back

वडा कार्यालय र स्थानीयवासीको आर्थिक सहयोगमा स्थानीयवासीलाई खानेपानी

वि.सं.२०७६ असार १९ बिहीवार

927 

shares

१९ असार, विदुर । नुवाकोटको विदुर नगरपालिका–५ स्थित पीपलटारको मुख्य चोकमा डिप बोरिङबाट खानेपानी वितरण गरिने भएको छ ।

प्रतिनिधिसभाका सांसद नारायणप्रसाद खतिवडा, नगरपालिकाको कार्यालय, विदुर नगरपालिका–५ को वडा कार्यालय र स्थानीयवासीको आर्थिक सहयोगमा डिप बोरिङ निर्माण भएको हो ।

रु २० लाखको लागतमा निर्माण भएको बोरिङ निर्माणका लागि सांसद खतिवडाले स्थानीय पूर्वाधार विकास कार्यक्रमअन्तर्गत छुट्याएको रु सात लाख, विदुर नगरपालिका–५ कार्यालयबाट रु पाँच लाख, विदुर नगरपालिकाको कार्यालयबाट रु चार लाख र स्थानीयवासीको रु चार लाख सहयोग गरेको स्थानीय युवा व्यवसायी तथा समाजसेवी उद्धव पनेरुले जानकारी दिए । पनेरुले डिप बोरिङको पानीले पीपलटारका करीब सय घरधुरी लाभान्वित हुने र बोरिङमार्फत प्रत्येक घरमा धारा जडान गर्ने बताए ।

सञ्चालनमा आएको डिप बोरिङको पानीबाट पीपलटार, माझगाउँ, देविघाट, भथ्रोक लगायतका स्थानमा खानेपानीको व्यवस्था सहज हुने बताइएको छ । बोरिङको पानीलाई एक साता परीक्षण गरी त्यसपछि वितरणको व्यवस्था मिलाइनेछ ।

वि.सं.२०७६ असार १९ बिहीवार १६:०७ मा प्रकाशित

Himalayan Life AD
यस्तो छ बागमती प्रदेशका आर्थिक चुनौती

यस्तो छ बागमती प्रदेशका आर्थिक चुनौती

काठमाडौँ । बागमती प्रदेशमा भौतिक पूर्वाधारहरू सडकमार्ग, स्वास्थ्य सेवा र...

कागारबाट छुटेकै दिन कुटपिट गरी पतिद्वाराको पत्नी हत्या

कागारबाट छुटेकै दिन कुटपिट गरी पतिद्वाराको पत्नी हत्या

पर्वत । यहाँको मोदी गाउँपालिका–६ दराकमा कागारबाट छुटेकै दिन एक...

बनेपा हिरासतबाट फरार पाँच प्रतिवादी पक्राउ

बनेपा हिरासतबाट फरार पाँच प्रतिवादी पक्राउ

काभ्रेपलाञ्चोक । जेनजी आन्दोलनका क्रममा आगजनी, तोडफोड र लुटपाटका क्रममा...

दृष्टिविहीन टी-२० महिला विश्वकप खेल्न नेपाली टोली भारततर्फ

दृष्टिविहीन टी-२० महिला विश्वकप खेल्न नेपाली टोली भारततर्फ

काठमाडौँ । भारत र श्रीलङ्कामा संयुक्त रुपमा आयोजना हुन लागेको...

किसानका समस्या समाधानतर्फ सरकारको ध्यान छ : कृषिमन्त्री परियार

किसानका समस्या समाधानतर्फ सरकारको ध्यान छ : कृषिमन्त्री परियार

काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री डा मदनप्रसाद परियारले नेपाली...

कोषलाई राजनीतिक भर्ती केन्द्र बनाउन हुँदैन : प्रधानमन्त्री कार्की

कोषलाई राजनीतिक भर्ती केन्द्र बनाउन हुँदैन : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले पशुपति क्षेत्र विकास कोषलाई राजनीतिक...