back
CTIZAN AD

शेयरमा उछाल आएको समाचार ब्रोकरको बदमासी : नियामकको ध्यान जाओस्

वि.सं.२०७६ असार ३१ मंगलवार

888 

shares

३१ असार, काठमाडौँ । मंगलबार शेयर कारोबार हुनेबित्तिकै नेप्से परिसुचक सुखद् रुपले बढेको देखिएपछि मिडियाहरुले शेयर कारोबारमा ठूलो उछाल भन्दै समाचार बनाए । शेयर कारोबारमा आँखा पु¥याएर बसेकाहरुलाई यो ठूलो खुशीको कुरा हो तर शेयरका जानकार रोहन शर्मा यो आम नागरिकबीच शेयर दलालले गरेको अनावश्यक प्रचार भएको बताउँछन् । ब्रोकरले आफ्नो स्वार्थ पूर्तिका लागि गरेको हल्ला भएको उनले सामाजिक सञ्जालमा बताएका छन् । नियम विपरित ब्रोकरले गरेको यो हल्लाले बजारमा अस्वस्थ गतिविधि बढ्ने भन्दै सबन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

उनले लेखेका छन् :

आज सेयर कारोबार सुरु हुने बित्तिकै नेप्से परिसुचक ३१ अंकले बढेको देखियो। कतिपयले नेप्सेको प्रणालीमा गडबडी भनेर सम्झिए। केहि मिडियाहरुले कारोबार सुरु हुनासाथ सेयर बजारमा ठुलो उछाल भनेर समाचार नै बनाए। बास्तबमा यो कारोबार कुनै ब्रोकरबाट बिभिन्न कम्पनीको १०/१० कित्ताले ५ प्रतिशतसम्म मुल्य बढाएर प्री-ओपनिङमै कारोबार गर्नुको परिणाम थियो।

सामाजिक सँजालमा यो बिषयलाई लिएर कतीपयले यस्तो कार्य गर्ने ब्रोकरलाई कारबाही हुन्छ कि हुँदैन भन्ने जिज्ञासा राखेको पाईयो। बास्तबमा प्री-ओपनमा ५ प्रतिशत घटबढ गरेर एकपटकको कारोबार गर्न पाउने कुरा नियम भित्रकै कुरा हो तर आजको सन्दर्भलाई लिने हो भने नियमलाई धोती लगाईदिएर ब्रोकरले दुरुपयोग गरी आफ्नो स्वार्थ पुर्ती गर्न खोजेको प्रष्ट देखिएको छ।

आपसी समझदारीमा रेट तय गरी कुनै बिषेश अवस्था अथवा ठुलो कारोबार गर्नको लागी सजिलो होस् भनेर यो ब्यवस्थालाई कायम गरिएको हो, नकि समग्र बजारलाई आफु खुशी प्रभावित पार्न!

यस्तो प्रबृतीले वजारमा अस्वस्थ गतिबिधी बढ्न जाने र बजारप्रतीको बिस्वसनियतामा प्रश्न चिन्ह उठ्ने हुँदा यस्तो चोर दुलो (Loophole) लाई समय सापेक्ष टाल्दै जानु जरुरी छ। सम्बन्धित निकायको ध्यान जाओस्।

वि.सं.२०७६ असार ३१ मंगलवार १७:४८ मा प्रकाशित

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारका शेयर कारोबार मापक नेप्से परिसूचक आज...

ब्रटिस काउन्सिल नेपालद्वारा आइइएलटिएस सञ्चालन गर्ने उत्कृष्ट साझेदार संस्थालाई सम्मान

ब्रटिस काउन्सिल नेपालद्वारा आइइएलटिएस सञ्चालन गर्ने उत्कृष्ट साझेदार संस्थालाई सम्मान

काठमाडौं । ब्रिटिस काउन्सिल नेपालले २५ जुन २०२६ मा आइइएलटिएस...

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

टिकाराम सुनार, सुदूरपश्चिम । माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली...

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...