back

खडेरीका कारण ओखलढुंगाका किसानले धान रोप्न पाएनन्

वि.सं.२०७६ असार १९ बिहीवार

660 

shares
GLOBAL IME AD
NTC AD

१९ असार, ओखलढुंगा । आकासेपानीमा निर्भर यहाँको खेतीमा योपल्टको लामो खडेरीको असर परेको छ । खडेरीले धान उत्पादन घट्ने भएको छ । अधिकांश ग्रामीण भेगका खेतमा सिँचाइ नहुँदा यहाँका किसान खडेरीको मारमा परेका हुन् ।

आधा असार सकिँदा पनि जिल्लामा रोपाइँको काम अझै शुरु भएको छैन । विगतका वर्षमा मध्य असारमा रोपाइँको काम अन्तिम चरणमा पुग्ने गरेको थियो । लामो खडेरीले समयमै धान रोप्न नपाउँदा यसको उत्पादनमै समस्या हुने किसानको चिन्ता छ ।

खडेरीको समस्या र सिँचाइ अभावका कारण रोपाइँको काम गर्न नसकेको पोकलीका किसान राम घिमिरेले बताए । “खडेरीले चौपट पा¥यो, पोहोरतिर यतिबेला रोपाइँको काम आधाभन्दा बढी सकिन्थ्यो, यो पटक शुरु नै भएन”, घिमिरेले भने “झनझन हिउँद जस्तो घाम चर्केर खेतबारी सुक्यो, अब त पानी परे पनि रोप्ने बीउ छैन, सुकेर कामै नलाग्ने भयो ।” सिँचाइको उपयुक्त व्यवस्था भएको जिल्लाको खिजीदेम्बा गाउँपालिका र केही अन्य खोला किनार नजिकका खेतमा मात्रै रोपाइँको काम भएको छ ।

ओखलढुङ्गाको चार हजार ५०० हेक्टर जमीनमा धानखेती हुने गरेको छ । कृषि ज्ञानकेन्द्र ओखलढुङ्गाका अनुसार तीमध्ये करीब २२० हेक्टर जमीनमा मात्रै रोपाइँ शुरु भएको छ । सुनकोशी, दूधकोशी र लिखु नदी आसपासमा पर्ने तल्लो भू–भाग जिल्लाको सुक्खाग्रस्त क्षेत्र हो । यो क्षेत्रमा खेतीबाली लगाउन खडेरीका कारण समस्या छ । लामो खडेरीका कारण बारीमा लगाएको मकै र धानको बीउ सुकेर नष्ट भएको चम्पादेवी गाउँपालिकाका उपाध्यक्ष निर्मला रैका मगरले बताए । खडेरीको पीडा सुनाउन किसान गाउँपालिकामा आउने गरेको पनि उनले बताए ।

“घु¥यानमा लगाएको तरकारीसमेत खडेरीले खायो, मान्छेले के खाने होला भन्दै सर्वसाधारण हामीसँग सोध्न आउँछन्”, उनले भने “हाम्रो गाउँपालिका सुक्खाग्रस्त हो, खानेपानीकै सङ्कट छ । झन सिँचाइका लागि त अहिले केही गर्न सक्ने अवस्था नै छैन । जिल्लाका किसान आकाशे पानीको प्रतीक्षामा छन् ।”

वि.सं.२०७६ असार १९ बिहीवार १५:५३ मा प्रकाशित

बजार अनुगमनः म्याद गुज्रेका सामग्री नष्ट

बजार अनुगमनः म्याद गुज्रेका सामग्री नष्ट

किमाथाङ्का (सङ्खुवासभा) । धनकुटास्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन...

नेपाल-बङ्गलादेश व्यापारः आयात तीन अर्ब, निर्यात २७ करोड

नेपाल-बङ्गलादेश व्यापारः आयात तीन अर्ब, निर्यात २७ करोड

भद्रपुर (झापा) । चालु आर्थिक वर्षको आठ महिनामा बङ्गलादेशबाट रु...

सेन्टर प्लाजा : अहिलेसम्म १६ जनाको उद्धार

सेन्टर प्लाजा : अहिलेसम्म १६ जनाको उद्धार

काठमाडौं । सुनसरीको इटहरीस्थित सेन्टर प्लाजामा भएको आगलागीबाट अहिलेसम्म १६...

सेन्टर प्लाजामा आगलागी, उद्धारका लागि हेलिकोप्टर पठाइयो

सेन्टर प्लाजामा आगलागी, उद्धारका लागि हेलिकोप्टर पठाइयो

इटहरी (सुनसरी) । इटहरी बजारको मुख्यचोकमा रहेको १० तले व्यावसायिक...

ओलाङचुङ्गोलामा सुक्खा बन्दरगाह निर्माण गर्न स्थानीयको माग

ओलाङचुङ्गोलामा सुक्खा बन्दरगाह निर्माण गर्न स्थानीयको माग

फुङ्लिङ (ताप्लेजुङ) । नेपाल-चीन व्यापार प्रवद्र्धनका लागि सुक्खा बन्दरगाह निर्माण...

प्लाइउड तत्काल नेपाल नफर्काए जफत गरिदिने भारतीय भन्सारको चेतावनी

प्लाइउड तत्काल नेपाल नफर्काए जफत गरिदिने भारतीय भन्सारको चेतावनी

  झापा । भारतले नेपालमा उत्पादित प्लाइउडलाई नाकामा रोकेको छ...