back

पूर्वखोला गाउँपालिकालाई कागती र सुन्तलाको पकेट क्षेत्र बनाइने

वि.सं.२०७६ असार १९ बिहीवार

294 

shares
RBB AD
NTC AD

१९ असार, पाल्पा । पाल्पाको पूर्वखोला गाउँपालिकालाई सुन्तला तथा कागतीखेतीको पकेट क्षेत्रका रुपमा विकास गरिने भएको छ । स्थानीय कृषकलाई फलफूल खेतीमा आत्मनिर्भर बनाउने उद्देश्यले पकेट क्षेत्र विकास कार्यक्रम ल्याइएको गाउँपालिकाले जनाएको छ ।

यो कार्यक्रमअन्तर्गत गाउँपालिकाले कृषकलाई ५० प्रतिशत अनुदानमा सुन्तला, कागती, अलँैची र कफीका बिरुवा वितरण गरिएको छ । सो गाउँपालिका– ३ रिङ्नेरह र वडा नं ६ को हेक्लाङ क्षेत्रमा कागती, वडा नं ५ वीरकोट र वडा नं १ को सिलुवा क्षेत्रलाई सुन्तलाको पकेट क्षेत्रका रुपमा विकास गरिने गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले जानकारी दिए ।

गाउँपालिकाका कृषि प्राविधिक सन्तोष कँडेलले गाउँपालिकाभरि १० हजार सुन्तला, १० हजार कागती, एक हजार ५०० अलैँची र एक हजार ५०० कफीका बिरुवा वितरण गरिएको अध्यक्ष थापाको भनाइ छ । उहाँका अनुसार २० प्रतिशत समूहले सामूहिक खेती गर्ने र ८० प्रतिशतले व्यक्तिगत तवरबाट खेती गर्ने गर्नेछन् ।

गाउँपालिकाको देविनगर, जल्पा र हेक्लाङ क्षेत्रमा अलैँची र कफीको पकेट क्षेत्र बनाउनका लागि सम्भाव्यता अध्ययन गरिने योजना रहेको सो गाउँपालिकाले जनाएको छ ।

वि.सं.२०७६ असार १९ बिहीवार १६:०६ मा प्रकाशित

NLIC AD
NABIL bank AD
कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनेछैन: गृहमन्त्री लामिछाने

कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनेछैन: गृहमन्त्री लामिछाने

नेपालगञ्ज । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कैदीबन्दीको कैद मिनाहा...

भन्सार छलीका खाद्य तथा दैनिक उपभोग्य सामान बरामद

भन्सार छलीका खाद्य तथा दैनिक उपभोग्य सामान बरामद

महेन्द्रनगर (कञ्चनपुर) । दुईतिर भारतको सीमा जोडिएको कञ्चनपुरमा सशस्त्र प्रहरी...

नारायणगढ–बुटवल सडकखण्ड पाँच वर्षमा पचास प्रतिशत काम पूरा

नारायणगढ–बुटवल सडकखण्ड पाँच वर्षमा पचास प्रतिशत काम पूरा

नवलपुर (नवलपरासी) । विस्तारको क्रममा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल खण्डमा...

रेसुङ्गाको पर्यटन प्रवर्द्धनका लागि जाउँ हिँड रेसुङ्गा’ अभियान संचालन गरिने

रेसुङ्गाको पर्यटन प्रवर्द्धनका लागि जाउँ हिँड रेसुङ्गा’ अभियान संचालन गरिने

काठमाडौँ । गुल्मीको रेसुङ्गालाई आन्तरिक तथा बाह्य पर्यटनको केन्द्र बनाउन...

नेपालगञ्ज हिटवेभको जोखिममा, घर-घरमा गएर सचेत गराइँदै

नेपालगञ्ज हिटवेभको जोखिममा, घर-घरमा गएर सचेत गराइँदै

नेपालगञ्ज । नेपालगञ्जमा हिटवेभको जोखिममा रहेका (टिनको छानामुनी बस्ने, गर्भवती,...

हाडबास आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?

हाडबास आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?

रञ्जिता अधिकारी, देउखुरी (दाङ) । २०८१ वैशाख १६ गते बिहान...