back
CTIZAN AD

ज्येष्ठ नागरिकलाई सम्मान

वि.सं.२०७६ असार २५ बुधवार

1.4K 

shares

२५ असार, तनहुँ । भानु नगरपालिका–५ कार्यालयले आफ्नो क्षेत्रका ६९ ज्येष्ठ नागरिकलाई घरमै पुगेर सम्मान गरेको छ ।

वडाले ८० वर्षमाथि उमेर समूहका वृद्धवृद्धालाई ‘ज्येष्ठ नागरिक सम्मान कार्यक्रम’ अन्तर्गत झुल, थर्मस, ग्लुकोज र फ्रुटीलगायत सामग्री प्रदान गरेको वडाध्यक्ष प्रकाश मल्लले जानकारी दिए ।

शारीरिक रुपमा अशक्त वृद्धवृद्धालाई घरघरमा सामग्री वितरण गर्दा उनीहरुमा खुशीको सीमा नै थिएन भन्दै उनले वडाबाट गएका जनप्रतिनिधि तथा कर्मचारीलाई उनीहरुले मनले आँटेको काम पूरा होस् भन्दै आशीर्वाद दिएका थिए ।

उक्त वडा निवासी सबैभन्दा बढी उमेरकी ११४ वर्षीया गोपीमाया पोख्रेललाई हिँडडुल गर्न गाह्रो भए पनि स्वास्थ्य राम्रो रहेको भेटिएको वडाध्यक्ष मल्लले बताए ।

ज्येष्ठ नागरिकलाई प्रदान गरिने सामाजिक सुरक्षा भत्तासमेत सहजरुपमा वितरण गर्दै आएको वडा कार्यालयले जनाएको छ ।

वि.सं.२०७६ असार २५ बुधवार १४:४९ मा प्रकाशित

श्रीमानले जङ्गली जनावरका लागि राखेको विद्युतीय पासोमा परेर श्रीमतीको मृत्यु

श्रीमानले जङ्गली जनावरका लागि राखेको विद्युतीय पासोमा परेर श्रीमतीको मृत्यु

गुल्मी । यहाँको धुर्कोट गाउँपालिका–५ मन्टारीमा जङ्गली जनावर धपाउनका लागि...

तनहुँको सामुदायिक वनमा रुद्राक्षको बिरुवा रोपन

तनहुँको सामुदायिक वनमा रुद्राक्षको बिरुवा रोपन

डुम्रे (तनहुँ) । यहाँको शुक्लागण्डकी नगरपालिका–१० स्थित मालागिरि सामुदायिक वनलाई...

बागलुङ नगरपालिकाले बनायो कुकुरका लागि ‘होस्टेल’

बागलुङ नगरपालिकाले बनायो कुकुरका लागि ‘होस्टेल’

गलकोट (बागलुङ) । बागलुङ नगरपालिकाले सामुदायिक तथा समस्याग्रस्त कुकुरलाई आवासीय...

पर्यटकीय बसाइ लम्बाउन घोडेपानी–पुनहिलमा पूर्वाधार विस्तार

पर्यटकीय बसाइ लम्बाउन घोडेपानी–पुनहिलमा पूर्वाधार विस्तार

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रमुख पर्यटकीयस्थल घोडेपानी–पुनहिलमा...

जमिन भासिएर बनेको भकासे, आरोग्य पर्यटनका लागि आकर्षक

जमिन भासिएर बनेको भकासे, आरोग्य पर्यटनका लागि आकर्षक

म्याग्दी । पहाडको उच्च स्थानमा समथर टापु । चारैतिरको भिरालो...

‘बजेट कार्यान्वयनमा स्रोतको कमी हुँदैन’

‘बजेट कार्यान्वयनमा स्रोतको कमी हुँदैन’

गण्डकी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आगामी आर्थिक...