back
CTIZAN AD

झापामा सात लाख ६१ हजार मेट्रिक टन खाद्यान्न उत्पादन

वि.सं.२०८३ साउन ८ शुक्रवार

168 

shares

झापा (भद्रपुर) । जिल्लाभर गत आर्थिक वर्ष २०८२/८३ मा सात लाख ६१ हजार ४३३ मेट्रिक टन खाद्यान्न उत्पादन भएको छ ।

पछिल्ला वर्षमा खेतीयोग्य जग्गाको क्षेत्रफलसँगै खाद्यान्न उत्पादन लगातार घट्दै गएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

गत आवमा वर्षे, चैते धान, मकै, कोदो, फापर, गहुँ र जौ गरी सात प्रकारका खाद्यान्न बाली उत्पादन भएका हुन् ।

उक्त अवधिमा चैते धान ८९ हजार ६५५ दशमलव ३०, वर्षे धान तीन लाख ७७ हजार ५३४ दशमलव ३५, मकै दुई लाख ८३ हजार १८७ दशमलव ८८, कोदो ८६९ दशमलव ४७, फापर तीन हजार ७५८ दशमलव ७०, गहुँ छ हजार ४१९ र जौ ८ दशमलव १० मेट्रिक टन उत्पादन भएको थियो ।

आव २०८२÷८३ मा एक लाख ३० हजार ३८६ हेक्टर क्षेत्रफलमा खेती गरिएको थियो । अघिल्लो आव २०८१/८२ मा एक लाख ४५ हजार ३२६ दशमलव ०६ हेक्टरमा खेती गरी आठ लाख ५२ हजार २०८ दशमलव २५ मेट्रिक टन खाद्यान्न उत्पादन भएको हो ।

एक वर्षको अवधिमा खाद्यान्न खेती हुने क्षेत्रफल १४ हजार ९४० हेक्टरले घटेको छ भने उत्पादन करिब ९० हजार ७७५ मेट्रिक टनले कमी आएको छ ।

वि.सं.२०८३ साउन ८ शुक्रवार १४:५३ मा प्रकाशित

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

ओस्लो, नर्वे । नेपालमा बाढी–पहिरोबाट प्रभावित परिवारका लागि नर्वेमा रहेका...

बाढीपीडितको सहयोगमा अखिल (क्रान्तिकारी) र वाईसीएल

बाढीपीडितको सहयोगमा अखिल (क्रान्तिकारी) र वाईसीएल

काठमाडौं । बाढीबाट प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले विद्यार्थी संगठन...

शव खोजी तथा व्यवस्थापनमा नेपाली सेनाको अपरेसन तीव्र

शव खोजी तथा व्यवस्थापनमा नेपाली सेनाको अपरेसन तीव्र

काठमाडौं । रसुवाको भोटेकोशीमा गत बुधबार आएको विनाशकारी बाढीपछि बेपत्ता...

रसुवा सडक सञ्जालमा पुनः जोडियो

रसुवा सडक सञ्जालमा पुनः जोडियो

काठमाडौं । टोखा–छहरे–गड्खार पुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चे सडकखण्ड सञ्चालनमा आएको छ।...

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

काठमाडाैँ । गत बुधवार रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण...