back
CTIZAN AD

सेन्चुरी बैंकमा १७० कर्मचारीको माग, दिने होइन त दरखास्त ?

वि.सं.२०७६ असार २४ मंगलवार

1K 

shares

२४ असार, काठमाण्डौं । नेपालको क वर्गको प्रख्यात बैंक सेञ्चुरी कर्मशियल बैंकले एकैपटक १७० कर्मचारी माग गरेको छ । सो मध्ये २५ वर्ष ननाघेका १३० जना कर्मचारीको माग गरिएको छ ।

बैंकका अनुसार धनगढी क्षेत्रका लागि भनिएको १ उपप्रबन्धक पदमा ४० वर्ष ननाघेको, व्यवस्थापनमा स्नाकोत्तर गरेको तथा ७ वर्ष बैंक क्षेत्रमा अनुभव लिएको उम्मेदवारले दरखास्त दिन सक्नेछन् भने सुर्खेत क्षेत्रका लागि सहायक प्रबन्धक मागिएको छ ।

यसैगरी सूचना प्रविधितर्फ ३५ वर्ष ननाघेको तथा व्यवस्थापनमा स्नाकोत्तर सहित अतिरिक्त सूचना प्रविधिको ज्ञान भएका र बैंक क्षेत्रमा अनुभव भएकाले दरखास्त दिन सक्नेछन् । यसैगरी प्रधान कार्यालयको लागि सहायक अधिकृत पद १ का लागि व्यवस्थाप सूचना प्रणाली -(MIS)   डेभलपतर्फ ३० वर्ष ननाघेकाले मात्र दरखास्त दिन पाउने भनिएको छ । बैंकका अनुसार सुपरभाइजर पद १, वरिष्ठ सहायक (सफ्टवेयर) पद १, वरिष्ठ सहायक ( सूचना प्रणाली) पद १ मा दरखास्त आव्हान गरिएको छ ।

यसैगरी एमबिए गरेका फ्रेशले स्थान पाउने गरी ३० जनालाई म्यानेजमेन्ट ट्रेनी भनेर खुलाईएको छ भने सूचना प्रविधितर्फको कनिष्ठ सहायकमा ५ जना मागिएको छ ।

उपत्यका बाहिरका शाखालाई कम्तिमा दोस्रो श्रेणाीमा प्रमाणपत्र तह उत्र्तिण गरेको र भित्रकबा शाखालाई ५५ प्रतिशत अंक ल्याएका लाई दरखास्त दिन पाउने गरी १२५ जना ट्रेृनी असिस्टेन मागिएको छ ।

ट्रेनि असिस्टेन र जुनिर असिस्टेनका लागि २५ वर्ष ननाघेका हुनुपर्ने उल्लेख गरिएको छ । बैंकका अनुसार नेपाली र अंग्रेजीमा राम्रो ज्ञान भएका, जनसम्पर्कमा रुचि भएका व्यक्ति ग्राहयतामा पर्नेछन् ।

www.cmsjob.com मा गएर  Apply  मा क्लिक गरेर आ–आफ्नो योग्यता र क्षमता हेरी २०७५ श्रावण १ गतेसम्म आवेदन बुझाउन सकिनेछ ।

यसैगरी कामनपा १४ कुलेश्वरमा कार्यालय रहेको एरिया बचत तथा ऋण सहकारीले व्यवस्थापक, कर्जा अधिकृत, लेखापाल, रिसेप्सनिष्ट र बजार प्रतिनिधि र सुरक्षा गार्ड समेत गरी करिब ३० जना कर्मचारी माग गरेको छ । areasavingandcreadit@gmail.com मा इमेल गरेर वा फोन नं ४२८३३४० मा सम्पर्क गरेर दरखास्त बुझाउन सकिनेछ ।

यसैगरी कालिमाटिको सप्तदीप सहकारीले यिनै प्रकृतिका २५ कर्मचारीको माग गरेको छ । ४२७००८४ मा सम्पर्क गरी saptadeepmc84@gmail.com मा आवेदन दिन सक्ने बताइएको छ ।

वि.सं.२०७६ असार २४ मंगलवार १४:०६ मा प्रकाशित

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...