back

पैसामा किनिएको सांसद पदले नेकपामा पहिरो,जेल जादै फौजिया

वि.सं.२०७६ असार २५ बुधवार

789 

shares

२५, असार काठमाडौँ । फौजिया नसिम, यो नाम अहिले ५ नम्बर प्रदेशमा खुब चर्चाको विषय बनेको छ ।

प्रदेश संसदको तथ्याङ्कमा फौजिया नसिम नाम रहे पनि उनको नाम लैलुननुसीया मुसलमान पनि हो । सामान्य त एउटै व्यक्तिका बोलाउने र आधिकारिक गरेर दुई नाम हुनुलाई खासै अन्यथा मानिदैन ।

तर फौजियाका दुबै नाम आधिकारिक भएसँगै अहिले ५ नम्बर प्रदेश संसद देखि संघिय संसद सम्म उनको चर्चा चलेको छ । यसो हुनुको खास कारण उनले दुईवटा छुट्टाछुट्टै नाम, वतनका नागरिकता लिनु हो ।

फौजियाले २०४६ सालमा पहिलो पटक लैलुनुनसीया मुसलमानको नाममा नागरिकता लिएकी थिइन् । त्यसको २५ वर्षपछि उनै लैलननुसीयाले फौजिया नसिमका रुपमा अवतार लिन आइपुगिन् र बन्यो नयाँ नागरिकता ।

के हुन् फौजिया ?

नसिम फौजिया ८ जनाको हत्या आरोप लागेका नसीम खानकी श्रीमती हुन् । फौजीयाले नसीमसँग दोस्रो बिहे गरेकी हुन् । हाल उनी नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट प्रदेश ५ को समानुपातिक सांसद छुन् । उनको पहिलो नागरिकता अनुसार नसीम २०२२ सालमा जन्मिएकी हुन्  र उनको ठेगाना बुद्धभूमी नगरपालिका १० पकरेहटा हो । उक्त नागरिकता अनुसार उनको जन्म नेपालमै भएको हो । उक्त नागरिकताका आधारमा उनको नाम लैलुननिसा मुसलमान हो । तर त्यतिले मात्रै उनको परिचय टुङ्गिदैन । २०७१ सालमा बनाइएको नागरिकता अनुसार उनी फौजीया नसीम हुन् । र प्रदेश सांसद समेत हुन् ।

के भन्छन् नेकपा नेताहरु ?

सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी भित्र सुरु देखिनै फौजियालाई संसदबाट फिर्ता बोलाउनु पर्ने आवाज उठिरहेको थियो । प्रदेश सांसद जस्तो गरिमााय पदमा बसेका मान्छेहरुकै दुई दुईवटा नागरिकता रहनु गैरकानुनी रहेको भन्दै धेरै नेता तथा सांसदहरुले विभिन्न समयमा पार्टीको ध्यानाकर्षण गराएपनि नसीम प्रकरण गुपचूप पार्न खोजिएको प्रदेश संसदको सामाजिक विकास समितिका सभापति दिर्घनारायण पाण्डेले बताएका छन्  ।

कपिलवस्तुबाटै प्रत्यक्ष निर्वाचित सांसद पान्डेले यस्ता ब्यक्ती सांसद र पार्टीमा रहनु निन्दनीय भएकाले छिट्टै बर्खास्त गर्नु पर्ने बताए । प्रदेश संसदकै अर्का एक समितिका सभापति रहेका नेताले पनि नाम नलेखिदिन आग्रह गर्दै नेताहरुले पैसा खाएर यस्ता व्यक्तिलाई सांसद बनाएको आरोप लगाए ।

कसले कति खाए अनुसन्धान होला तर फौजियालाई सांसद बनाउन कपिलवस्तुको जिल्ला नेतृत्व र पार्टीका उपल्लो तहका नेताहरुले पैसा खाएको उनको आरोप छ ।

कानुनी प्रावधान
फौजिया नसीमको दुई नागरिकता हुनु नेपाल नागरिकता ऐन २०६३ को प्रावधान अनुसार दण्डनीय अपराध हो ।

नाम र जन्मस्थान समेत ढाटेर दोहोरो नागरिकता लिएकी नसीमको मुद्धामा नेपाल नागरिकता ऐन २०६३ को दफा १३ आकर्षित हुने अधिवक्ता टिका बहादुर कुवर बताउँछन् ।  उक्त दफाअनुसार कुनै पनि नेपालीले विवरण ढाटी दोहोरो नागरिकता लिन नहुने व्यवस्था रहेको छ ।

उक्त कसुरमा दफा २१ को उपदफा ३ अनुसार १ देखि ५ वर्ष सम्म जेल र २० हजार देखि १ लाख सम्म जरिवाना वा दुवै हुने व्यवस्था रहेको अधिवक्ता कुवँरले जानकारी दिएका छन् ।

यसैसाता बर्खास्त हुने ।

असार २९ गते बाट प्रदेश संसद चल्दै छ । नसीम प्रकरणमा नेपाली काङ्ग्रेस आक्रामक रुपमा प्रस्तुत हुने पक्का छ । नेपाली काङ्ग्रेसका प्रदेश सांसदले नसीम जस्ता गैरकानुनी व्यक्ति संसदमा रहेसम्म आफूहरु संसदमा रहन नसक्ने जनाएका छन् । मुख्यमन्त्री पोखरेलसम्म पुगेको यो प्रकरणमा मुख्यमन्त्री कठोर बन्ने निकट श्रोतहरुले बताएका छन् । श्रोतका अनुसार मुख्यमन्त्री पोखरेलले नसीमलाइ यसै साता फिर्ता बोलाउने तयारी गरिरहेका छन्

वि.सं.२०७६ असार २५ बुधवार १४:२२ मा प्रकाशित

Himalayan Life AD
अर्थ-राष्ट्रिय समृद्धिको इन्जिन

अर्थ-राष्ट्रिय समृद्धिको इन्जिन

अर्थतन्त्र कुनै राष्ट्रको आय–व्ययको कागजी हिसाब मात्र होइन; यो राष्ट्रको...

हातेमालोको इतिहास नबिर्सन पालिकालाई आग्रह

हातेमालोको इतिहास नबिर्सन पालिकालाई आग्रह

२५ बर्ष अगाडी पर्वतमा सम्पन्न हातेमालोको इतिहास नबिर्सन सरोकारवालाहरुले आग्रह...

माघी पर्वले राष्ट्रिय एकतामा योगदान पुग्छः राष्ट्रियसभा अध्यक्ष

माघी पर्वले राष्ट्रिय एकतामा योगदान पुग्छः राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले माघी पर्वले राष्ट्रिय एकता,...

माघे सङ्क्रान्ति जस्ता पर्वले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्छः राष्ट्रपति

माघे सङ्क्रान्ति जस्ता पर्वले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्छः राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले माघे सङ्क्रान्ति जस्ता पर्वले सम्पूर्ण...

आज बिहीबार : तपाईंको राशिफल कस्तो छ ?

आज बिहीबार : तपाईंको राशिफल कस्तो छ ?

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...