back
CTIZAN AD

राखेप सदस्य सचिवमा सिलवाल

वि.सं.२०७६ असार २४ मंगलवार

864 

shares

२४ असार, काठमाडौँ । राष्ट्रिय खेलकूद परिषद (राखेप)को सदस्य सचिवमा रमेश सिलवाल नियुक्त भएका छन् । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले सिलवाललाई चार वर्षका लागि सदस्य सचिवमा नियुक्त गरेका हुन् ।

निवर्तमान सदस्य सचिव केशवकुमार विष्टको असार ९ गते कार्यकाल समाप्त भएपछि सिलवाल नयाँ सदस्य सचिवमा नियुक्त भएका हुन् । मन्त्रिस्तरीय निर्णयपछि खेलकूदमन्त्री विश्वकर्माबाट सिंहदरबारस्थित युवा तथा खेलकूद मन्त्रालयमा सिलवालले सदस्य सचिवको शपथ लिएका हुन् । प्रधानमन्त्री संरक्षक रहने राखेपमा युवा तथा खेलकूदमन्त्री अध्यक्ष रहने प्रावधान छ ।

सदस्य सचिवमा नियुक्त सिलवाल यसअघि निवर्तमान सदस्य सचिव विष्टद्वारा गठित नेपाल क्रिकेट सङ्घ (क्यान)को अध्यक्ष थिए । सिलवाल हिसान र गोल्डेन गेट कलेजको अध्यक्ष तथा मदन भण्डारी स्पोर्टस् एकेडेमीको संस्थापक अध्यक्षसमेत हुन् । राखेपको १८औँ सदस्य सचिवका रूपमा नियुक्त भएका सिलवालले शपथ ग्रहणका साथै सोमबारै त्रिपुरेश्वरस्थित राखेपको कार्यालय पुगेर पद बाहलीसमेत गरे । उनले सबैलाई साथमा लिएर काम गर्ने र कोही कसैसँग आग्रह पूर्वाग्रह राखेर काम नगर्ने बताए ।

सदस्य सचिव सिलवालले आसन्न १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)को आयोजनाका लागि हरेक दिन तालिका बनाएर काम अघि बढाउने प्रतिबद्धतासमेत व्यक्त गरे । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई विश्वास गरेर राखेपको जिम्मेवारी दिएकाले सफल नतिजा निकाल्न प्रयासरत रहने बताए । (रासस)

वि.सं.२०७६ असार २४ मंगलवार ०९:४० मा प्रकाशित

विश्वकप फुटबल प्रतियोगिता : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

विश्वकप फुटबल प्रतियोगिता : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

काठमाडौँ । जर्मनीलाई हराउँदै इक्वेडर फिफा विश्वकप फुटबल प्रतियोगिताको नकआउट...

विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

काठमाडौँ । ब्राजिलले स्कटल्याण्ड र मोरक्काले हाइटीलाई पराजित गर्दै फिफा...

क्यानडालाइ हराउँदै स्विट्जरल्यान्ड ‘नकआउट’ चरणमा प्रवेश

क्यानडालाइ हराउँदै स्विट्जरल्यान्ड ‘नकआउट’ चरणमा प्रवेश

काठमाडौँ । स्विट्जरल्यान्डले क्यानडालाई पराजित गर्दै फिफा विश्वकप–२०२६ को ‘नकआउट’...

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा पोर्चुगल विजयी...

विश्वकप फुटवल : इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा

विश्वकप फुटवल : इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा इङ्ल्याण्ड र...

विश्वकप फुटवल : अर्जेन्टिनाद्धारा अष्ट्रिया  पराजित

विश्वकप फुटवल : अर्जेन्टिनाद्धारा अष्ट्रिया पराजित

काठमाडौँ । कप्तान लियोनल मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना जारी...