back

अलैची टिुमर लगायतका ३१ हजार विरुवा रोपियो

वि.सं.२०७६ असार २१ शनिवार

558 

shares
GLOBAL IME AD
NTC AD

२१ असार, बाग्लुङ । गण्डकी प्रदेश सरकारले अघि सारेको मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँका रुपमा सूचीकृत भएको बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–७ को रेशमा चिया, सुन्तला, अलैँची र टिमुरका ३१ हजार बिरुवा रोपण गरिएको छ ।

गण्डकी प्रदेश सरकारको गण्डकी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँ रेशलाई विनियोजन गरेको रु २५ लाखमध्येबाट रु १० लाखमा ३१ हजार बिरुवा लगाइएको मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँ रेशका कृषि प्राविधिक निर्मला शर्माले जानकारी दिए । ।

नमूना कृषि गाउँ रेशको बौर–तिङ्रिङको ५० रोपनी क्षेत्रफलमा १५ हजार चिया, १० हजार अलैँची, तीन हजार सुन्तला, दुई हजार किम्बु र एक हजार टिमुरका बिरुवा रोपिएको शर्माले बताए । समुद्री सतहदेखि एक हजार ७०० मिटरदेखि दुई हजार ३०० मिटरसम्मको भिरालो जमीनमा चिया तथा अलैँची खेतीको राम्रो सम्भावना देखेपछि चिया तथा अलैँचीखेती गरिएको काठेखोला गाउँपालिका–७ रेशका वडाध्यक्ष प्रेम लामिछानेले बताए ।
कृषिउपजमा आत्मनिर्भर गराउने उद्देश्य राखेको गाउँपालिकाले तल्लो भागमा सुन्तला तथा उपल्लो भेगमा चिया तथा अलैँचीखेतीको विस्तार गरिरहेको काठेखोला गाउँपालिकाले जनाएको छ । नमूना कृषि गाउँका लागि रेशमा १० वटा कृषि कार्यक्रममा लगानी गरिरहेको गण्डकी प्रदेशले जनाएको छ ।

रेशमा खोर, भकारो तथा मलखात सुधार र तालीम कार्यक्रम, डाँले घाँस तथा उन्नत जातको घाँसको विस्तार कार्यक्रम, घाँसको बिरुवा खरीद तथा रोपण कार्यक्रम, चिया, अलैँची तथा सुन्तलाका बिरुवा खरीद तथा रोपण कार्यक्रम, उन्नत जातको बीउ बोका सामूहिकपालन कार्यक्रम, एकीकृत घर बगैँचा व्यवस्थापन तथा करेसाबारी निर्माण कार्यक्रम, पानीको स्रोत, पोखरी तथा खोला संरक्षण कार्यक्रम, महिलामैत्री औजार खरीद, गड्यौलाको मल उत्पादन कार्यक्रम, होर्डिङ बोर्ड तथा प्रोफाइल व्यवस्थापन कार्यक्रम गरिरहेको कृषि प्राविधिक शर्माले बताए ।

मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँलाई रेशको साना किसान सहकारी संस्थाले समेत समन्वय गर्दै आएको सहकरीका अध्यक्ष यामबहादुर कार्कीले बताए ।
बागलुङ जिल्लामा चार वटा मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँको कार्यक्रम सञ्चालित रहेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । रेश गाउँबाहेक जैमिनी नगरपालिकाको सर्कुवा, ताराखोलाको करिमेला तथा निसीखोलाको मसल गाउँ नमूना कृषि गाउँ छनोट गरिएको छ ।

वि.सं.२०७६ असार २१ शनिवार १२:०६ मा प्रकाशित

बेनी-जोमसोम-कोरला सडकखण्डमा ८५ प्रतिशत काम सम्पन्न

बेनी-जोमसोम-कोरला सडकखण्डमा ८५ प्रतिशत काम सम्पन्न

मुस्ताङ । उत्तर-दक्षिण व्यापारिक मार्ग विस्तारित आयोजनाअन्तर्गत कालिगण्डकी करिडोरको बेनी-जोमसोम-कोरला...

बेनीघाट-आरुघाट लार्के सडक : ४२ किलोमिटर मार्ग खुल्यो

बेनीघाट-आरुघाट लार्के सडक : ४२ किलोमिटर मार्ग खुल्यो

गोरखा । जिल्लालाई चीनको तिब्बतसँग जोड्ने उद्देश्यले नेपाली सेनाले निर्माण...

जीप दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते

जीप दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते

धवलागिरि (म्याग्दी) । पश्चिम म्याग्दीको मालिका गाउँपालिकामा जीप दुर्घटना हुँदा...

पर्वतमा एक सय ३३ उद्योगको दर्ता खारेज

पर्वतमा एक सय ३३ उद्योगको दर्ता खारेज

पर्वत । मुलुकमा देखिएको आर्थिक मन्दीको प्रभाव, बढ्दो पलायनदरलगायत प्रभाव...

“गुणस्तरीय स्वास्थ्य सेवा उपलव्ध गराउन प्रदेश सरकार प्रतिबद्ध छ”

“गुणस्तरीय स्वास्थ्य सेवा उपलव्ध गराउन प्रदेश सरकार प्रतिबद्ध छ”

दमौली (तनहुँ) । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आमनागरिकलाई गुणस्तरीय...

चार उद्योगलाई खानीजन्य पदार्थ उत्खनन् तथा बिक्री वितरणमा रोक

चार उद्योगलाई खानीजन्य पदार्थ उत्खनन् तथा बिक्री वितरणमा रोक

कास्की । माछापुच्छ्रे गाउँपालिकाले पालिकाभित्र सञ्चालनमा रहेका चार क्रसर उद्योगबाट...