back

गण्डकी प्रदेशमा बोक्सी विरुद्धको अभियान सुरु

वि.सं.२०७६ असार १९ बिहीवार

1.2K 

shares

१९ असार, पोखरा । ‘मान्छे बोक्सी हुन्न कहिल्यै’ भन्ने नाराका साथ राष्ट्रिय जागरण प्रतिष्ठान नेपालको आयोजना तथा गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयको संयोजनमा यहाँको दश जिल्लामा बोक्सीविरुद्घ अभियान सञ्चालन गरिएको छ ।

सो अभियानअन्तर्गत चेतनामूलक चलचित्र ‘अग्निदहन’ प्रदर्शन तथा चेतनामूलक गीत पनि प्रस्तुत गरिएको थियो । सोही बखत बोक्सी ऐन २०७२ पनि वितरण गरिएको थियो ।

यही असार ७ गतेदेखि मुस्ताङ, म्याग्दीको बेनी, बाग्लुङको काठेखोला, पर्वतको कुस्मा, स्याङजाको गल्याङ, तनहुँको भिमाद, लमजुङको मध्यनेपाल, गोर्खा, नवलपुरको कावासोती र कास्कीको माछापुच्छे« गाउँपालिकामा सो अभियान सञ्चालन गरिएको प्रतिष्ठानका अध्यक्ष कोविदशरण उपाध्यायले जानकारी दिए ।

आगामी दिनमा सो अभियानलाई तराईका जिल्लामा केन्द्रित गर्ने योजना रहेको उनकोभनाइ थियो । सामाजिक विकृतिका रुपमा रहेको सो प्रथाविरुद्ध अग्निदहन सशक्त सन्देशमूलक चलचित्र रहेको उनको भनाइ थियो । यसअघि अग्निदहन राष्ट्रपति, प्रधानमन्त्रीलगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिले अवलोकन गरेका थिए ।

सो अभियान सञ्चालनका लागि प्रतिष्ठानका अध्यक्ष उपाध्याय, संरक्षक भुवनेश्वर शर्मा पौडेल, सचिव रमा त्रिपाठी लगायतको टोली जिल्ला पुगेको थियो ।

वि.सं.२०७६ असार १९ बिहीवार १५:४२ मा प्रकाशित

Himalayan Life AD
विद्यार्थी संगठनबीच एकताको तयारी : अखिल (क्रान्तिकारी)ले बनायो कार्यदल

विद्यार्थी संगठनबीच एकताको तयारी : अखिल (क्रान्तिकारी)ले बनायो कार्यदल

काठमाडौं । वाम दलबीचको एकता प्रयासलाई साथ दिँदै माओवादी केन्द्र...

नेपाली प्रतिभा, उत्पादन र गौरवको उत्सव मनाउन डोल्पो र बिराटनगर किंग्सबीच सहकार्य

नेपाली प्रतिभा, उत्पादन र गौरवको उत्सव मनाउन डोल्पो र बिराटनगर किंग्सबीच सहकार्य

  काठमाडौं । लोकप्रिय नेपाली एपेरल ब्रान्ड ‘डोल्पो’ अब नेपाल...

नेपाल बैंक र ई–कमर्स प्लेटफर्म अनलाईन दराजबीच भुक्तानी सेवा सम्झौता

नेपाल बैंक र ई–कमर्स प्लेटफर्म अनलाईन दराजबीच भुक्तानी सेवा सम्झौता

काठमाडौँ । गत कार्तिक २३ गते नेपालको पहिलो बैंक नेपाल...

लुम्बिनी विकास बैंकद्वारा किर्तिमानी पर्वतारोहीलाई सम्मान

लुम्बिनी विकास बैंकद्वारा किर्तिमानी पर्वतारोहीलाई सम्मान

काठमाडौँ । लुम्बिनी विकास बैंक लिमिटेडसँग स्थापनाकाल देखि नै “निरन्तर...

सानिमा बैंकको दराजसंग दराज ११.११ योजनाका लागि सहकार्य

सानिमा बैंकको दराजसंग दराज ११.११ योजनाका लागि सहकार्य

काठमाडौँ । सानिमा बैंकले ग्राहकहरुका लागि दराजसंग दराज ११.११ योजनामा...

सिटिजन्स बैंक र एकता बुक्स बीच समझदारी

सिटिजन्स बैंक र एकता बुक्स बीच समझदारी

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र थापाथली काठमाडौं स्थित...