back
CTIZAN AD

पूर्वखोला गाउँपालिकालाई कागती र सुन्तलाको पकेट क्षेत्र बनाइने

वि.सं.२०७६ असार १९ बिहीवार

1.2K 

shares

१९ असार, पाल्पा । पाल्पाको पूर्वखोला गाउँपालिकालाई सुन्तला तथा कागतीखेतीको पकेट क्षेत्रका रुपमा विकास गरिने भएको छ । स्थानीय कृषकलाई फलफूल खेतीमा आत्मनिर्भर बनाउने उद्देश्यले पकेट क्षेत्र विकास कार्यक्रम ल्याइएको गाउँपालिकाले जनाएको छ ।

यो कार्यक्रमअन्तर्गत गाउँपालिकाले कृषकलाई ५० प्रतिशत अनुदानमा सुन्तला, कागती, अलँैची र कफीका बिरुवा वितरण गरिएको छ । सो गाउँपालिका– ३ रिङ्नेरह र वडा नं ६ को हेक्लाङ क्षेत्रमा कागती, वडा नं ५ वीरकोट र वडा नं १ को सिलुवा क्षेत्रलाई सुन्तलाको पकेट क्षेत्रका रुपमा विकास गरिने गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले जानकारी दिए ।

गाउँपालिकाका कृषि प्राविधिक सन्तोष कँडेलले गाउँपालिकाभरि १० हजार सुन्तला, १० हजार कागती, एक हजार ५०० अलैँची र एक हजार ५०० कफीका बिरुवा वितरण गरिएको अध्यक्ष थापाको भनाइ छ । उहाँका अनुसार २० प्रतिशत समूहले सामूहिक खेती गर्ने र ८० प्रतिशतले व्यक्तिगत तवरबाट खेती गर्ने गर्नेछन् ।

गाउँपालिकाको देविनगर, जल्पा र हेक्लाङ क्षेत्रमा अलैँची र कफीको पकेट क्षेत्र बनाउनका लागि सम्भाव्यता अध्ययन गरिने योजना रहेको सो गाउँपालिकाले जनाएको छ ।

वि.सं.२०७६ असार १९ बिहीवार १६:०६ मा प्रकाशित

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

पर्वत । मोदी गाउँपालिका–६, तिलाहारका ५१ वर्षीय जीतबहादुर विकलाई आफ्नै...

अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै

अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै

अर्घाखाँची । डिभिजन वन कार्यालयले जिल्लामा टिमुरखेती प्रवद्र्धन गर्न ६०...

सिक्टा नहरको पानीले किसानलाई राहत, धमाधम रोपाइ गर्दै

सिक्टा नहरको पानीले किसानलाई राहत, धमाधम रोपाइ गर्दै

रुपनी जिएम, जानकी (बाँके)। पर्याप्त वर्षा नहुँदा पनि सिक्टा सिँचाइ आयोजनाबाट...

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

घोराही (दाङ) । लमही नगरपालिकाले पछिल्लो समय अत्यधिक गर्मी बढेपछि...

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

लुम्बिनी प्रदेशको बजेट : यी हुन् प्राथमिकताका क्षेत्र

लुम्बिनी प्रदेशको बजेट : यी हुन् प्राथमिकताका क्षेत्र

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले प्रदेशको शिक्षा र सामाजिक विकासका...