back
CTIZAN AD

पर्यटकीय क्षेत्र दोमुखाको आकर्षणको केन्द्र बन्दै बाल उद्यान

वि.सं.२०७६ असार २६ बिहीवार

3.7K 

shares

२६ असार, कनकाई । पूर्वको प्रसिद्ध पर्यटकीयस्थल झापाको शिवसताक्षीस्थित दोमुखामा थप आकर्षणका रूपमा रहेको बाल उद्यानको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ ।

प्राकृतिक दृश्यको अवलोकन गर्नका लागि मानिसको भीड लाग्ने गरेको यस पर्यटकीयस्थलमा बाल उद्यानले पर्यटन प्रवद्र्धनमा समेत थप टेवा पुग्ने विश्वास गरिएको छ ।

पवित्र कनकाई नदीको किनार साथै चुरे पहाडको काखैमा रहेको यो पर्यटकीय क्षेत्र झापाको शिवसताक्षी नगरपालिकास्थित वडा नं १० मा पर्दछ । शिवसताक्षी नगरको गौरवका योजनामध्येको एक मानिने दोमुखा क्षेत्रको बाल उद्यान एक बिघा क्षेत्रफलमा फैलिएको निर्माण समितिका अध्यक्ष एवं दोमुखा धार्मिक एवं पर्यटकीय विकास क्षेत्रका अध्यक्ष धनप्रसाद लावतीले बताएका छन् ।

दोमुखा क्षेत्रमा निर्माण भएको बालमैत्री उद्यानभित्र बालबालिकालाई लक्षित गरेर व्यवस्थापन गरिएका मनोरञ्जनात्मक विभिन्न किसिमका खेल, पानीको झरनासहितको आकर्षक फूलबारी, प्रतीक्षालयलगायतका आकर्षण रहने निर्माण समितिका अध्यक्ष लावतीले बताए ।

धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास निर्माण साथै यसको संरक्षण सम्वद्र्धनमा निरन्तररूपमा हाल तेस्रो कार्यकालको नेतृत्व तहमा रहेर कार्यसम्पादन गर्दै आउनुभएका लावतीले बाल उद्यानसँगै दोमुखामा आकर्षक ‘वाटर पार्क’ निर्माण गर्ने गुरुयोजना रहेको जानकारी दिए ।

उद्यान निर्माणका लागि आव २०७५\०७६ मा नगरबाट रु ५० लाख र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय प्रदेश नं १ बाट रु ५० लाख गरी एक करोडको लागतमा पहिलो चरणको काम सम्पन्न भएको बताइएको छ । आव २०७६\०७७ मा समेत स्थानीय तहबाट रु ४० लाख, प्रदेश सरकारबाट रु ५० लाखका साथै सङ्घीय सरकारबाट रु ४० लाख गरी जम्मा एक करोड ३० लाख रकम विनियोजन भइसकेको छ ।

जनप्रतिनिधिको सहयोगका कारण पर्यटकीय क्षेत्र दोमुखाले मुहार फेर्न थालेको भन्दै स्थानीयवासी समध्वज कार्कीले खुशी व्यक्त गरे ।

लामो समयदेखि जनप्रतिनिधिविहीन बनेको मुलुकमा जनप्रतिनिधिले नेतृत्व सम्हालेसँगै विकास निर्माणले तीव्र गति लिएके र जीर्ण बन्दै गएका सार्वजनिक सम्पत्तिको संरक्षण एवं पुनःनिर्माण हुँदै गएको बताइएको छ ।

वि.सं.२०७६ असार २६ बिहीवार ११:२० मा प्रकाशित

सोलुखुम्बुमा पहिरोका कारण ११ परिवार विस्थापित, दुई वडा कार्यालय जोखिममा

सोलुखुम्बुमा पहिरोका कारण ११ परिवार विस्थापित, दुई वडा कार्यालय जोखिममा

सोलुखुम्बु । सोलुखुम्बुमा निरन्तरको वर्षासँगै खसेको पहिरोका कारण दुईवटा वडा...

झापामा सवारी दुर्घटनामा दुई महिलाको मृत्यु, पाँच घाइते

झापामा सवारी दुर्घटनामा दुई महिलाको मृत्यु, पाँच घाइते

भद्रपुर (झापा) । झापामा आज भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई...

इलाममा अदुवाको आकर्षक मूल्य, खेती विस्तार गर्दै किसान

इलाममा अदुवाको आकर्षक मूल्य, खेती विस्तार गर्दै किसान

इलाम । माङसेबुङ गाउँपालिका–२ का किसान देशराज लिम्बूले गत वर्ष...

पालिकाले अनुदानमा भैँसी दिएपछि यहाँका किसान उत्साहित

पालिकाले अनुदानमा भैँसी दिएपछि यहाँका किसान उत्साहित

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिकाले दुग्ध उत्पादन वृद्धि तथा किसानको...

झापाका हात्तीपीडितले पाए दुई करोड क्षतिपूर्ति

झापाका हात्तीपीडितले पाए दुई करोड क्षतिपूर्ति

भद्रपुर (झापा) । झापामा मानव–हात्ती द्वन्द्वका कारण एक वर्षमा करिब...

मिलापत्रमै टुङ्गिन्छन् सम्बन्धविच्छेदका मुद्दा

मिलापत्रमै टुङ्गिन्छन् सम्बन्धविच्छेदका मुद्दा

भद्रपुर (झापा) । सम्बन्धविच्छेदका लागि अदालत पुग्ने अधिकांश दम्पती अन्ततः...