back
CTIZAN AD

बाढीका कारण प्रदेश १ मा नौं को मृत्यु, सात बेपत्ता

वि.सं.२०७६ असार २८ शनिवार

1.1K 

shares

२८ असार, विराटनगर । विगत चार दिनदेखि परेको अबिरल वर्षाका कारण प्रदेश नं १ अन्तर्गतका भोजपुर, खोटाङ, ओखलढुङ्गा, इलाम, झापा, सुनसरी, पाँचथर र मोरङ जिल्लामा गरी नौको मृत्यु भएको छ भने सात बेपत्ता भएका छन् ।

प्रदेश नं १ कार्यालय विराटनगरका अनुसार असार २६ गते भोजपुर जिल्ला रामप्रसाद राई गाउँपालिका–७ बस्ने ६६ वर्षीय जगत्बहादुर राईलाई खोलाले बगाई मृत्यु भएको छ भने सोही दिन भोजपुर जिल्लाकै ट्याम्केमयुम गाउँपालिका–९ बस्ने १४ वर्षीय जनक विकको शौचालयले पुरेर मृत्यु भएको छ ।

यसैगरी असार २७ गते खोटाङ खोटेहयाङ गाउँपालिका–२ बस्ने २८ वर्षीया रेखा राई र उनका छोराहरु चार वर्षीय रोमन राई र सात महीनाको रोहन राईको आफ्नै घरले किचेर मृत्यु छ । सोही दिन खोलाले बगाउँदा ओखलढुङ्गा चिसुङ्खुगढी गाउँपालिका–४ बस्ने ८५ वर्षीया पासाङपुटी शेर्पा, इलाम चुलाचुली–१ बस्ने ५० वर्षीय अञ्चल लावती र झापा दमक नगरपालिका–१० बस्ने छ वर्षीया बालिका ऐलिजा न्यौपानेको मृत्यु भएको छ ।

यस्तै असार २६ गते खोलाले बगाई बेपत्ता भएका उदयपुर घर भई इटहरी –५ सुनसरीमा बस्ने ३५ वर्षीय सागर थापा आज बिहान मृतावस्थामा फेला परेका छन् ।

कार्यालयका अनसार बेपत्ता हुनेहरुमा पाँचथर मिक्लाजुङ गाउँपालिका–४ बस्ने नौ वर्षीय दिवन राई, झापा भद्रपुर नगरपालिका–९ बस्ने ४५ वर्षीय सफल हज्दा, सुनसरी बराहाक्षेत्र–१ बस्ने १० वर्षीय अर्पन राई र मोरङ कानेपोखरी गाउँपालिका–२ बस्ने नाम, थर, वतन नखुलेका एक जनालाई खोलाले बगाई बेपत्ता बनाएको छ ।

भोजपुर रामप्रसाद राई गाउँपालिका–५ बस्ने ३५ वर्षीया मनकुमारी राई निजकै छोराहरु १७ वर्षीय शिवकुमार राई र १५ वर्षीय शक्तिकुमार राई आफ्नै भान्सा घरमा पुरिएर बेपत्ता भएका छन् ।

वि.सं.२०७६ असार २८ शनिवार १५:४५ मा प्रकाशित

सदस्यता अद्यावधिक गर्न समयावधि थप, सहमति नभएसम्म क्रियाशील सदस्यता अद्यावधिक नगर्ने इतर समूहको अडान

सदस्यता अद्यावधिक गर्न समयावधि थप, सहमति नभएसम्म क्रियाशील सदस्यता अद्यावधिक नगर्ने इतर समूहको अडान

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण तथा अद्यावधिक गर्न...

बहराइनले नेपाललाई दियो ८८ रन

बहराइनले नेपाललाई दियो ८८ रन

काठमाडौँ । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिता अन्तर्गत आज जारी...

भोटेकोशी बाढीः दुई युवा गुमाउँदा शोकमा लोकनगरवस्ती

भोटेकोशी बाढीः दुई युवा गुमाउँदा शोकमा लोकनगरवस्ती

राँझा (बाँके) । रसुवास्थित भोटकोशीका यही भदौ १० गते विहान...

भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित

भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित

काठमाडौँ । रसुवागढी जलविद्युत् आयोजना स्थलबाट सम्पर्कविहीनहरुको खोजीका लागि उद्धार...

नेपाल भलिबल लिगको खेल तालिका सार्वजनिक, पहिलो खेलमा मधेश र सगरमाथा भिड्दै

नेपाल भलिबल लिगको खेल तालिका सार्वजनिक, पहिलो खेलमा मधेश र सगरमाथा भिड्दै

काठमाडौं । एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) को...

नाडा अटो शो २०२६ सम्पन्न, यी हुन पाँच उत्कृष्ट स्टल

नाडा अटो शो २०२६ सम्पन्न, यी हुन पाँच उत्कृष्ट स्टल

काठमाडौं । नेपालको सबैभन्दा ठूलो अटोमोबाइल प्रदर्शनी ‘नाडा अटो शो...