Logo
९ चैत्र २०७९, बिहीबार
     Thu Mar 23 2023
E-paper
  English Edition
   Unicode
Logo

पपुवा न्यूगिनीमा आदिवासी समुदायका २४ जनाको मृत्यु



२५ असार, पोर्ट मर्सबी, । पपुवा न्यूगिनीमा आदिवासी समुदायबीच परस्पर भड्किएको हिंसाका कारण २४ जनाको मृत्यु भएको छ ।

मृत्यु भएकाहरुमा दुई जना गर्भवती समेत रहेको प्रहरीले जनाएको छ । हिंसामा ठूलो संख्यामा आदिवासी समुदायका मानिसहरुको हत्या भएपछि प्रधानमन्त्री जेम्स मारापेले दोषीमाथि कडा कानुनी कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । पपुवा न्यूगिनीको पश्चिमी क्षेत्रमा रहेको हेला प्रान्तमा आदिवासी समुदायहरुबीच सदियौंदेखि हिंसात्मक झडप भइरहेका छन् ।

हेला प्रान्तमा विगत तीन दिनदेखि आदिवासी समुदायबीच हिंसात्मक झडप भइरहेको प्रहरीले जनाएको छ । हेला प्रान्तीय प्रशासक विलियम बान्डोले २४ जनाको मृत्यु भएको पुष्टी भइसकेको र घटनामा अरु व्यक्तिको पनि मृत्यु भएको हुनसक्ने बताए ।

घटनास्थल पुगेका प्रहरी र अरु सुरक्षा अधिकारीले पछिल्लो स्थितिको जानकारी गराउन बाँकी रहेकाले यसपटकको हिंसात्मक झडपमा मृत्यु हुनेको संख्या अरु बढ्न सक्ने बान्डोले बताए । हालैमात्र नियुक्त भएका प्रधानमन्त्री जेम्स मारापेले थप सुरक्षाकर्मी परिचालन गर्ने जानकारी दिँदै घटनाका दोषीमाथि कडा कानुनी कारबाही गरिने प्रतिबद्धता व्यक्त गरे ।

उनले भने – मेरो जीवनमै आज यो सबैभन्दा दुःखद दिन हो । मेरै निर्वाचन क्षेत्रका मुनिमा र कारिडामा धेरै बालबालिका र गर्भवतीको हत्या भएको छ । कारिडा गाउँमा मात्र आक्रमणकारीले छ महिला, आठ बालबालिका र दुई जना गर्भवतीको हत्या गरेका प्रहरीले जनाएको छ ।

प्रधानमन्त्री मारापेले भनेका छन् , बन्दुकको आडमा हिंसा फैल्याउनेहरु तिम्रा दिन अब सकिए । निर्दोष व्यक्तिको हत्या गर्ने अपराधीहरुलाई के गर्नु पर्दछ भन्ने मलाई राम्रैसँग थाहा छ ।

उनले हिंसामा संलग्नमाथि मृत्युदण्डको व्यवस्था कानुनमा रहेको पनि बताए। उक्त घटना हुनुको कारण भने अझै खुल्न सकेको छैन, तर बलात्कार वा चोरी वा सीमा विवादसम्बन्धी विगतको दुश्मनीकै कारण यस्तो घटना भएको हुनसक्ने अनुमान गरिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । काठमाडौं महानगरपालिकाले १० वर्षका लागि काठमाडौं प्लाजा भाडामा लिएको छ । बुधबार

काठमाडौं । लामो समयदेखि अमेरिकामा समाजसेवामा सक्रिय रहेका कृष्ण लामिछाने मृत भेटिएका छन् ।

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लोकसेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट कोशी

काठमाडौं । निरन्तर बढ्दै आएको सुनको भाउ आजको बजारमा भने प्रतितोला ७ सय रुपैयाँले