back
CTIZAN AD

राजनीतिप्रति जनताको बितृष्णा बढ्दै गएको नेता पौडेलको भनाई

वि.सं.२०७६ असार २१ शनिवार

1.3K 

shares

२१ असार, भरतपुर । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काङ्ग्रेस अब मिशन र भिजनका साथ अघि बढ्नुपर्ने बताएका छन् । नेपाल विद्यार्थी सङ्घ वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुरले आज यहाँ आयोजना गरेको एक दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले अहिले राजनीतिप्रति जनतामा वितृष्णा बढ्दै गएको विचार व्यक्त गरे ।

राजनीतिमा मिशन र भिजन नहुँदा सम्मानित क्षेत्रका रुपमा विकास हुन नसकेको उनको भनाइ थियो । उनले भने, “राजनीतिमा मिशन नहुँदा जनतामा वितृष्णा बढेर गयो । यस कारण राजनीतिले ठीक दिशा लिन सकेको छैन ।”

उनले ७० वर्षको सङ्घर्षपछि आएको परिवर्तन संस्थागत हुन नपाउँदै राजनीतिमा फेरि अन्योलता छाएको बताए ।

फरक प्रसङ्गमा उनले नेपाल विद्यार्थी सङ्घ गुटमा लाग्न नहुने सुझाव दिए । नेविसङ्घ स्वचालित हुन आवश्यक रहेको बताउँदै उनले भने, “नेताबाट सञ्चालित होइन देश र जनताका लागि आफैँ सञ्चालित हुन आवश्यक छ ।”

नेपाल विद्यार्थी सङ्घ वीरेन्द्र बहुमुखी क्याम्पसका एकाइ अध्यक्ष अनमोल अधिकारीको अध्यक्षतामा सम्पन्न प्रशिक्षणमा काङ्ग्रेसका केन्द्रीय सदस्य बद्रि पाण्डेले प्रशिक्षण दिएका थिए ।

वि.सं.२०७६ असार २१ शनिवार ११:५९ मा प्रकाशित

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारका शेयर कारोबार मापक नेप्से परिसूचक आज...