Logo
१४ चैत्र २०७९, मंगलवार
     Tue Mar 28 2023
E-paper
  English Edition
   Unicode
Logo

बाढीका कारण प्रदेश १ मा नौं को मृत्यु, सात बेपत्ता



२८ असार, विराटनगर । विगत चार दिनदेखि परेको अबिरल वर्षाका कारण प्रदेश नं १ अन्तर्गतका भोजपुर, खोटाङ, ओखलढुङ्गा, इलाम, झापा, सुनसरी, पाँचथर र मोरङ जिल्लामा गरी नौको मृत्यु भएको छ भने सात बेपत्ता भएका छन् ।

प्रदेश नं १ कार्यालय विराटनगरका अनुसार असार २६ गते भोजपुर जिल्ला रामप्रसाद राई गाउँपालिका–७ बस्ने ६६ वर्षीय जगत्बहादुर राईलाई खोलाले बगाई मृत्यु भएको छ भने सोही दिन भोजपुर जिल्लाकै ट्याम्केमयुम गाउँपालिका–९ बस्ने १४ वर्षीय जनक विकको शौचालयले पुरेर मृत्यु भएको छ ।

यसैगरी असार २७ गते खोटाङ खोटेहयाङ गाउँपालिका–२ बस्ने २८ वर्षीया रेखा राई र उनका छोराहरु चार वर्षीय रोमन राई र सात महीनाको रोहन राईको आफ्नै घरले किचेर मृत्यु छ । सोही दिन खोलाले बगाउँदा ओखलढुङ्गा चिसुङ्खुगढी गाउँपालिका–४ बस्ने ८५ वर्षीया पासाङपुटी शेर्पा, इलाम चुलाचुली–१ बस्ने ५० वर्षीय अञ्चल लावती र झापा दमक नगरपालिका–१० बस्ने छ वर्षीया बालिका ऐलिजा न्यौपानेको मृत्यु भएको छ ।

यस्तै असार २६ गते खोलाले बगाई बेपत्ता भएका उदयपुर घर भई इटहरी –५ सुनसरीमा बस्ने ३५ वर्षीय सागर थापा आज बिहान मृतावस्थामा फेला परेका छन् ।

कार्यालयका अनसार बेपत्ता हुनेहरुमा पाँचथर मिक्लाजुङ गाउँपालिका–४ बस्ने नौ वर्षीय दिवन राई, झापा भद्रपुर नगरपालिका–९ बस्ने ४५ वर्षीय सफल हज्दा, सुनसरी बराहाक्षेत्र–१ बस्ने १० वर्षीय अर्पन राई र मोरङ कानेपोखरी गाउँपालिका–२ बस्ने नाम, थर, वतन नखुलेका एक जनालाई खोलाले बगाई बेपत्ता बनाएको छ ।

भोजपुर रामप्रसाद राई गाउँपालिका–५ बस्ने ३५ वर्षीया मनकुमारी राई निजकै छोराहरु १७ वर्षीय शिवकुमार राई र १५ वर्षीय शक्तिकुमार राई आफ्नै भान्सा घरमा पुरिएर बेपत्ता भएका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिपरिषद् विस्तारको अन्तिम तयारीमा जुटेका छन् । सत्तारूढ

काठमाडौं । अमेरिकामा रहेर नेपाली समाजका लागि निरन्तररुपमा आर्थिक तथा सामाजिक रुपमा कलम चलाउँदै

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम