
२८ असार काठमाडौं । बिगत केहि दिन देखिको निरन्तर बर्षाका कारण बाढी पहिरोमा परि हालसम्म देशै भरि ३२ जनाको मृत्यूु भएको र २१ जवना बेपत्ता भएको गृह मन्त्रालयले जनाएको छ । त्यस्तै २६ जना घाईते भएको तथा २ हजार भन्दा बढीको उद्दार गरिएको छ । मन्त्रालयका अनुसार यो विवरण शनिबार सांझ ७ बजेसम्मको हो ।
डोल्पामा १० बालबालिका बाढीले बगायो
यस्तै शनिवार दिनभरि परेको अविरल वर्षाका कारण डोल्पाको टासि खोलामा आएको बाढीले १० बालबालिका बगाएको छ । बाढीले बगाएका मध्ये १ जनाको सब फेला परेको र बाँकी बालबालिका बेपत्ता भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आज शनिबार परेकाले खोलामा घट्ट पिस्न गएका सबै बालबालिका परेका छन । बाढीले दश वटा घट्ट सहित १२ देखि १५ बर्ष उमेरका बालबालिका बगाएको छ । बेपत्ताहरुको खोजिको लागि नेपाल प्रहरि र नेपाली सेना खटिएको स्थानिय प्रशासनले जनाएकोछ ।