back
CTIZAN AD

हिरासत कक्षको ग्रिल काटी फरार भएका अभियुक्त पक्राउ

वि.सं.२०७६ असार २६ बिहीवार

1.1K 

shares

२६ असार , काठमाडौं । हिरासत कक्षको ग्रिल काटी फरार अभियुक्तहरु रामेछाप नगरपालिका-५ बस्ने २५ वर्षीय बिकाश उर्फ रुपेश भन्ने रुद्रलाल श्रेष्ठ र सोही ठाउँ बस्ने २५ वर्षीयशम्शेरमाझीलाई काठमाडौंबौद्ध जम्बुडाँडाबाट बुधबार साँझ महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी प्रभाग बुङमती, भैसेपाटीललितपुरको हिरासत कक्षको शौचालयको झ्यालमा रहेको फलामको ग्रिल काटी सोमबार रातिको समयमा श्रेष्ठ र माझीफरार भए पश्चात् प्रहरीले खोजी गर्ने क्रममा उनीहरु पक्राउ परेका हुन् ।

गोदावरी नगरपालिका(९ छम्पीस्थित केशब थापाको घरबाट गत वैशाख १५ गते साँझको समयमा बिभिन्न धनमाल चोरीकार्यमा संलग्न रहेको र ललितपुर महानगरपालिका-१९ लगनखेलस्थित बसपार्कको स्पिड सर्भिस प्रालिबाट चाबी फोडी वैशाख २८ गते रातीकार्यालयमा रहेको बिभिन्न धनमाल चोरी गरेको घटनामा संलग्न रहेको अभियोगमा श्रेष्ठ र माझीलाई पक्राउ गरीएको हो ।

चोरी,डाँका तथा लागूऔषध मुद्धामा आवश्यक अनुसन्धानको क्रममा उनीहरु हिरासतमा थिए । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

वि.सं.२०७६ असार २६ बिहीवार १४:३५ मा प्रकाशित

भोटेकोशी बाढीः हालसम्म एक हजार ३२१ सम्पर्कविहीन

भोटेकोशी बाढीः हालसम्म एक हजार ३२१ सम्पर्कविहीन

नुवाकोट । भोटेकोशी बाढीका कारण हालसम्म नुवाकोट र रसुवा क्षेत्रबाट...

कृष्णभीर सडक भासियो, विज्ञ टोलीको अध्ययनपछि मात्र मर्मत गरिने

कृष्णभीर सडक भासियो, विज्ञ टोलीको अध्ययनपछि मात्र मर्मत गरिने

चितवन । पृथ्वी राजमार्गको कृष्णभीरमा आज बिहान भासिएको सडक अध्ययनका...

बाढीमा बेपत्ता भएका पर्साका दुई जना परिवारको सम्पर्कमा

बाढीमा बेपत्ता भएका पर्साका दुई जना परिवारको सम्पर्कमा

पर्सा । रसुवाको भोटेकोशी नदीमा गएको बाढीमा परी सम्पर्कविहीन भएका...

केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्गबाट नेपाल ल्याइन्छ : परराष्ट्रमन्त्री खनाल

केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्गबाट नेपाल ल्याइन्छ : परराष्ट्रमन्त्री खनाल

नुवाकोट । परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी बाढीका कारण चीनको केरुङमा...

माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धारको प्रयास जारी, ‘ब्रेक–थ्रु’ छिट्टै

माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धारको प्रयास जारी, ‘ब्रेक–थ्रु’ छिट्टै

काठमाडौँ । बाढीका कारण नुवाकोटस्थित माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजना...

विपद्मा कलाकारको हातेमालो

विपद्मा कलाकारको हातेमालो

गण्डकी । केही दिनअघि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक...