back
CTIZAN AD

गण्डकी प्रदेशमा बोक्सी विरुद्धको अभियान सुरु

वि.सं.२०७६ असार १९ बिहीवार

1.5K 

shares

१९ असार, पोखरा । ‘मान्छे बोक्सी हुन्न कहिल्यै’ भन्ने नाराका साथ राष्ट्रिय जागरण प्रतिष्ठान नेपालको आयोजना तथा गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयको संयोजनमा यहाँको दश जिल्लामा बोक्सीविरुद्घ अभियान सञ्चालन गरिएको छ ।

सो अभियानअन्तर्गत चेतनामूलक चलचित्र ‘अग्निदहन’ प्रदर्शन तथा चेतनामूलक गीत पनि प्रस्तुत गरिएको थियो । सोही बखत बोक्सी ऐन २०७२ पनि वितरण गरिएको थियो ।

यही असार ७ गतेदेखि मुस्ताङ, म्याग्दीको बेनी, बाग्लुङको काठेखोला, पर्वतको कुस्मा, स्याङजाको गल्याङ, तनहुँको भिमाद, लमजुङको मध्यनेपाल, गोर्खा, नवलपुरको कावासोती र कास्कीको माछापुच्छे« गाउँपालिकामा सो अभियान सञ्चालन गरिएको प्रतिष्ठानका अध्यक्ष कोविदशरण उपाध्यायले जानकारी दिए ।

आगामी दिनमा सो अभियानलाई तराईका जिल्लामा केन्द्रित गर्ने योजना रहेको उनकोभनाइ थियो । सामाजिक विकृतिका रुपमा रहेको सो प्रथाविरुद्ध अग्निदहन सशक्त सन्देशमूलक चलचित्र रहेको उनको भनाइ थियो । यसअघि अग्निदहन राष्ट्रपति, प्रधानमन्त्रीलगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिले अवलोकन गरेका थिए ।

सो अभियान सञ्चालनका लागि प्रतिष्ठानका अध्यक्ष उपाध्याय, संरक्षक भुवनेश्वर शर्मा पौडेल, सचिव रमा त्रिपाठी लगायतको टोली जिल्ला पुगेको थियो ।

वि.सं.२०७६ असार १९ बिहीवार १५:४२ मा प्रकाशित

प्रचण्ड लगायतका नेताहरुको उपस्थितिमा अन्तरक्रिया हुँदै

प्रचण्ड लगायतका नेताहरुको उपस्थितिमा अन्तरक्रिया हुँदै

काठमाडौं । पुनर्गठित नेपाल कम्युनिस्ट पार्टीको आयोजनामा ‘कम्युनिस्ट आन्दोलनमा सहकार्य,...

लोमान्थाङमा मनाइयो तीनदिने यार्तुङ पर्व, अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख पनि सहभागी

लोमान्थाङमा मनाइयो तीनदिने यार्तुङ पर्व, अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख पनि सहभागी

मुस्ताङ । मुस्ताङको लोमान्थाङमा स्थानीय संस्कृति र परम्परासँग जोडिएको प्रसिद्ध...

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सदस्यका लागि...

भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट हेर्न सकिने 

भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट हेर्न सकिने 

चितवन ।  भरतपुर अस्पतालले प्रयोगशालाको नतिजा अनलाइनमार्फत् प्राप्त गर्ने प्रणाली...

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरधाम । जनकपुरधामका पोखरीको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना...

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल...