
३१ असार, काठमाण्डौं । देशैभरी आएको अविरल वर्षा र बाढीका कारण भएको धनजनको क्षतिप्रति गैरआवासीय नेपाली संघ (एनआरएनए) ले दुःख व्यक्त गरेको छ ।
संघले विपद्मा परि घाईते भएकाहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै निधन भएकाहरुप्रति श्रद्धान्जलि व्यक्त गरेको छ । साथै संघले विनासकारी प्रकोपमा परी हराइरहेकाहरुको खोजी, प्रभावितहरुको उद्धार र पीडितहरुलाई पुर्नस्थापना एवं राहतका कामलाई अझ प्रभावकारी ढंगबाट अघि बढाउन सरकार र सरोकारवाला निकायहरुको ध्यानाकर्षण समेत गराएको छ ।
प्रवक्ता भूषण घिमिरेद्धारा जारी उक्त विज्ञप्तिमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुलाई यस दुःखद घडीमा आ–आफ्नो स्थानबाट सहयोग गर्न समेत अपिल गरिएको छ ।