२४ असार । मलेसियामा सम्पन्न एसियाली क्रिकेट काउन्सिल (एसीसी) यू – १९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको फाइनल खेलमा हङकङलाई पराजित गर्दै नेपाल एसिया कपका लागि छनोटमा परेको छ ।
मंगलबार भएको फाइनल खेलमा हङकङलाई ६ विकेटले पराजित गर्दै नेपालले आगामी अगस्ट २८ देखि सेप्टेम्बर ८ तारीखसम्म श्रीलंकामा हुन गईरहेको एसिया कपको लागि छ्नोटमा परेको हो । ९६ रनको रनको लक्ष्य पाएको नेपालले १६ ओभर १ बलमा ४ विकेट गुमाएर आफ्नो जित पक्का गरेको थियो ।
नेपाललाई जितका लागि पवन सर्राफले सर्वाधिक ३९ रन बनाए। ३६ बलको सामना गरेका उनले ५ चौका र १ छ्क्काको सहयोगमा उक्त रन बनाएका थिए । रित गौतमले १३ रन, खडक बहादुर बोहराले ८ रन, कप्तान रोहित कुमार पौडेलले पनि १२ रनको योगदान गरे भने भिम सार्कीले अबिजित रहेर ८ रनको योगदान गरेपछी नेपालले हङकङ माथी जित हासील गर्न सफल भएको हो ।
हङकङलाई सस्तोमा समेट्न नेपालका सागर ढकाल एक्लैले पाँच विकेट लिए । सागर ढकालले सर्बाधिक ५ विकेट हात पारे । कमल सिँह एरिले ३ तथा तिलक राज भन्डारी र कुशल मल्लले समान १र१ विकेट हात पारे ।
त्यसअघि मलेसिया स्थित किनरारा ओभल क्रिकेट मैदानमा भएको फाइनल खेलमा नेपालले टस जितेर पहिले हङकङलाई पहिले ब्याटिङको निम्तो दिएको थियो । जसअनुसार हङकङले ४३.१ ओभरमा आफ्नो सबै विकेट गुमाएर ९५ रन बनाएको थियो ।
नेपालले एसिसी यू– १९ इस्टर्न रिजन क्रिकेटको उपाधि जितेको यो लगातार दोस्रोपटक हो भने एसिसी यू– १९ एसिया कपका लागि लगातार छनोटमा परेको यो चौथोपटक भएको हो।
कुल ७ टिमको सहभागिता रहेको यस प्रतियोगिताको विजेताले आगामी एसिया कपको लागि छ्नोट हुने प्राबधान अनुसार नेपाल छ्नोट हुन सफल भएको हो । प्रतियोगितामा एसियाका पाँच टेस्ट राष्ट्रसहित ८ टोलीले प्रतिस्पर्धा गर्नेछन्।
वि.सं.२०७६ असार २४ मंगलवार १४:०८ मा प्रकाशित




























