Logo
१४ चैत्र २०७९, मंगलवार
     Tue Mar 28 2023
E-paper
  English Edition
   Unicode
Logo

उतार चढाव सँगै शेयरबजारमा अढाइ अर्बको कारोबार



२८ असार, काठमाण्डौं । यो साताभर शेयर बजारमा उतार चढावपूर्ण कारोवार भयो । सातामा पाँच दिन खुलेको बजारमा कूल १७३ कम्पनीको एक करोड १३ लाख ८७ हजार ६१६ कित्ता शेयर रु दुई अर्ब ६३ करोड ६८ लाख ९५ हजार १२७ मूल्यमा खरीद बिक्री भए ।


गत साताको अन्तिम दिन अर्थात् १९ गते बिहीबार आठ अङ्कले घटेर एक हजार २६०.४७ मा झरेको बजार यस साताको पहिलो दिन आइतबार कारोवारमापक नेप्से परिसूचक ओरालो लाग्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४.४५ बिन्दुले घटेर एक हजार २५६.०४ बिन्दुमा पुग्यो ।

कूल १७३ कम्पनीको २२ लाख १६ हजार ४९३ कित्ता शेयर रु ५४ करोड पाँच लाख २९ हजार ४६५ मा खरीद बिक्री भए । सोमबार पनि शेयर बजारमा कारोवारमापक नेप्से परिसूचक ओरालो लाग्ने क्रम जारी रह्यो । सो दिन नेप्से परिसूचक ८.७० विन्दुले घटेर एक हजार २४७.३५ विन्दुमा पुग्यो । नेप्से घट्दा कारोवार रकम भने झण्डै रु ६० करोडको हाराहारीमा रह्यो ।

कूल १७१ कम्पनीको २९ लाख १० हजार १५३ कित्ता शेयर रु ५९ करोड १० लाख ५३ हजार ८१२ मूल्यमा कारोवार भयो । कारोवार मापक नेप्से परिसूचक मङ्गलबार भने उकालो लाग्यो ।

उतारचढावकाबीच परिसूचक २.९२ अङ्कले बढेर एक हजार २५०.२७ मा पुगेर थामियो । परिसूचक बढे पनि कारोवार रकममा भने खासै प्रगति देखिएन । स्टकका अनुसार आज १६५ कम्पनीका १६ लाख सात हजार ६७२ कित्ता शेयर रु ४६ करोड ८२ लाख ६३ हजार ७७० मा खरीद–बिक्री भए ।
मङ्गलबार उकालो लागेको नेप्से परिसूचक बुधबार भने ओरालो लाग्यो । उतारचढावकाबीच नेप्से परिसूचक १.१२ अङ्कले घटेर एक हजार २४९.१५ मा पुगेर रोकियो । सो दिन कूल १६८ कम्पनीका २९ लाख ९८ हजार ९४७ कित्ता शेयर रु ५७ करोड ३४ लाख ४७ हजार ५०९ मा खरीद बिक्री भए ।

परिसूचक ओरालो लाग्दा कारोवार रकम पनि औशतमा समेटिएको छ । कूल १७२ कम्पनीको १६ लाख ५४ हजार २५१ कित्ता शेयर रु ४६ करोड ३६ हजार ५७१ मा कारोवार भए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सेसेल्स । नेपाल आफैमा प्राकृतिक सौन्दर्यताले भरपूर र विश्वको घुम्नैपर्ने देश मध्यको देशमा पर्छ

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य रू एक लाख नौ हजार तोकिएको

काठमाडौं । अमेरिकामा रहेर नेपाली समाजका लागि निरन्तररुपमा आर्थिक तथा सामाजिक रुपमा कलम चलाउँदै

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम