back
CTIZAN AD

आफ्नै कार्यकक्षमा किन थुनियो वडाअध्यक्षलाई ?

वि.सं.२०७६ असार २१ शनिवार

948 

shares

२१ असार, काभ्रेपलान्चोक । बेथानचोक गाउँपालिका–३ का वडाध्यक्ष दिलबहाुर श्रेष्ठ आफ्नो कार्यकक्षमै दुई घण्टा थुनिएका छन् । सडक स्तरोन्तिका लागि आफ्ना नजिक र नाताभित्रै व्यक्तिलाई उपभोक्ता समितिमा गोप्य ढङ्गले राखीको आरोपमा स्थानीयले श्रेष्ठलाई शुक्रबार कार्यकक्षमै थुनेका हुन् ।

स्थानीयले शुक्रबार उनकै कार्यकक्षमा उपभोक्ता समितिबारे प्रश्न गर्दा वडाध्यक्ष श्रेष्ठले जवाफ दिन नसकेपछि विरोधस्वरुप कार्यकक्षमै थुनिएको स्थानीय भवनाथ तिमल्सिनाले बताए । उनले भने, “वडाध्यक्षले छलफलविना गलत प्रक्रियाबाट आफ्ना नजिककालाई उपभोक्ता समितिका अध्यक्ष र अनुगमन समितिका अध्यक्ष तथा सडक उपभोक्ता नभएकालाई समितिका सदस्य बनाएका रहेछन्, हामीले यसबारे प्रश्न गर्दा उनले जवाफ दिन सकेनन् अनि केही समय कार्यकक्षमै थुनिदिएका हौँ ।”

सडक उपभोक्ता समिति निर्माणबारे स्थानीयले दुई दिनअघि मात्रै थाहा पाएको तिमल्सिनाले जानकारी दिए । वडाध्यक्षसँग आक्रोसित भीडले वडा कार्यालयको मूल ढोकामा तालाबन्दी गरेर हिडेपछि स्थानीय प्रहरीले दुई घण्टापछि मात्रै ताला खोलेका थिए ।

गेल्दुङ–गोल्माकोट पाँच किलोमिटर सडकमध्ये करीब चार दशमलब पाँच किलोमिटर सडकमा ग्राभेल गर्नका लागि वडाध्यक्ष श्रेष्ठले उपभोक्ता समितिका अध्यक्षमा कृष्णप्रसाद आचार्य तथा अनुगमन समितिमा आचार्यका नाताका भाईलाई अध्यक्ष बनाएका थिए । । उक्त सडकखण्डको ४०० मिटर सडकमा ३ नम्बर प्रदेश सरकारको बजेटमा ग्राभेल, डे«न वालसहित नाली निर्माण भइरहेको छ ।

गेल्दुङ–गोल्माकोट सडकखण्डका लागि कूल ५५ लाख बजेटमध्ये ४०० मिटरमा ३५ लाखबाट ग्राभेल, डे«न वालसहित नाली निर्माण तथा ‘बीलो रकम’ करीब १९ लाखमा करीब चार दशमलब पाँच किलोमिटर सडकमा ग्राभेल गर्न आफ्ना राजनीतिक सहयात्रीलाई र उनका आफन्तलाई अनुगमन समिति र उपभोक्ता नभएकालाई समितिमा राखिएको आरोपमा वडाध्यक्षलाई कार्यकक्षमै थुनेका हुन् ।

उक्त सडकबाट गाउँपालिकाका पाँच वटा वडाका बासिन्दा लाभान्वित हुनेछन् । वडाध्यक्ष श्रेष्ठले आफ्नो कमीकमजोरी भए ‘छलफल गर्न’ आग्रह गर्दा कुनै कुरा नसुनी आफूलगायत केही कर्मचारी कार्यालयभित्रै भएको अवस्थामा तालाबन्दी गरिएको बताए । “कामको सिलसिलामा कमीकमजोरी भएको हुनसक्छ, बसेर छलफल गरौँभन्दा आक्रोशित भीडले तालाबन्दी गरेर हिड्यो”, उनले भने । उनका अनुसार तालाबन्दीको दुई घण्टापछि स्थानीय प्रहरीले ताला खोलेका हुन् ।

उपभोक्ता समितिको विवादपछि चार दशमलब पाँच किलोमिटर सडकमा शुक्रबारदेखि ग्राभेलिङको काम रोकिएको छ । तिमल्सिनाले भन्नुभयो, “सडकमा प्रदेश बजेटको बीलो रकमबाट वडाध्यक्षले ग्राभेलिङ गराएका रहेछन् उनले स्थानीयलाई आगामी बर्षको पाँचलाख बजेटबाट अहिले काम गरिएको भन्ने झुट कुरा बताउँदै आएका रहेछन् ।” वडाध्यक्ष श्रेष्ठले भने उपभोक्ता समितिले सम्झौता गरेको रकममा अपुग भएमात्रै आउँदो वर्षको बजेटबाट दिने भनिएको बताए । रासस

वि.सं.२०७६ असार २१ शनिवार १३:५७ मा प्रकाशित

बैदेशिक रोजगारमा पठाउने संस्थाहरूले अनिवार्य सम्पर्क विवरण खुलाउनुपर्ने

बैदेशिक रोजगारमा पठाउने संस्थाहरूले अनिवार्य सम्पर्क विवरण खुलाउनुपर्ने

काठमाडौँ । श्रमिक पठाउन इजाजतपत्र प्राप्त संस्थाहरूले वैदेशिक रोजगारीको मागपत्रमा...

पाथीभरामातालाई भक्तजनले चढाए ५० तोला सुन

पाथीभरामातालाई भक्तजनले चढाए ५० तोला सुन

फुङ्लिङ (ताप्लेजुङ) । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरामा दर्शनार्थीले चढाएका सुन...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

यस्तो आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

यस्तो आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै

मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै

काठमाडौँ  ।  प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिनमा जन्मदाता...

ट्रकको ठक्करबाट एक जनाको मृत्यु

ट्रकको ठक्करबाट एक जनाको मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा ट्रकको ठक्करबाट...