back
CTIZAN AD

काठमाडौँमा ‘माक्र्सवाद र एशियाली/पूर्वीय दर्शन’ अन्तर्राष्ट्रिय सम्मेलन हुने

वि.सं.२०७६ असार २५ बुधवार

1.1K 

shares

२५ असार । नेपाल संस्कृत विश्वविद्यालय, नेपाल खुला विश्वविद्यालय र माक्र्सीय गुरुकुलको आयोजनामा ‘माक्र्सवाद र एशियाली÷पूर्वीय दर्शन’ विषयक अन्तर्राष्ट्रिय सम्मेलन आयोजना हुनेभएको छ ।

साउन ३२ देखि भदौ ३ गतेसम्म काठमाडौँमा सम्मेलन आयोजना गर्न लागिएको हो । नेपाल पूर्वीय दर्शनको उद्गमस्थल र माक्र्सवादको अभ्यास गर्ने स्थलका रुपमा गतिशील रहेकाले सम्मेलन आयोजना गर्न लागिएको आयोजक समितिले जनाएको छ ।

माक्र्सवादको आँखाले एशियामा उत्पन्न भएका दार्शनिक दृष्टिलाई हेर्नुपर्ने र एशियाली÷पूर्वीय दर्शनले माक्र्सवादलाई जसरी हेर्नुपर्ने हो त्यसमा ह्रास आएकाले दुवैमा भएको महत्वपूर्ण विचार एवं व्यवहारका विषयमा जानकारी आदानप्रदान गर्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको हो ।

विश्वभर चलेका दार्शनिक चिन्तनका सम्बन्धमा एशियाली/पूर्वीय दर्शनको मूलमर्मको खोजी गर्ने, माक्र्सवाद र एशियाली÷पूर्वीय दर्शनका समानता र विषमताका बारेमा नयाँ अवधारणा विकास गर्नु, राज्य सञ्चालनको विधिमा दुवै अवधारणाबारे प्रामाणिक दृष्टिकोण प्रस्तुत गर्ने लक्ष्य समेत सम्मेलनको छ ।

समाज र दर्शनको चिन्तन प्रणालीका विषयमा नवीन आयाम पत्ता लगाउनु र छलफल गर्नु, नयाँ दार्शनिक चिन्तन पद्धतिको विकास गर्नु, संस्कृत भाषा विज्ञान र माक्र्सवादी चिन्तनको आधार अन्वेषण गर्ने लक्ष्यसाथ सम्मेलन आयोजना गरिएको हो ।

एशियामा धेरै सभ्यताको शुरुआत् भएकाले तिनका बारेमा जानकारी दिने उद्देश्य समेत सम्मेलनको छ । बौद्ध दर्शनको शुरुआत् नेपाल, कन्फ्युसियस र ताओ दर्शन चीन, पूर्वीय दर्शनका धेरै सभ्यताको आरम्भ नेपाल र भारतका विभिन्न स्थानबाट भएको थियो । यसैगरी जापानबाट पनि यस्तै किसिमका सभ्यताको विकास भयो ।

मानव सभ्यताको समान लक्ष्यका लागि भन्ने नाराका साथ सम्मेलन गरिने जनाइएको छ । सम्मेलनमा चीनका प्रा लिउ झिओतिङ लगायत विज्ञले कार्यपत्र प्रस्तुत गर्नेछन् । अन्य विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गर्न इच्छुक विज्ञलाई आयोजक समितिले सार्वजनिक रुपमा आह्वान गरेको जनाइएको छ ।

सम्मेलन आयोजना गर्न चीनको बेइजिङस्थित विज्ञान तथा मानवीयता अध्ययन केन्द्रका निर्देशक जिओटिङको संयोजकत्वमा चार सदस्यीय आयोजक समिति गठन गरिएको सचिव एवं संस्कृत विश्वविद्यालय बौद्ध दर्शन विषयका उपप्राध्यापक डा प्रेमराज न्यौपानेले राससलाई जानकारी दिए ।

समितिमा नेपाल खुला विश्वविद्यालय दर्शन विभागका डा खगेन्द्र प्रसाईं र रामचन्द्र कार्की सदस्य छन् । सम्मेलनमा नेपाल, भारत, चीन, थाइल्याण्ड, बेलायत, मरिसस, अमेरिका, क्यानडा, कोरियालगायत देशका विज्ञ सहभागी हुने जनाइएको छ ।
सहभागीले विचार विमर्श गरी विश्वमा नयाँ दार्शनिक चिन्तन पद्धतिको प्रारम्भ गर्ने लक्ष्य राखिएको छ ।(रासस)

वि.सं.२०७६ असार २५ बुधवार १९:१० मा प्रकाशित

रसुवामा खाद्यसामग्री वितरण सुरु

रसुवामा खाद्यसामग्री वितरण सुरु

रसुवा । सरद्धकारले आजदेखि हेलिकप्टरमार्फत बाढी प्रभावित रसुवावासीलाई दाल, चामल,...

भोटेकोशीमा पुनः आएको बाढीको बहाव नारायणीमा आइपुग्दा खतराको सूचीभन्दा कम

भोटेकोशीमा पुनः आएको बाढीको बहाव नारायणीमा आइपुग्दा खतराको सूचीभन्दा कम

चितवन । भोटेकोशी नदी हुँदै त्रिशूली नदीमा बिहान आएको बाढीको...

भोटेकोशी बाढीः मृतकको सङ्ख्या ७३४ पुग्यो, दुई हजार ६९९ जनाको उद्धार

भोटेकोशी बाढीः मृतकको सङ्ख्या ७३४ पुग्यो, दुई हजार ६९९ जनाको उद्धार

काठमाडौँ । भोटेकोशी बाढीमा परी ज्यान गुमाउनेको सङ्ख्या ७३४ पुगेको...

पूर्वस्वीकृति लिएर मात्र ड्रोन उडाउन आग्रह, अनधिकृत उडान गरे कारबाही हुने

पूर्वस्वीकृति लिएर मात्र ड्रोन उडाउन आग्रह, अनधिकृत उडान गरे कारबाही हुने

काठमाडौं । रसुवागढी नाका हुँदै नेपाल प्रवेश गरेको भोटेकोसी नदीमा...

कृष्णभिरमा सडक भासिएपछि मुग्लिन काठमाडौँ सडक अवरुद्ध

कृष्णभिरमा सडक भासिएपछि मुग्लिन काठमाडौँ सडक अवरुद्ध

धादिङ । प्रलयकारी बाढीका कारण धादिङको बेनीघाट रोराङ गाउँपालिका–स्थित कृष्णभीरमा...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्न नेपाली दूतावास ओटावाको अपिल

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्न नेपाली दूतावास ओटावाको अपिल

काठमाडौं । गत २६ अगस्टमा भोटेकोसी–त्रिशूली नदी बेसिनमा आएको विनाशकारी...