
नेपालका दुर्गम जिल्लामा छाउपडी प्रथाका कारण धेरै महिलाहरुले ज्यान गुमाइरहनु परेका समाचारले अन्तराष्ट्रियरुपमा चर्चा पाइरहेका बेला युरोपमा पनि छाउपडी प्रथा रहेको पाइएको छ ।
युरोपमा छाउपडी प्रथा रहेको डेनमार्कमा रहेका सामाजिक अभियन्ता तथा लेखक उदयराज गौतमले लेखेका छन् । स्टोनियाको तालिनको एउटा संग्रहालयमा राखिएको फोटो दृश्य सहित गौतमले सामाजिक संजाल फेसबुकमा आफ्नो स्टाटस राखेका छन् ।

स्थानीय गाइडलाई श्रोतका रुपमा उल्लेख गर्दै उनले भनेका छन्, ‘यरोपमा पनि छाउपडी प्रथा : सुन्दै अनौठो लाग्छ । तर यो सत्य हो । झन्डै प्रथम विश्व युद्धको वरिपरिसम्म युरोपका कतिपय देशमा यो प्रथा रहेछ । घरमा सुत्केरी हुँदा र रजस्वला हुँदा फोहोर हुने हुँदा घर भन्दा अली पर गोठमा महिलाहरुलाई राखिँदो रहेछ । इस्टोनियाको तालिन (Tallinn) को एउटा सङ्रहालयमा राखिएको यो दृश्यलाई देख्न सकिन्छ । श्रोत : स्थानिय गाइड्’
