२५ असार, क्यालालमपुर मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले बुधबार ९४औँ जन्मोत्सव मनाएका छन् ।
अहिले सरकारको नेतृत्वमा रहेका नेताहरूमध्ये उनि सम्भवतः संसारकै सबैभन्दा ज्येष्ठ सरकार प्रमुख हुन ।
उनि अहिले दोस्रो चरणको राजनीतिक जीवनमा मलेसियाको प्रधानमन्त्रीमा निर्वाचित भएका हुन । गत मेमा भएको निर्वाचनमा उनको गठबन्धनले विजय हासिल गरेपछि उनि फेरी प्रधानमन्त्री बनेका हुन ।
यसअघि उनले प्रधानमन्त्री भएका बेला देशका लागि अविस्मरणीय योगदान गरेर सक्रिय राजनीतिबाट टाढिँदै गएका ो थिए । तर देशमा भ्रष्टाचार र विकृति बढ्दै गएको भन्दै फेरी सक्रिय राजनीतिमा फर्किएका हुन ।
उनले आफूलाई जन्मदिनको अवसरमा शुभकामना दिने सबैप्रति धन्यवाद ज्ञापन गरेकोसमाचारमा जनाइएको छ ।