बाँके, २६ असार २६ असार, बाँके । नेपालगंज उपमहानगरपालिका-२ घरबारी टोल बस्नेआफ्नै ३६ वर्षीया श्रीमती लिला कुमारी लोदलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा ४३ वर्षीय श्रीमान शिब कुमार लोदलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
शिब कुमारले धारिलो हतियार प्रहार गर्दा लिलाकुमारी घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले घाइतेलाई उपचारको लागि नर्सिङहोम नेपालगंजमा पठाएकोमा उपचारको क्रममामृत्यु भएको थियो ।
साथै घटनामा शंकास्पद सोही ठाउँ बस्ने ३८ वर्षीय नरेश साहु तेलीलाईसमेत नियन्त्रणमा लिईयस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।