back
CTIZAN AD

जिल्ला अस्पताल एम्बुलेन्सविहीन

वि.सं.२०७६ असार २३ सोमवार

1.1K 

shares

२३ असार, स्याङ्जा । स्याङ्जा जिल्ला अस्पताल अहिले एम्बुलेन्सविहिन छ ।

अस्पतालमा भएको एम्बुलेन्स करीब एक वर्षदेखि बिग्रिएर थन्किएको हो । सदरमुकाम नजीकै रहेको जिल्ला अस्पतालको एम्बुलेन्स बिग्रिएर काम नलाग्ने अवस्थामा पुगे पनि अहिलेसम्म सम्बन्धित निकायको ध्यान पुग्न सकेको छैन ।

बिरामीको उपचारका लागि एक ठाउँबाट अर्का ठाउँमा लैजानका लागि सहजरुपमा सेवा प्रवाह गर्ने उद्देश्यले एम्बुलेन्स व्यवस्था गरिए पनि लामो समयसम्म बिग्रिएर थन्किँदा बिरामीलाई समस्या हुने गरेको छ ।

पुतलीबजार नगरपालिका ३ का रवीन्द्र श्रेष्ठले एम्बुलेन्सको अभावमा विरामीले सास्ती भोग्नु परेको बताए । जिल्ला अस्पतालमा गएका विरामीलाई थप उपचारको लागि अन्यत्र लैजानु पर्ने अवस्था आउदा एम्बुलेन्स र अन्य सवारी साधनमा लगिएका विरामीलाई अस्पतालले हेर्ने दृष्टीकोणमा समेत फरक हुने गरेको श्रेष्ठ बताउँछन् ।

जटिल स्वास्थ्य अवस्था भएका विरामीलाई एम्बुुलेन्समा अक्सिजन लगाएर पनि लैजानु पर्ने हुन्छ तर टयाक्सीमा यो सुविधा हुदैन यसले गर्दा पनि एम्बुुलेन्सको अभावमा विरामी मर्कामा परेको श्रेष्ठ बताउँछन् ।

जिल्ला अस्पतालका प्रमुख चिकित्सक अमृत पोख्रेलले करीब एक वर्षदेखि एम्बुुलेन्स बिग्रिएर प्रयोगविहीन अवस्थामा रहेको बताए । पोख्रेलले भने , “यहाँ उपचारका लागि आउने बिरामीहरु अन्यत्र रिफर गर्नुपर्ने अवस्था आयो भने ट्याक्सी खोजेर जाने गरेका छन् ।” अस्पतालका समस्या समाधानका लागि सबैले आश्वासन मात्रै दिने गरेको र अहिलेसम्म कहीँ कतैबाट त्यस्तो सहयोग नभएको उनले बताए ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष लोकराज शर्माले एम्बुलेन्स बेलाबेलामा मर्मत गरेर जेनतेन सञ्चालनमा ल्याइए पनि पछिल्लो समय धेरै बिग्रिन थालेपछि मर्मत गर्न नसकिएको स्पष्ट गरे । शर्माले भने,“ एक पटक मर्मत गर्दा डेढ दुई लाख खर्च हुन्छ, मर्मत ग¥यो, फेरि केही दिनमा बिग्रिएर हैरान पारेपछि मर्मत गर्न छाडिएको हो, अहिले त्यसै थन्किएर बसेको छ ।” मर्मतसम्भार गरेर पार लाग्ने नदेखिएपछि गण्डकी प्रदेश सरकारसँग एम्बुुलेन्स माग गरिएको जानकारी उनले दिए ।

वि.सं.२०७६ असार २३ सोमवार १७:१२ मा प्रकाशित

उत्तरी गोरखाका मतदान केन्द्रमा मतदाता सम्पन्न

उत्तरी गोरखाका मतदान केन्द्रमा मतदाता सम्पन्न

गोरखा । उत्तरी गोरखाका अधिकांश मतदान केन्द्रमा मतदान सकिएको छ...

गण्डकी प्रदेशमा ४९ प्रतिशत मत खस्यो

गण्डकी प्रदेशमा ४९ प्रतिशत मत खस्यो

गण्डकी । आज जारी प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशमा करिब...

पर्वतको शालिग्राममा दिउँसो सम्म ८८५ मत खस्यो

पर्वतको शालिग्राममा दिउँसो सम्म ८८५ मत खस्यो

पर्वत । प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत पर्वत जिल्लाको विहादी गाउँपालिका–६...

सौन्दर्यकरणका लागि गलेश्वरको सडकमा ‘स्लेट’ ढुङ्गा बिछ्याउन सुरु

सौन्दर्यकरणका लागि गलेश्वरको सडकमा ‘स्लेट’ ढुङ्गा बिछ्याउन सुरु

म्याग्दी । बेनी नगरपालिका–९ स्थित म्याग्दीको प्रमुख धार्मिक पर्यटकीयस्थल गलेश्वरको...

सत्कारले लोभिन्छन् घरबासका पाहुना

सत्कारले लोभिन्छन् घरबासका पाहुना

गलकोट ९बागलुङ० ।सत्कारले लोभिन्छन् घरबासका पाहुना। साँझमा घरधन्दा सकेका घरबास...

कास्कीका सबै मतदान केन्द्रमा पुग्यो निर्वाचन सामग्री

कास्कीका सबै मतदान केन्द्रमा पुग्यो निर्वाचन सामग्री

कास्की । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका...