back
CTIZAN AD

क्यानडाली डालगिल्स बालयौन दुराचारी ठहर

वि.सं.२०७६ असार २४ मंगलवार

900 

shares

२४ असार, काभ्रेपलाञ्चोक । बालयौन दुराचार आरोपी ६३ वर्षीय क्यानडाली पिटर जोन डालगिल्स बालयौन दुराचारी ठहर भएका छन् । काभे्रपलाञ्चोक जिल्ला अदालतले सोमबार पिटर बालयौन दुराचारी ठहर्दै कैद तथा क्षतिपूर्ति तोकेको छ ।

जिल्ला न्यायाधीश अर्जुन अधिकारीको एकल इजलासले अन्तिम सुनुवाइ गर्दै पिटरबाट यौनपीडित दुई जना बालकलाई जनही पाँच लाख क्षतिपूर्ति र एक बालकको हकमा नौ वर्ष र अर्का बालकको हकमा सात वर्ष कैद सजाय तोकेको हो । १२ वर्षको बालकलाई यौन दुराचार गरेको कसुरमा नौ वर्ष र १४ वर्षको बालकको यौन दुराचार कसुरमा थप सात वर्ष कैद ठहर भएको अदालतका स्रेस्तेदार ठाकुरचन्द्र त्रितालले जानकारी दिए ।

यसअघि गत जेठ २७ गते काभे्र अदालतले यौन दुराचारमा अपराधको कसुरदार ठहर गरी थप पुर्पक्षका लागि धुलिखेल कारागार चलान गरिएको थियो । नयाँ संहिताअनुसार पिटरलाई एक चरणमा कसुरदार कायम गरिएको र अर्को चरणमा सजाय तोकिएको हो । त्रितालका अनुसार पिटरलाई सोमबारै धुलिखेल कारागारमा कैदीका रूपमा राखिएको छ ।

पिटर २०७४ साल चैत अन्तिम साता काभ्रेपलाञ्चोकको मण्डन देउपुर नगरपालिका–१ स्थित एक घरबाट बालयौन दुराचारीको आरोपमा पक्राउ परेका थिए । सो घरबाट उनले १२ र १४ वर्षका दुई बालक बन्धक बनाइरोखेको अवस्थाबाट प्रहरीले उद्धार गरेको थियो ।

त्यतिबेला पिटरविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले नेपाली बालकलाई ललाईफकाई तथा विभिन्न प्रलोभनमा पारी यौन दुराचार गरेको आरोपमा जिल्ला अदालत काठमाडौँमा मुद्दा चलाएको थियो । पिटरलाई प्रहरीले हिरासतमा राखी अनुसन्धानपछि काठमाडौँ र काभ्रेपलाञ्चोक जिल्ला अदालतमा बन्दी अवस्थामा कारगारमा राख्दै आएको थियो ।

सिआइबीको अनुसन्धानबाट पिटरले केही वर्षदेखि काठमाडौँमा हिमालयन कम्युनिटी फाउण्डेशन नामक संस्था सञ्चालन गरी शिक्षा र खानेपानी तथा विभिन्न बालबालिकालाई विदेश घुमाई दिने भन्दै समाजसेवीको आवरणमा साना बालकलाई यौन शोषण गर्ने गरेको खुलेको थियो । पिटर यसअघि युएन ह्याबिट्याट अफ्गानिस्तानमा देशीय प्रतिनिधिका रूपमा काम गर्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनायो । (रासस)

वि.सं.२०७६ असार २४ मंगलवार ०९:२४ मा प्रकाशित

यी हुन् राप्रपाले सांसदमा सिफारिस गरेका व्यक्ति

यी हुन् राप्रपाले सांसदमा सिफारिस गरेका व्यक्ति

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत...

धुलिखेल-खावा खण्डमा आवागमन रोकेर स्तरोन्नति गरिँदै

धुलिखेल-खावा खण्डमा आवागमन रोकेर स्तरोन्नति गरिँदै

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडकखण्डमा सवारीसाधानलाई रोक लगाई...

अध्यक्ष दाहालद्वारा समवेदना व्यक्त

अध्यक्ष दाहालद्वारा समवेदना व्यक्त

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपाल कम्युनिष्ट पार्टी (एमाले)का...

भद्रपुरबाट दुई अर्ब ७० करोड बढी राजस्व सङ्कलन

भद्रपुरबाट दुई अर्ब ७० करोड बढी राजस्व सङ्कलन

भद्रपुर (झापा) । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्षको...

राष्ट्रिय सुरक्षा तालिम सुरु

राष्ट्रिय सुरक्षा तालिम सुरु

काठमाडौँ । रक्षा मन्त्रालय र नेपाली सेनाको सहकार्यमा शिवपुरीस्थित सैनिक...

लागुऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

काठमाडौँ । देशका विभिन्न क्षेत्रबाट लागुऔषधसहित १४ जना पक्राउ परेका...