Logo
९ चैत्र २०७९, बिहीबार
     Thu Mar 23 2023
E-paper
  English Edition
   Unicode
Logo

नेजस पोर्चुगल अलेन्तेजो क्षेत्रीय समितिको अध्यक्षमा प्रकाश पौडेल



नेपाली जनसम्पर्क समिति (नेजस) पोर्चुगल अलेन्तेजो क्षेत्रीय समितिको प्रथम ऐतिहासिक अधिवेशन सम्पन्न भएको छ । जुलाई ३० मा प्रदेश नं ३ का नेपाली कांग्रेसका सांसद एवम् नेतृ बिजुला वर्मा र निबर्तमान अध्यक्ष नैनसिंह महर को आतिथ्यतामा सम्पन्न उक्त अधिवेशनको अध्यक्षता अलेन्तेजोका कार्यवाहक अध्यक्ष एवम् सचिव प्रकाश पौडेलले गरेका थिए ।

अधिवशेनले प्रकाश पौडेलको अध्यक्षतामा आगामी २ वर्षका लागि २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । सो समितिको उपाध्यक्षमा सुरेन्द्र अधिकारी, ऋषिराम रिजाल र जगन्नाथ पाण्डे, महिला उपाध्यक्षमा सानुमाया थापा, महासचिवमा शंखर गजुरेल, सचिवमा प्रदिप ज्ञवाली, सहसचिवमा एडसान्त खतिवडा र कोषाध्यक्षमा भगिरथी शर्मा सर्वसम्मत चयन गरिएका हुन् ।

त्यसैगरी सदस्यमा सुरेश बराल, रवि आचार्य, शोभा खड्का, गीता बानिया, सञ्जय योगी, रणविक्रम मल्ल, कुमार पुलामी, विरबहादुर पुलामी, नारायण प्रसाद सापकोटा, सृदिप पाइजा, कृष्ण बाराकोटी र विकास सुवेदी चयन भएका छन् ।

संयोजक वकिल केसी, काशीराम बम सन्याशी र दिनेश रिजाल सदस्य रहेको निर्वाचन समिति २०१९ मतदाता अन्तिम नामावली प्रकाशन गरेको थियो । सो समितिले नयाँ कार्यसमिति सर्वसम्मत गरेको थियो ।

नेजस पोर्तुगलका केन्द्रीय सभापति बिनोद घिमिरे, जनसम्पर्क समिति अल्ग्राफको उपाध्यक्ष बिनोद मरासीनी लगायतको आतिथ्यता रहेको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । काठमाडौं महानगरपालिकाले १० वर्षका लागि काठमाडौं प्लाजा भाडामा लिएको छ । बुधबार

काठमाडौं । लामो समयदेखि अमेरिकामा समाजसेवामा सक्रिय रहेका कृष्ण लामिछाने मृत भेटिएका छन् ।

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लोकसेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट कोशी

काठमाडौं । निरन्तर बढ्दै आएको सुनको भाउ आजको बजारमा भने प्रतितोला ७ सय रुपैयाँले