२९ असार, काठमाडौँ । सरकारले राजस्व छल्नेहरुलाई ट्रयाकिङमा ल्याउने भएको छ । विभिन्न बहानामा राजस्व छलेर आर्थिक अपराध गर्ने र अकुत सम्पत्ति आर्जन गर्न खोज्नेहरु ट्रयाकिङको दायराबाट उम्कन पाउनेछैनन् ।
राजस्व छली नियन्त्रणका लागि सरकारले आगामी १ साउनबाट वेबमा आधारित केन्द्रिय सूचना प्रणाली (ट्रयाकिङ प्रणाली) लागू गर्ने भएपछि त्यस्ता व्यक्ति वा फर्महरु सोझै कारबाहीमा पर्नेछन् ।
एउटै बिलबिजक देखाएर धेरैपटक मालवस्तु विक्री तथा ढुवानी गर्दै आएका व्यवसायीलाई राजस्वको दायरामा ल्याउन लागिएको राजस्व अनुसन्धान विभागका सूचना अधिकारी राजीव पोखरेलले जानकारी दिए । यससम्बन्धी प्रणाली सञ्चालनमा ल्याउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत सोमबार राजपत्रमा सूचना प्रकाशित गरी यस्तो जानकारी गराएको छ । आइतबारको राजधानी दैनिकबाट