back
CTIZAN AD

सगरमाथाको उचाइका लागि तथ्याङ्क सङ्कलन हुँदै

वि.सं.२०७६ असार २४ मंगलवार

870 

shares

२४ असार, काठमाडौँ । सरकारले पहिलोपटक सगरमाथाको उचाइमापनका लागि शुरु गरेको स्थलगत कार्य करीब ९० प्रतिशत सम्पन्न भएको छ । नापी विभागले सगरमाथा तथा त्यस आसपास क्षेत्रका विभिन्न स्थानमा कार्यस्थल बनाएर आवश्यक यन्त्र तथा प्रविधिको उपयोग गरिएको थियो ।

सरकारले पहिलोपटक आफ्नै साधन, स्रोत तथा खर्चको व्यवस्थापन गरी सगरमाथाको वास्तविक उचाइ पत्ता लगाउन प्राविधिक टोलीलाई जिम्मेवारी दिएको थियो । उचाइ मापनका लागि खटिएको टोलीले गत जेठ ८ गते सगरमाथाको चुचुरोमा पुगेको थियो ।

नेपाल–भारतको सीमा भएको सिरहास्थित मदार भन्ने स्थानबाट करीब एक वर्ष अगाडि मापनका लागि प्रारम्भिक सर्वेक्षण तथा अन्य आवश्यक काम गरिएको थियो । मदारदेखि सोलुखुम्बुको पातलेसम्म ४८ वटा बिन्दुको गुरुत्वाकर्षणसम्बन्धी तथ्याङ्क (ग्राभिटी डाटा) सङ्कलन गरिएको विभागले जनाएको छ ।

विसं २०७२ को भूकम्पपछि सगरमाथाको उचाइमा फेरबदल भएको समाचार अन्तर्राष्ट्रिय तहबाट बाहिरिएपछि सरकारले उचाइमापन कार्य अगाडि बढाएको हो । सगरमाथाको उचाइ परम्परागत, आधुनिक र स्थलगत भू–आकर्षण सर्वेक्षण विधि अवलम्बन गरिएको छ । मापनका क्रममा अत्याधुनिक प्रविधि ‘स्नो राडार इक्विपमेन्ट’ प्रयोग गरी स्वदेशी स्रोत र साधनको समेत उपयोग गरिएको छ ।

विभागले भारत, चीन, जापान, संयुक्त राज्य अमेरिकालगायत नौ देशका विशेषज्ञसँग छलफल गरी मापनका लागि आवश्यक सुझाव लिएको थियो । गत मङ्सिरमा उचाइ मापनका लागि कार्यविधि बनाएर कार्य प्रारम्भ गरेकामा विभागले अहिले केही तथ्याङ्क सङ्कलन भइसकेको र अन्य स्थलगत सर्भेक्षणबाट पनि थप तथ्याङ्क प्राप्त भएपछि त्यसलाई प्रशोधन गरिने टोलीका संयोजक सुशील डङ्गोलले जानकारी दिए । मनसुनका कारणले अन्य स्थलगत सर्भेक्षणका कागजात प्राप्त गर्न केही समय कुर्नुपर्ने भएको छ ।

विभागले यसकार्य सम्पन्न गर्नका लागि करीब रु २५ करोडको खर्च लाग्ने अनुमान गरेको छ । आरोहणको महत्वपूर्ण कार्य सकिए पनि तथ्याङ्क सङ्कलन, गणना, नतिजा प्रकाशनलगायतका कार्य गर्नका लागि स्थलगत कार्यबाट सङ्कलन गरिने प्रतिवेदन महत्वपूर्ण हुन्छ । यसअघि छिमेकी भारत, चीन, इटालीलगायत देशले पटक÷पटक सगरमाथाकोमापन गरेको भए पनि परिणाममा एकरुपता आउन सकेको छैन् ।

पछिल्लो पटक सन् १९५४ मा भारत सरकारले सगरमाथाको उचाइमापन गरी आठ हजार ८४८ मिटर पत्ता लगाइएकामा त्यसलाई नै अहिलेसम्म कायम गरिएको छ । चीनले सन् २००५ मा गरेको मापनमा सगरमाथाको चट्टान सतहको उचाइ करीब आठ हजार ८४४ मिटर तथा अमेरिकाको नेशनल जियोग्राफीले करीब दुई दशक अगाडि गरेको अध्ययनले आठ हजार ८५० मिटर कायम गरेको विभागले जनाएको छ । सोही वर्ष इटालीले गरेको अध्ययनले सगरमाथाको उचाइ आठ हजार ८४७ मिटर कायम गरेको थियो ।

यस पटकको मापनमा कायम गरिने उचाइ नै अव आधिकारिक हुनेहुँदा यसलाई महत्वका साथ हेरिएको छ । राष्ट्रिय गौरवको महत्व बनेको सगरमाथामापन कार्य सम्पन्न भएपछि विभागले अनुसन्धान गरी पत्ता लगाएको परिणाम सरकारलाई बुझाउने छ । उक्त परिणामलाई अब अन्तिम मानिने भएको हुँदा सरकारले त्यसलाई प्रक्रियागत रूपमा घोषणा गर्नेछ । सगरमाथा पहिलोपटक नेपालीले नै मापन गर्ने ऐतिहासिक कार्यलाई अवसर र गौरवको रूपमा लिइएको छ । (रासस)

वि.सं.२०७६ असार २४ मंगलवार ०९:४२ मा प्रकाशित

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पछिल्लो समय मानसिक समस्या मौन महामारीका...

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

भरतपुर । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को...

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको पहिलो चरणको...

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो...

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुर । जिल्लामा पंक्षीमा लाग्ने ‘बर्डफ्लू’ पुष्टि भएको छ चाँगुनारायण...