर्न तीन करोड बिनियोजन 

म्याग्दीका किसानलाई  अनुदान बितरण गर्न तीन करोड बिनियोजन 

म्याग्दी । गण्डकी प्रदेश सरकारले म्याग्दीमा फलफूल, तरकारी, आलु र...

‘आत्महत्या निरुत्साहित गर्न मनोपरामर्श आवश्यक’

‘आत्महत्या निरुत्साहित गर्न मनोपरामर्श आवश्यक’

दाङ । दाङ प्रहरीले जिल्लाका विभिन्न स्थानमा गत साउन १६...

तनहुँमा एक वर्षमा थपिए ६७० उद्योग

तनहुँमा एक वर्षमा थपिए ६७० उद्योग

दमौली (तनहुँ) । जिल्लाका बजार क्षेत्रमा उद्योग– व्यवसाय सञ्चालन गर्नेको...

ढोरपाटनमा विदेशी सिकारीको आकर्षण, चार करोड बढी राजस्व प्राप्त

ढोरपाटनमा विदेशी सिकारीको आकर्षण, चार करोड बढी राजस्व प्राप्त

बागलुङ । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा एक...

प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता

प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता

गण्डकी ।  विद्यालय शिक्षा प्रणालीमा लामो समयदेखि थाती रहेका समस्या...

तनहुँ जलविद्युत् आयोजनाको बाँध निर्माणमा ६२ प्रतिशत प्रगति

तनहुँ जलविद्युत् आयोजनाको बाँध निर्माणमा ६२ प्रतिशत प्रगति

दमौली (तनहुँ) ।  तनहुँको ऋषिङ गाउँपालिकामा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको...