back
CTIZAN AD

नेजस पोर्चुगल अलेन्तेजो क्षेत्रीय समितिको अध्यक्षमा प्रकाश पौडेल

वि.सं.२०७६ असार २५ बुधवार

912 

shares

नेपाली जनसम्पर्क समिति (नेजस) पोर्चुगल अलेन्तेजो क्षेत्रीय समितिको प्रथम ऐतिहासिक अधिवेशन सम्पन्न भएको छ । जुलाई ३० मा प्रदेश नं ३ का नेपाली कांग्रेसका सांसद एवम् नेतृ बिजुला वर्मा र निबर्तमान अध्यक्ष नैनसिंह महर को आतिथ्यतामा सम्पन्न उक्त अधिवेशनको अध्यक्षता अलेन्तेजोका कार्यवाहक अध्यक्ष एवम् सचिव प्रकाश पौडेलले गरेका थिए ।

अधिवशेनले प्रकाश पौडेलको अध्यक्षतामा आगामी २ वर्षका लागि २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । सो समितिको उपाध्यक्षमा सुरेन्द्र अधिकारी, ऋषिराम रिजाल र जगन्नाथ पाण्डे, महिला उपाध्यक्षमा सानुमाया थापा, महासचिवमा शंखर गजुरेल, सचिवमा प्रदिप ज्ञवाली, सहसचिवमा एडसान्त खतिवडा र कोषाध्यक्षमा भगिरथी शर्मा सर्वसम्मत चयन गरिएका हुन् ।

त्यसैगरी सदस्यमा सुरेश बराल, रवि आचार्य, शोभा खड्का, गीता बानिया, सञ्जय योगी, रणविक्रम मल्ल, कुमार पुलामी, विरबहादुर पुलामी, नारायण प्रसाद सापकोटा, सृदिप पाइजा, कृष्ण बाराकोटी र विकास सुवेदी चयन भएका छन् ।

संयोजक वकिल केसी, काशीराम बम सन्याशी र दिनेश रिजाल सदस्य रहेको निर्वाचन समिति २०१९ मतदाता अन्तिम नामावली प्रकाशन गरेको थियो । सो समितिले नयाँ कार्यसमिति सर्वसम्मत गरेको थियो ।

नेजस पोर्तुगलका केन्द्रीय सभापति बिनोद घिमिरे, जनसम्पर्क समिति अल्ग्राफको उपाध्यक्ष बिनोद मरासीनी लगायतको आतिथ्यता रहेको थियो ।

वि.सं.२०७६ असार २५ बुधवार १३:३२ मा प्रकाशित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...