back
CTIZAN AD

जर्मनीमा मृत्यु भएकी नेपाली चेलीको शब पठाउन सहयोग गर्न अनुरोध

वि.सं.२०७६ असार २६ बिहीवार

1.1K 

shares

११ जुलाई, काठमाण्डौं । उपचारका क्रममा जर्मनीमा मृत्यु भएकी नेपाली चेलीको शब नेपाल पठाउनका लागि आर्थिक सहयोग गर्न एनआरएनए जर्मनीले अनुरोध गरेको छ ।

दोलखा जिल्ला घर भई साइप्रसमा कार्यरत बोनम्यारो पीडित मिङमाडोमा शेर्पा उपचारका लागि डेढवर्षदेखि जर्मनीको बर्लिनस्थित एक अस्पतालमा उपचार गराउँदै आएकी थिइन् । शेर्पाको उपचारका क्रममा ६ जुलाइका दिन मृत्यु भएको थियो ।

उनको मृत्यु पश्चात नेपाल शब पठाउनका लागि झण्डै ७ हजार युरो रकम आवस्यक पर्ने हुनाले नेपाली दूतावास जर्मनी, जर्मनीमा क्रियाशील सबै नेपाली संघ संस्थाहरुलाई यस दुःखद घडीमा सहयोग गरिदिन एनअराएनए जर्मनीका अध्यक्ष विजय मोक्तानले अनुरोध गरेका छन् ।

‘वैदेशिक रोजगारमा मृत्यु हुने श्रमिकहरुको पार्थिब शरीर नेपाल सरकारको खर्चमा नेपालसम्म पुराउने व्यवस्था भएको भन्ने सुन्नमा आएता पनि नेपाली दूताबास जर्मनीसँग बजेटको अभाव भएको र मृतकको कर्मथलो साइप्रसलाई नेपाली दूतावास इजराईलले हेर्ने गरिएको देखिएकोले दुई दूतावास बिच समन्वयको लागी बार्ता भईरहेको जानकारी नेपाली दूतावास बर्लिन दिएको छ ।’ अध्यक्ष मोक्तानद्धारा गरिएको अनुरोधमा भनिएको छ, ‘यदि शबलाई नेपाली दूतावासको रोहवरमा तोकिएको समयमा नबुझेको खण्डमा बेवारिस ठहर गरी स्थानीय सरकारले नै दाहसंकार गर्ने प्रचलन छ । अत : यस दुखद समयमा हामी सबै गैरआवासिय नेपालीहरु एक भएर शबलाई नेपाल पठाउनको निम्ती आवश्यक आर्थिक सहयोगको लागी सबै जर्मनी निवासी सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई हार्दिक अनुरोध गर्दछु ।’

मोक्तानले शेर्पाको शब नेपाली पठाउन सहयोग गर्नेहरुको नामावली तथा विवरण सार्वजनिक गरिने बताउँदै निम्न विवरणसहितको खाता खोलिएको जानकारी समेत दिएका छन् ।

Volksbank Bönen eG
Emergency Fundraising Account
IBAN: DE97 4106 2215 006263 7001
Account Number: 62637001
BLZ: 41062215
Reference : Mingma Doma Sherpa / Berlin

वि.सं.२०७६ असार २६ बिहीवार १२:२३ मा प्रकाशित

सरकारी कार्यालयमा दिइने निवेदनको ढाँचामा एकरूपता ल्याइने, मागर्दशन जारी

सरकारी कार्यालयमा दिइने निवेदनको ढाँचामा एकरूपता ल्याइने, मागर्दशन जारी

काठमाडौँ । सरकारले सरकारी कार्यालयबाट प्रदान हुने सार्वजनिक सेवाका लागि...

राष्ट्रियसभा बैठक सुरु

राष्ट्रियसभा बैठक सुरु

काठमाडौँ । राष्ट्रियसभाको बैठक सुुरु भएको छ । सभाको आजको...

नेपालमा मोन्ट्रा इलेक्ट्रिकको प्रवेश, ८ लाख ६४ हजार ९०० रुपैयाँमा ‘सुपर अटो’ सार्वजनिक

नेपालमा मोन्ट्रा इलेक्ट्रिकको प्रवेश, ८ लाख ६४ हजार ९०० रुपैयाँमा ‘सुपर अटो’ सार्वजनिक

काठमाडौं । भारतीय इलेक्ट्रिक कमर्सियल भेहिकल ब्रान्ड मोन्ट्रा इलेक्ट्रिकले आफ्नो...

ग्यासको अनलाइन ट्र्याकिङ प्रणालीको निर्माण गर्न थालेका छौँ : मन्त्री गौरीकुमारी

ग्यासको अनलाइन ट्र्याकिङ प्रणालीको निर्माण गर्न थालेका छौँ : मन्त्री गौरीकुमारी

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले ग्यास आपूर्तिको...

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बाजुरा । सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य बडीमालिका...

नाईमा अटो एक्स्पोमा डोङफेङ बस सार्वजनिक

नाईमा अटो एक्स्पोमा डोङफेङ बस सार्वजनिक

काठमाडौँ । हिमालयन अर्गनाइजेशन अन्तर्गत रहेको आयाम इन्टरकन्टिनेन्टलले चीनको बहुप्रतिष्ठित...